• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘गौराघर’मा गौरा भित्र्याइयो

metakhabar by metakhabar
१४ भदौ २०८२,
0
‘गौराघर’मा गौरा भित्र्याइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर), १४ भदौः भाद्र शुक्ल पक्ष पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको गौरा पर्वको तेस्रो दिन आज गौरादेवीलाई घरमा भित्र्याइएको छ । आज व्रतालु महिलाले नजिकैको खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाएर ‘गौरादेवी’ लाई घरमा भित्र्याएका हुन् ।

खेतबाट धान, साँउधान, कुर्जोलगायत सङ्कलन गरी रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाई गौरा घरमा ल्याउने चलन रहिआएको लोक साहित्यका जानकार कविराज भट्टले जानकारी दिनुभयो । “गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ, एउटा काठको पिर्कोमा पहेँलो कपडा बनाएर महेश्वर पनि स्थापना गर्ने परम्परा छ”, उहाँले भन्नुभयो, “साँझपख व्रतालु महिला गौराघरमा जम्मा भई ब्रहमण बोलाएर गामूर्तिमा अभिषेक गरी पञ्चपूर्वाङ्गसहित गौरामहेश्वरको पूजाआजा गर्दछन् ।”

भट्टले आज विशेष किसिमका सात वटा गाँठा भएको धागोलाई गौरामा चढाएर अभिषेक गरेपछि महिलाले घाँटीमा धारण गर्ने जानकारी दिनुभयो । “भाद्र महिनामा मनाइने गौरा पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल वा कृष्ण दुवै पक्षमा पर्ने गर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ”, उहाँले भन्नुभयो ।

यो वर्ष उज्याली गौरा परेकाले पहिलोपटक दुवधागो लगाउनका लागि उत्तम मानिएको व्रतालु पुष्पा पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “विवाहित नारीले आफ्नो कूल, परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवितका रूपमा दुवधागो लाउने प्रचलन छ ।” उज्याली गौरा परेको वर्ष सर्वप्रथम पुत्रदा एकादशीको व्रत बसेपछि मात्र गौराको उपासना गर्न मिल्ने उहाँले जानकारी दिनुभयो ।

अष्टमी गौराको महत्त्वपूर्ण दिन हो । यसलाई अठ्यावाली भन्ने गरिन्छ । यो दिन महिलाहरूले सगुन फागसहित गौरालाई गौरा हुँदै आइरहेको आँगनमा लगेर राख्छन । सबै महिलाहरू जम्मा भई अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजा गर्ने परम्परा रहेको व्रतालु सरस्वती जोशीले बताउनुभयो ।

“अठ्यावाली पूरा भएपछि फलफट्काउने काम गरिन्छ, दुई जना पुरुषले च्यादरमा गौरामा चढाएका फलफूल तथा बिरुडालाई पूर्व, पश्चिम, उत्तर, दक्षिण र आकाशतिर फाल्ने गरिन्छ”, उहाँले भन्नुभयो, “आकाशमा फालिएका बिरुडालाई प्रसादका रूपमा व्रतालु महिला तथा उपस्थित सबैले ग्रहण गर्दछन् ।” उहाँका अनुसार महिलाले आफ्ना पति, परिवारलगायत घरका सबै सदस्यको बिरुडाले टाउको पूज्ने र आशीर्वाद लिने/दिने चलन छ ।

साउन महिनाको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । यस क्षेत्रमा प्रचीन कालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरादेवीको रूपमा पूजा गरिँदै आइएको जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्वका अवसरमा यहाँका विभिन्न स्थानमा देउडा खेलका साथै पुरुषले ढोलक र मिजुराका साथै स्थानीय देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुष्को, धमारी, ठाँडोखेल, चैतलगायत नृत्य प्रस्तुत गर्छन् ।

Previous Post

स्वादिलो मसलाजन्य परिकार अदुवाका ७ फाइदा

Next Post

यस्ता छन् तिते करेलाका मिठा फाइदाहरू

metakhabar

metakhabar

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
यस्ता छन् तिते करेलाका मिठा फाइदाहरू

यस्ता छन् तिते करेलाका मिठा फाइदाहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In