• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेनमार्कमा सैन्य पूर्वाधार नजिक फेरि रहस्यमय ड्रोन देखापरे, सुरक्षा सतर्कता कडा

metakhabar by metakhabar
१२ अशोज २०८२,
0
डेनमार्कमा सैन्य पूर्वाधार नजिक फेरि रहस्यमय ड्रोन देखापरे, सुरक्षा सतर्कता कडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डेनमार्कको रक्षा मन्त्रालयले शुक्रबारदेखि शनिबार रातिसम्म देशका विभिन्न रक्षा सुविधाहरू वरपर नयाँ ड्रोन देखिएको पुष्टि गरेको छ । यसअघि पनि नर्डिक क्षेत्रका हवाई अड्डाहरूमा ड्रोन देखिएर अस्थायी रूपमा सञ्चालन बन्द गर्नुपरेको थियो ।

मन्त्रालयले ठ्याक्कै कुन स्थानमा ड्रोन देखिएको भन्ने विवरण सार्वजनिक नगरे पनि डेनमार्कको सार्वजनिक प्रसारणकर्ता डिआरले सैन्य करुप एयर बेस वरिपरि र त्यसको बाडभित्र समेत करिब राति ८ बजे ड्रोन देखिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

केही समयका लागि हवाई क्षेत्र नागरिक उड्डयनका लागि बन्द गरिए पनि हाल करुपमा नागरिक उडान नहुँदा त्यसको प्रत्यक्ष प्रभाव खासै परेन ।

बुधबारदेखि बिहीबार रातिसम्म कोपनहेगनसहित चारवटा हवाई अड्डामा देखिएको यस्तै गतिविधिले उत्तरी युरोपमा सुरक्षा चिन्ता थप बढाएको छ । राजधानीमा सोमबार राति देखिएको ड्रोनले घण्टौँसम्म उडान अवरुद्ध गरेको थियो ।

“यी ड्रोन गतिविधिहरूको मुख्य उद्देश्य डर र विभाजन सिर्जना गर्नु हो”, न्यायमन्त्री पिटर हम्मेलगार्डले चेतावनी दिँदै भन्नुभयो, “डेनमार्कले यस्ता खतरा असरविहीन पार्ने थप उपाय खोज्नेछ ।” उहाँले आवश्यक परे पूर्वाधार सञ्चालकहरूलाई सीधै ड्रोन खसाल्न अनुमति दिने कानून ल्याउने तयारीसमेत रहेको बताउनुभयो ।

युरोपेली सङ्घ (इयु) को आगामी शिखर सम्मेलनलाई दृष्टिगत गर्दै रक्षा मन्त्रालयले स्विडेनबाट डेनमार्कलाई सैन्य एन्टी–ड्रोन क्षमता उपलब्ध गराउने प्रस्ताव स्वीकार गरेको जनाएको छ ।

यता, छिमेकी जर्मनीको उत्तरी राज्य श्लेसविग–होल्स्टाइनमा पनि बिहीबारदेखि शुक्रबार रातिसम्म धेरै ड्रोन देखिएको रिपोर्ट गरिएको छ । राज्यकी गृहमन्त्री सबिन सुटरलिन–वाकले ‘हाल ड्रोन प्रतिरक्षा उपायहरू अन्य राज्यहरूसँग मिलेर उल्लेखनीय रूपमा बढाइएको छ’ भन्दै थप विवरण भने नदिने बताउनुभयो ।

जर्मन चान्सलर फ्रेडरिक मेर्जले भन्नुभयो, ‘हामी युद्धमा छैनौँ, तर अब शान्तिमा पनि छैनौँ’ भन्दै युरोपका पूर्वाधार र डाटा नेटवर्कमाथि भइरहेको लगातार आक्रमणले ठूलो चुनौती उत्पन्न गरेको बताउनुभयो ।

उहाँले कुनै निश्चित देशलाई प्रत्यक्ष रूपमा दोष नदिए पनि ‘ड्रोन उडान, जासुसी, सार्वजनिक व्यक्तित्वमाथि खतरा, साइबरआक्रमण र तोडफोडजस्ता गतिविधि दैनिक आधारमा भइरहेको’ चेतावनी दिनुभयो ।

उहाँले उदाहरण स्वरूप सन् २०१९ मा बर्लिनको टियरगार्टन हत्या प्रकरणलाई स्मरण गर्नुभयो । उक्त प्रकरणमा रूससँग लडेका जर्जियाली नागरिक जेलिमखान खांगोसभिलीको हत्या भएको थियो । उक्त हत्यामा संलग्न भनी दोषी ठहरिएका भादिम क्रासिकोभलाई सन् २०२४ मा रूस–अमेरिका कैदी आदानप्रदानअन्तर्गत मस्को पठाइएको थियो ।

यी पछिल्ला घटनाहरूले उत्तरी युरोपमा सुरक्षा संयन्त्रलाई सतर्क गराउनुका साथै सम्भावित बाह्य आक्रमण वा हाइब्रिड युद्धको आशङ्कामा क्षेत्रीय सहयोग अझै अपरिहार्य हुने सङ्केत दिएका छन् ।

Previous Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Next Post

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

metakhabar

metakhabar

सम्बन्धित खबर

भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
Load More
Next Post
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In