• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

metakhabar by metakhabar
१२ अशोज २०८२,
0
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर), १२ असोज : जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि वनस्पतिसम्म पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे पर्याप्त जानकारी नहुँदा स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्न सकेका छैनन् ।

शुक्लाफाँटा निकुञ्ज कार्यालयको तथ्याङ्कानुसार निकुञ्ज अवलोकन गर्ने पर्यटकको सङ्ख्या न्यून छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १२ हजार १३८ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा तीन सय आठ जना विदेशी पर्यटक र तीन सय ५० जना सार्क मुलुकका पर्यटकले भ्रमण गरेका थिए भने ११ हजार ४८० जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले कोरोना महामारीअघिसम्म शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उलेख्य रहे पनि महामारीपछि यहाँ पर्यटक आउन छाडेको बताउनुभयो । “कोरोना महामारी सुरु हुनुभन्दा अल्लिो वर्षसम्म आन्तरिक तथा विदेशी पर्यटकले यहाँ भ्रमण गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “महामारीपछि विदेशी पर्यटक त शून्यजस्तै त आन्तरिक पर्यटकको सङ्ख्यासमेत न्यून रहेको छ ।” उहाँले पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा समेत कमी आएको बताउनुभयो ।

कार्यालयको तथ्याङ्कानुसार आर्व २०७६/७७ मा एक हजार ६०३ जनाले निकुञ्ज भ्रमण गरेका छन् । आव २०७७/७८ मा दुई हजार ९२७ जनाले निकुञ्ज भ्रमण गरेको देखिन्छ । त्यसैगरी, आव २०७८/७९ मा दुई हजार ५७९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमा सार्क मुलुकका ४५ जना र एक सय पाँच जना विदेशीले निकुञ्ज भ्रमण गरेका छन् । आव २०७९/८० मा तीन हजार २७८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा एक सय ५८ जना विदेशी र एक सय २१ जना सार्क मुलुकका छन् ।

त्यसैगरी, आव २०८०/८१ मा तीन हजार ७६२ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन् । जसमा एक सय ३२ विदेशी र एक सय १२ सार्क मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव २०८१/८२ मा तीन हजार ३७१ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा एक सय ९९ विदेशी र एक सय ५२ सार्क मुलुकका पर्यटक छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण रहे पनि विभिन्न समस्याका कारण यहाँ उलेख्य रूपमा पर्यटक आउन नसकेको वाग्लेको भनाइ छ । “पर्यटकीय पूर्वाधारमा कमी, नेपाल–भारत सीमामा पर्यटकका लागि असहजता र प्रचारप्रसारको अभावले यहाँ पर्यटक बढ्न सकेका छैनन्”, उहाँ भन्नुहुन्छ, “यहाँ पर्यटकका लागि सुविधा पनि सीमित मात्रामा छन्, जङ्गल सफारीबाहेक अन्य गतिविधि नहुँदा पनि यहाँ पर्यटकको सङ्ख्यामा कमी आएको हो ।” उहाँले यहाँ निजी क्षेत्रबाट समेत लगानी हुन नसकेको बताउनुभयो ।

नजिकै रहेको गड्डाचौकी नाकाबाट नेपाल आएका विदेशी पर्यटकसमेत यहाँ बस्दैनन् । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढे पनि यो नाकाबाट आउने पर्यटक पनि अन्यत्र जाने गरेका छन् । अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टले गड्डाचौकी नाकाबाट आउने ८० प्रतिशत विदेशी पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेको बताउनुभयो । “यो नाका भएर आएका विदेशी पर्यटक पनि बर्दिया, चितवनका पर्यटकीय गन्तव्यमा जाने गरेका छन्”, उहाँले भन्नुभयो, “यहाँको शुक्लाफाँटा वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध भए पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।”

अध्यागमन कार्यालयका अनुसार २०२३ मा गड्डाचौकी नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन् । सन् २०२५ को हालसम्म एक हजार १४८ विदेशी पर्यटक नेपाल आएका छन् ।

सरकारको प्राथमिकतामा नपर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार हुन नसकेको यहाँका स्थानीय व्यवसायी बताउँछन् । “यहाँ पर्यटनका थुप्रै सम्भावना भए पनि सरकारको प्राथमिकतामा पर्न सकेको छैन”, स्थानीय जगदीश भट्टले भन्नुभयो, “शुक्लाफाँटा पर्यटकका लागि उत्तम गन्तव्य हो, यसको प्रचारप्रसार र पर्यटनका पूर्वाधार विकास गर्नु जरुरी छ ।” शान्त वातावरण, ठूलो घाँसेमैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भए पनि यहाँ पर्यटकका लागि पूर्वाधार निमार्ण नहुँदा यहाँसम्म पर्यटक पुग्न नसकेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तुमात्र नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, एक सय ११ प्रजातिका पुतली, चार सय ६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । जसमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेल आदि रहेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् ।

Previous Post

डेनमार्कमा सैन्य पूर्वाधार नजिक फेरि रहस्यमय ड्रोन देखापरे, सुरक्षा सतर्कता कडा

Next Post

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री सिन्हा

metakhabar

metakhabar

सम्बन्धित खबर

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
Load More
Next Post
भूमिमन्त्री सिन्हाले गरे पदभार ग्रहण: भू-उपयोग नियमावली संशोधन गर्ने निर्णय

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री सिन्हा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In