• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

    तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

    अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

    अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

    काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

    काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

    कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

    कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

    एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

    एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१२ कात्तिक २०८३,
0
तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

तनहुँ। तनहुँमा सञ्चालित तथा निर्माणको विभिन्न चरणमा रहेका विकास आयोजनाले कुल ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोगका लागि अनुमति पाएका छन्।

जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन, केबलकार, रिसोर्ट तथा अन्य पूर्वाधार निर्माणका लागि उक्त वन क्षेत्र प्रयोग गर्न दिइएको डिभिजन वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार जिल्लाका विभिन्न विकास आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिइएको छ। तीमध्ये तनहुँ जलविद्युत् आयोजना, ४०० केभी विद्युत् प्रसारण लाइन, तनहुँ हाइड्रोपावरको २२० केभी प्रसारण लाइन तथा विभिन्न अन्य प्रसारण लाइन आयोजनाले उल्लेख्य वन क्षेत्र प्रयोग गरेका छन्।

वन क्षेत्र प्रयोग गर्न अनुमति दिँदा सम्बन्धित आयोजना तथा निकायले प्रचलित व्यवस्था र सर्तअनुसार राजस्व बुझाउने, जग्गा सट्टाभर्ना गर्ने तथा क्षतिपूर्ति स्वरुप वृक्षारोपण गर्नुपर्ने व्यवस्था छ।

आयोजनाअनुसार वन क्षेत्र प्रयोगको अवस्था पनि फरक–फरक रहेको छ। केही आयोजनाले जग्गा सट्टाभर्ना गरी क्षतिपूर्तिस्वरुप वृक्षारोपण गरिरहेका छन् भने केहीले वार्षिक कबुलियती दस्तुर तथा राजस्व बुझाउँदै आएका छन्। कतिपय आयोजनामा रुख छपान तथा कटानको काम भइरहेको रानाभाटले बताए।

तनहुँ जलविद्युत् आयोजनालाई सबैभन्दा धेरै वन क्षेत्र

तनहुँ जलविद्युत् आयोजनाका लागि ४१७ दशमलव ३४ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ। जिल्लामा विकास आयोजनाका लागि प्रयोग गर्न दिइएको वन क्षेत्रमध्ये यो सबैभन्दा ठूलो हिस्सा हो।

त्यस्तै, ४०० केभी विद्युत् प्रसारण लाइन योजनाअन्तर्गत एमसिए नेपाललाई १४२ दशमलव ६६ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ। तनहुँ हाइड्रोपावरको २२० केभी प्रसारण लाइन आयोजनालाई ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको छ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको मसाङ्ग्र्याइदी–डुम्रे–दमौली १३२ केभी प्रसारण लाइन आयोजनाका लागि १४ दशमलव ८५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ। उक्त आयोजनाले वार्षिक रूपमा राजस्व बुझाउँदै आएको रानाभाटले जानकारी दिए।

यसैगरी, मर्स्याङ्दी करिडोरअन्तर्गत उदीपुर-न्यू भरतपुर २२० केभी विद्युत् प्रसारण लाइन आयोजनाका लागि १७ दशमलव ७५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ। उक्त आयोजनामा रुख छपान तथा कटानको काम सम्पन्न गरी समूहमा हस्तान्तरण गरिएको जनाइएको छ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको केरावारी–न्यु मर्स्याङ्दी (दरौदी करिडोर) १३२ केभी विद्युत् प्रसारण लाइन आयोजनाका लागि शून्य दशमलव आठ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ। उक्त आयोजनामा वन तथा भूसंरक्षण विभागसँग सम्झौता भई रूख छपानको काम जारी रहेको छ।

केबुलकार, रिसोर्ट र जलविद्युत् आयोजनाका लागि पनि वन क्षेत्र

वन क्षेत्र प्रयोग गर्ने आयोजनामध्ये पर्यटन पूर्वाधार तथा अन्य जलविद्युत् आयोजना पनि रहेका छन्। बन्दीपुर गाउँपालिका–४ मा रहेको बन्दीपुर केबुलकार आयोजनाले एक दशमलव शून्य चार हेक्टर वन क्षेत्र प्रयोग गरेको छ। उक्त आयोजनाका लागि जग्गा सट्टाभर्ना भइसकेको र क्षतिपूर्ति वृक्षरोपणको काम जारी रहेको डिभिजन वन कार्यालयले जनाएको छ।

त्यस्तै, बन्दीपुर माउन्टेन रिसोर्टले बन्दीपुर गाउँपालिका–४ मा शून्य दशमलव नौ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ। उक्त रिसोर्टले वार्षिक रूपमा कबुलियती दस्तुर बुझाउँदै आएको कार्यालयले जनाएको छ।

