• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पुख्र्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
५ असोज २०८२,
0
पुख्र्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

दोधारा चाँदनी (कञ्चनपुर), ५ असोजः दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुख्र्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो । पछिल्ला केही वर्षयता परम्परागत पेसाले मात्रै घर खर्चको जोहो गर्न मुस्किल भएपछि उहाँले अहिले उक्त पेसाको विकल्प खोज्न थाल्नुभएको छ । वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको बादी बताउनुहुन्छ ।

“मेरो बुबाबाजेले मादल, दमाहालगायत वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभएको हो, त्यहीँ पेसालाई मैले पनि निरन्तरता दिएको थिएँ”, बादीले भन्नुभयो, “अहिले यो पेसाबाट घरखर्च जोहो गर्नसमेत मुस्किल पर्छ ।” वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थका रूपमा छाला र (खमारी) काठ आवश्यक पर्ने भए पनि अहिले सहज रुपमा पाउन मुस्किल छ । यसकारण पनि यो समुदायले पुख्र्यौली पेसाबाट जीविकोपार्जन गर्न चुनौती थपिएको हो ।

“केही वर्षअघिसम्म तीजको बेला र दसैँतिहारमा मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो”, बादीले भन्नुभयो, “अहिले तीजमा डिजेमा नाच्दछन् मादलको माग आउन छाड्यो, दसैँका बेलामा थारू समुदायले मादल बनाउन धेरै माग गर्छन् ।” उहाँले थारू समुदायमा दसैँको समयमा सखिया नाच नाच्ने भएकाले यो सिजनमा मादल बनाएर मात्र रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

अहिले पनि थारू समुदायबाट मादल बनाउन धेरै माग आएको छ । “अहिले मादल बनाउन न छाला पाइन्छ त (खमारी) काठ पाइन्छ, मादलमा बाख्राका छालाको प्रयोग हुन्छ”, उहाँले भन्नुभयो, “भारतीय छिमेकी सहरमा छाला पाइन्छ, नाकामा सुरक्षाकर्मीले ल्याउन दिँदैनन् ।” दसैँका समयमा मादल बनाएको सानो र ठूलोको रु दुई हजारदेखि रु १२ हजारसम्म लिने गरेको बादीले बताउनुभयो ।

छाला र (खमारी) काठ नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने गरेको उहाँको भनाइ छ । यही समस्याका कारण पेसा नै सङ्कटमा परेपछि विकल्पका रूपमा जुत्ताको घरेलु उद्योग सञ्चालन गरेको बादी बताउनुहुन्छ । “जतिबेलासम्म छाला र (खमारी) काठ सहज रूपमा पाइन्थ्यो यसबाट राम्रो आम्दानी हुन्थ्यो ।” वादीले भन्नुभयो, “अहिले जङ्गलबाट (खमारी) काठ ल्याउन मिल्दैन, छाला सहज रूपमा पाइँदैन, यी दुई मुख्य कुरा नभएपछि वाद्यवादनका सामग्री बनाउन सकिँदैन ।”

दामाहा बाजा बनाउनका लागि छाला पाउन मुस्किल हुने गरेको छ । उहाँका अनुसार भारतीय बजारमा एउटा छालाको रु एक हजारसम्म खरिद गर्न पाइन्छ । “यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छालामात्र पाउँदैन”, बादीले भन्नुभयो, “भारतीय सहरहरूमा पाइन्छ, सीमानाकामा ल्याउन पाइँदैन ।”

अहिले जुत्ता उद्योगबाट घरखर्चको जोहो गरिरहेका बताउँदै उहाँले सिजनमा भने मादल बनाउने गरेको बताउनुभयो । “अहिले सिजनमा माग आएका बेलामात्र यो पेसा गर्छु, जीविकोपार्जनका लागि घरेलु जुत्ता पसल सञ्चालन गरेको छु”, बादीले भन्नुभयो, “पाँच छोराछोरीसहित परिवारको जोहो त्यसैबाट भएको छ ।” बादी समुदायको पुख्र्यौली पेसा जोगाउनका लागि सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो । विभिन्न पर्व विशेषमा समेत नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदाय बढ्दो आधुनिकतासँगै सङ्कटमा पर्दै गएको छ ।

अघिल्लो समाचार

जेनजी आन्दोलन : नेपाल प्रहरीका तीन हजार हतियार गायब

अर्को समाचार

खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
आर्थिक

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन