• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोहलपुर नगरपालिकाले गर्यो दुई विधेयकसहित एक दर्जन प्रस्ताव स्वीकृत

by
१३ माघ २०७९,
0
कोहलपुर नगरपालिकाले गर्यो दुई विधेयकसहित एक दर्जन प्रस्ताव स्वीकृत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको १२औँ नगरसभाले दुई वटा विधेयकसहित सार्वजनिक महत्वका झण्डै एक दर्जन प्रस्ताव आज स्वीकृत गरेको छ ।

नगरसभाको दोस्रो बैठकमा नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रस्तावलाई नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको हो । गएको पुष २९ गते बसेको पहिलो बैठकमा नगरप्रमुख आचार्यले कोहलपुर वाङ्मय प्रतिष्ठान विधेयक २०७९ र कोहलपुर नगरपालिकामा सार्वजनिक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ टेबल गर्नुभएको थियो ।

योसँगै बजेट, योजना तथा कार्यक्रम संशोधन, नगरपालिकाको सङ्गठन संरचनामा हेरफेर, लिजको नतिजा २०७८/७९, अर्धवार्षिक प्रगति समीक्षा प्रतिवेदन २०७८/७९ लगायत सार्वजनिक महत्वका विषय पनि बैठकमा टेवल गर्नुभएको थियो । ती विधेयक र सार्वजनिक महत्वको विषयसँगै आज प्रस्ताव गरिएका थप सात सार्वजनिक सरोकारका प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो ।

यातायात व्यवस्था कार्यालय बाँकेको ट्रायल सेन्टर कोहलपुरमा भएकाले यातायात कार्यालय पनि कोहलपुरमा स्थापना गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, कोहलपुर नगरपालिका तथा अखिल नेपाल फुटबल सङ्घ एन्फाबीच भएको सहमतिअनुसार कोहलपुर नगरपालिकामा फुटबल एकेडेमी तत्काल सञ्चालनका लागि एन्फा लगायतसँग पुनःअनुरोध गर्ने जनाइएको छ ।

साथै, कोहलपुर नगरपालिकामा वर्षेनी हुने डुबान नियन्त्रणका लागि डुडुवा खोलामा तटबन्ध गरी डुडुवा करिडोर निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयारी तथा योजना कार्यान्वयनका लागि प्रदेश तथा सङ्घीय सरकारलाई आग्रह गर्ने रहेका छन् ।

नेपाल सरकार सहरी विकास मन्त्रालयबाट सञ्चालन हुने सघन सहरी विकास कार्यक्रममा कोहलपुर नगरपालिकालाई समेटी योजना स्वीकृतीका लागि अनुरोध गर्ने र खानेपानी तथा ढल निकास व्यवस्थापनलाई मन्त्रालयमा पहल गर्नेलगायत छन् । बैठकमा नगरप्रमुख आचार्यले कोहलपुर नगरपालिकाले संस्थागत सुधारका काममा प्राथमिकता दिएको बताउनुभयो ।

Previous Post

लामिछानेले दिए मन्त्री पदबाट राजिनामा

Next Post

शिलाले जोडेको सम्बन्ध ः हिन्दू धर्मप्रतिको आस्था र धार्मिक पर्यटन वढ्ने अपेक्षा

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
Load More
Next Post
शिलाले जोडेको सम्बन्ध ः हिन्दू धर्मप्रतिको आस्था र धार्मिक पर्यटन वढ्ने अपेक्षा

शिलाले जोडेको सम्बन्ध ः हिन्दू धर्मप्रतिको आस्था र धार्मिक पर्यटन वढ्ने अपेक्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In