वाराही क्वेयरी प्रालिले चार दशमलव ८५ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ। उक्त कम्पनीका लागि जग्गा सट्टाभर्ना भएको र क्षतिपूर्ति वृक्षरोपणको काम जारी रहेको छ।

सेतीखोला जलविद्युत् आयोजनाका लागि सेतीखोला हाइड्रोपावर लिमिटेड, काठमाडौँले चार दशमलव २० हेक्टर वन क्षेत्र प्रयोग गर्ने अनुमति पाएको छ। यस आयोजनाका लागि जग्गा सट्टाभर्ना दिइएको र वृक्षरोपणको काम जारी छ।

सेतीखोला जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइनका लागि थप दुई दशमलव ७७ हेक्टर वन क्षेत्र प्रयोग गर्ने प्रक्रिया अघि बढाइएको छ। उक्त आयोजनाको वन विभागसँग सम्झौता भई रूख छपान तथा कटानको काम जारी रहेको छ।

कालीगण्डकी जलविद्युत् आयोजनाका लागि मौलाकालिका हाइड्रोपावर कम्पनी, काठमाडौँले १३ दशमलव ६८ हेक्टर वन क्षेत्र प्रयोग गर्ने प्रस्ताव अघि बढाएको छ। उक्त प्रस्तावमा रायसहित वन विभागमा पठाइएको डिभिजन वन कार्यालयको विवरणमा उल्लेख छ।

क्षतिपूर्ति वृक्षारोपण र राजस्व भुक्तानी

विकास आयोजनाका लागि वन क्षेत्र उपलब्ध गराउँदा वन क्षेत्रको संरक्षण र क्षतिपूर्तिको विषय पनि महत्त्वपूर्ण मानिने भएकाले केही आयोजनाले प्रयोग गरेको वन क्षेत्रको सट्टामा जग्गा उपलब्ध गराइसकेका छन् भने त्यस क्षेत्रमा क्षतिपूर्ति वृक्षरोपणको काम जारी छ।

वाराही क्वेयरी प्रालि, बन्दीपुर केबलकार र सेतीखोला जलविद्युत् आयोजनाका लागि जग्गा सट्टाभर्ना तथा वृक्षारोपणसम्बन्धी काम भइरहेको रानाभाटले बताए। बन्दीपुर माउन्टेन रिसोर्ट र मसाङ्ग्र्याइदी–डुम्रे–दमौली १३२ केभी प्रसारण लाइन आयोजनाले भने वार्षिक कबुलियती दस्तुर वा राजस्व बुझाउँदै आएका छन्।

त्यस्तै, प्रसारण लाइन निर्माणका लागि कतिपय आयोजनामा रूख छपान तथा कटानको प्रक्रिया अघि बढाइएको छ। केही आयोजनाको प्रस्ताव वन विभागमा पठाइएको छ भने केहीमा विभागसँग सम्झौता भई काम भइरहेको उनले उल्लेख गरे।

ऊर्जा पूर्वाधार विस्तारसँगै वन क्षेत्र प्रयोग बढ्दो

तनहुँमा जलविद्युत् उत्पादन तथा विद्युत् प्रसारण प्रणाली विस्तारका लागि विभिन्न आयोजना सञ्चालनमा छन्। जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण आवश्यक पर्ने भएकाले यस्ता पूर्वाधारका लागि वन क्षेत्रसमेत प्रयोग गर्नुपर्ने अवस्था रहेको छ।

तनहुँ जलविद्युत् आयोजना, ४०० केभी प्रसारण लाइन तथा २२० केभी र १३२ केभीका विभिन्न प्रसारण लाइन आयोजना वन क्षेत्र प्रयोग गर्ने प्रमुख आयोजनाका रूपमा देखिएका छन्। यसबाहेक पर्यटन पूर्वाधारका रूपमा केबुलकार र रिसोर्ट तथा अन्य जलविद्युत् आयोजनाले पनि वन क्षेत्र प्रयोग गरेका छन्।

अघिल्लो समाचार

अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

अर्को समाचार

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
समाचार

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

१२ कात्तिक २०८३,
अछाममा रणनीतिक सडकको ठेक्का तोडियो
समाचार

अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

१२ कात्तिक २०८३,
काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज
समाचार

काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

१२ कात्तिक २०८३,
कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?
समाचार

कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

१२ कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?
खेलमैदान

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

१२ कात्तिक २०८३,
चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी
टुरिजम

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

१२ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

१२ कात्तिक २०८३,
तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

१२ कात्तिक २०८३,
अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

१२ कात्तिक २०८३,
काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

१२ कात्तिक २०८३,
कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

१२ कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

१२ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन