• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, November 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    काष्ठकलामा सिपालु भीमबहादुर

    काष्ठकलामा सिपालु भीमबहादुर

    जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्

    जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड

metakhabar by metakhabar
१६ कार्तिक २०८२,
0
एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

एसिया–प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताहरूले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् ।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार युद्ध अन्त्य गर्न सहमति भएको केही दिनपछि आएको हो ।

दुई दिनसम्म दक्षिण कोरियाको ऐतिहासिक सहर ग्योङ्जुमा चलेको एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेताहरूले विश्वव्यापी आर्थिक चुनौतीहरू पार गर्न सहयोग र बहुपक्षीयतामा जोड दिएका छन् । उनीहरूले विश्वको दुई ठूला अर्थतन्त्र — अमेरिका र चीन — बीचको तनावले प्रभावित भएको आर्थिक सन्तुलन पुनःस्थापना गर्न सँगै अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।

गत बिहीबार ट्रम्प र सीले एपेक शिखर सम्मेलनको साइडलाइनमा भेट गरी अघिल्ला व्यापार अवरोधहरू फिर्ता लिने र तनाव घटाउने सहमति गर्नुभएको थियो । बहुपक्षीयतामा सशङ्कित मानिनुभएका ट्रम्पले उक्त सहमति भएपछि दक्षिण कोरियाबाट शीघ्र प्रस्थान गर्नुभयो । यसले चिनियाँ राष्ट्रपतिलाई सम्मेलनमा अग्रपङ्क्तिको भूमिका दिलायो ।

संयुक्त वक्तव्यमा भनिएको छ, “विश्वव्यापी व्यापार प्रणालीले अहिले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । एसिया–प्रशान्त क्षेत्रको विकास र समृद्धिका लागि बलियो व्यापार र लगानी अपरिहार्य छ भन्ने हाम्रो साझा विश्वास पुनः पुष्टि गर्दछौँ ।”

दक्षिण कोरियाको नेसनल डिप्लोमेटिक एकेडेमीका प्राध्यापक जोङहुन मिनका अनुसार वक्तव्यले ‘स्वतन्त्र र खुला व्यापार’ का प्रत्यक्ष शब्दहरू परहेज गरे पनि आर्थिक सहकार्य र बहुपक्षीय मूल्यहरूलाई समेट्न सफल भएको छ । उहाँका शब्दमा, “यसलाई पूर्णरूपमा बेवास्ता गर्न सम्भव थिएन ।”

वक्तव्यमा एपेक सदस्य राष्ट्रहरूले सन् २०२० मा स्वीकृत पुत्रजया भिजन २०४० प्रति प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्, जसले स्वतन्त्र, खुला, निष्पक्ष र पारदर्शी व्यापार वातावरणको लक्ष्य राख्दछ ।

– सी जिनपिङको प्रमुख भूमिका –

शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘विश्वव्यापी स्वतन्त्र व्यापार र आपूर्ति शृङ्खलाको स्थिरता’ लाई समर्थन गर्ने घोषणा गर्नुभयो । उहाँले एपेकसँगै आयोजित सिइओ शिखर सम्मेलनमा पठाएको सन्देशमा भन्नुभयो, “चीनमा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु हो ।”

शुक्रबार सीले जापान, क्यानाडा र थाइल्यान्डका प्रधानमन्त्रीहरूसँग द्विपक्षीय भेट गर्नुभयो र शनिबार दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भेट तय भएको थियो । सियोलका अधिकारीहरूका अनुसार उक्त भेटमा कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरण प्रमुख एजेन्डा थियो ।

तर सो विषयले उत्तर कोरियाको कडा प्रतिक्रिया जन्मायो । उत्तर कोरियाका उपविदेशमन्त्री पाक म्योङ होले दक्षिण कोरियाको ‘आणविक निःशस्त्रीकरणको दिवास्वप्न’ भनेर व्यङ्ग्य गर्नुभयो र चेतावनी दिनुभयो, “हामीले देखाउनेछौँ यो सपना कहिल्यै साकार हुँदैन ।”

राष्ट्रपति लीले भने कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता स्थापना एसिया–प्रशान्त क्षेत्रको समृद्धिको पूर्वशर्त रहेको बताउँदै उत्तर कोरियासँग मेलमिलापका लागि थप सक्रिय कदम चाल्ने घोषणा गर्नुभयो ।

– एआई र जनसाङ्ख्यिकीय चुनौतीमा छलफल –

शुक्रबारको सत्र व्यापार र लगानीमा केन्द्रित रहे पनि शनिबारको बैठकमा कृत्रिम बौद्धिकता (एआई), जनसाङ्ख्यिकीय चुनौती र सांस्कृतिक उद्योगमा सहकार्यका विषयमा गहन छलफल भयो ।

नेताहरूले दुई पृथक वक्तव्य जारी गर्दै ती विषयहरूमा साझा दृष्टिकोण प्रस्तुत गरे । पहिलो वक्तव्यले एआईलाई द्रुत रूपमा बढ्दै गएको डिजिटल वातावरणमा ‘संभावित आर्थिक उत्प्रेरक’ का रूपमा व्याख्या गर्दै समन्वित नीतिको आह्वान गर्‍यो । दोस्रो वक्तव्यले घट्दो जन्मदर, वृद्ध जनसङ्ख्या र तीव्र सहरीकरणजस्ता सामाजिक चुनौतीहरू सामना गर्न सहकार्यको आवश्यकता औँल्यायो ।

सन् १९८९ मा स्थापित एपेकले स्वतन्त्र र खुला व्यापारलाई प्रोत्साहन गर्दै क्षेत्रीय आर्थिक एकीकरणको उद्देश्य राखेको छ । यद्यपि हालका वर्षहरूमा अमेरिका–चीन प्रतिस्पर्धा, आपूर्ति शृङ्खला अवरोध, वृद्ध जनसङ्ख्या र रोजगारीमा एआईको प्रभावजस्ता चुनौतीहरूले यस क्षेत्रलाई गम्भीर रूपमा प्रभावित पारिरहेका छन् ।

हाल अमेरिकी नीति चीनसँग सहकार्यभन्दा बढी आर्थिक प्रतिस्पर्धातर्फ मोडिएको छ । राष्ट्रपति ट्रम्पको ‘अमेरिका फर्स्ट’ एजेन्डा र बढ्दो कर नीतिले विश्व बजारमा अस्थिरता सिर्जना गरेको छ र दशकौँको विश्वव्यापीकरण र बहुपक्षीयताको धारालाई चुनौती दिएको छ ।

Previous Post

दाउन्ने सडक : पाँचवटा गाडी फस्दा सयौँ गाडी जाममा

Next Post

सर्को ताने पनि केही छैन, तर तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नु : शिक्षामन्त्री

metakhabar

metakhabar

सम्बन्धित खबर

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन
आर्थिक

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

२ मंसिर २०८२,
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ
आर्थिक

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

२ मंसिर २०८२,
२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
मनोरञ्जन

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

१ मंसिर २०८२,
काष्ठकलामा सिपालु भीमबहादुर
आवाज

काष्ठकलामा सिपालु भीमबहादुर

१ मंसिर २०८२,
जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्
जीवन शैली

जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्

१ मंसिर २०८२,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने

१ मंसिर २०८२,
Load More
Next Post
सर्को ताने पनि केही छैन, तर तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नु : शिक्षामन्त्री

सर्को ताने पनि केही छैन, तर तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नु : शिक्षामन्त्री

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In