• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, १३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

    अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

    रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

    रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

    तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

    तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

    नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

    नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

    हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२९ साउन २०८२,
0
पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

म्याग्दी (बेनी), २९ साउन : कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नति जारी रहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ सिरुवारी, अन्नपूर्ण गाउँपालिका– ३ दानाको खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, र सुकेबगर, अन्नपूर्ण– ७ को महभिर लगायतका ठाउँमा निरन्तर पहिरो खसेर सडक अबरुद्ध हुने गरेका छन् ।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत सिरुवारी, गुइँठेभिर, खामभिक्ता लगायतको ठाउँमा पहिरो रहेको र सामान्य रोकथामबाट पहिरोलाई नियन्त्रण गर्न नसकिने अवस्थामा रहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका योजना प्रमुख ध्रुव कुमार झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बर्षातमा यो क्षेत्रमा निरन्तर रुपमा पहिरो खस्ने गरेको छ, हामीले पहिरोग्रस्त क्षेत्रमा अबरुद्ध हुने सडकलाई डोजर लगाएर खुलाउने गरेका छौँ, तर पहिरोको स्थायी समाधान नभएसम्म बर्खायाममा सडक सुरक्षित बनाउन सम्भव देखिएको छैन ।’’

पहिरोग्रस्त क्षेत्रको भूगर्वविद्हरुको टोलीद्वारा विस्तृत अध्ययन गरी रोकथामको लागि प्रक्रिया अघि बढाइएको भएपनि पहिरो नियन्त्रण र रोकथाम योजनामा कुनैपनि निर्माण कम्पनीले ठेक्का प्रक्रियामा भाग नलिएपछि पहिरो रोकथामको योजना अलपत्र परेको छ । गत बर्ष आयोजनाले पहिरो नियन्त्रण र रोकथामका लागि रु २० करोड बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको भएपनि निर्माण कम्पनीले ठेक्कामा भाग नलिएपछि काम सुरु हुन नसकेको हो । चालु आर्थिक बर्षमा समेत पहिरो रोकथाम र नियनत्रण योजनाको लागि विनियोजन भएको बजेटलाई कार्यान्वयनका लागि ठेक्का प्रकृया अघि बढाइएको योजना प्रमुख झाले जानकारी दिनुभयो । बेनीदेखि घाँससम्म करिब ४० किलोमिटर सडक खण्डमा १० वटा पहिरो छन् । यस स्थानमा भएका पहिरोको विस्तृत अध्ययन गरेपनि रोकथाम र नियन्त्रणको काम सुरु नहुँदा हरेक बर्खायाममा म्याग्दीको रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङ जिल्लाका सर्वसाधारण तथा पर्यटक र तिर्थयात्रीहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

पानी पर्दासाथ पहिरो खस्ने समस्याले सडकयात्रा जोखिमपूर्ण भएको अन्नपूर्ण गाउँपालिका– ३ दानाका वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो । ‘‘ यो समयमा रातमा यात्रा गर्न उपयुक्त छैन, ठाउँ ठाउँमा पहिरोले सास्ती दिने गरेको छ, बर्षा नरोकिँदा सम्म बेनी–घाँसा खण्डको यात्रा निकै जोखिमपूर्ण छ’’– वडा अध्यक्ष पुर्जाले भन्नुभयो । बेनी–जोमसोम सडकमा पहिरोका कारण वर्षातको समयमा यातायात प्रभावित हुने गरेको छ भने यात्रुले सास्ती खेप्दै आएका छन् । सडक विस्तार गर्नुभन्दा अघिसम्म अहिले गएका ठूला पहिरो नभएकाले सडक कालोपत्रे सहितको योजनामा पहिरो नियन्त्रणको काम समावेश गरिएको थिएन । कालोपत्रे सहित स्तरोन्नती भैरहेको बेनी–जोमसोम सडकखण्डमा करिब ८५ प्रतिशत भौतिक प्रगति भैसकेको छ ।

आयोजनाले गत वर्ष नै ठूला पहिरोको जोखिम र रोकथामबारे विस्तृत अध्ययन गरेपनि रोकथामको काम भने अझै सुरु भएको छैन् । यस सडकखण्डमा हरेक बर्ष नयाँ ठाउँमा पहिरो खस्ने समस्या बढेको छ । कालीगण्डकी नदी किनार हुँदै विस्तार भएको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी खण्डमा सडक विस्तारको भूगोल साँघुरो रहेको छ भने कमजोर भू–बनोटका कारण नयाँ नयाँ ठाउँमा पहिरो खस्नेक्रम बढ्दो छ । यो बर्ष महभिरमा नयाँ पहिरो खस्न थालेको छ ।

पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा मंगलवारदेखि रातको समयमा सवारीसाधन चलाउन बन्द गरिएको छ। जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसारसाउन २७ गते बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिएको हो । बर्षासंगै ठाउँ ठाउँमा ठूला पहिरोको जोखिम बढेको र सडक अबरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवत जावत बन्द गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

अघिल्लो समाचार

कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना

अर्को समाचार

शुक्लाफाँटामा हात्ती आतङ्क

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
मनोरञ्जन

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

१२ कात्तिक २०८३,
रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन
मनोरञ्जन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

१२ कात्तिक २०८३,
तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार
अन्तर्राष्ट्रिय

तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

१२ कात्तिक २०८३,
नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत
समाचार

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

१२ कात्तिक २०८३,
इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
अन्तर्राष्ट्रिय

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

१२ कात्तिक २०८३,
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु
समाचार

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

१२ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
शुक्लाफाँटामा हात्ती आतङ्क

शुक्लाफाँटामा हात्ती आतङ्क

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

१२ कात्तिक २०८३,
रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

१२ कात्तिक २०८३,
तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

१२ कात्तिक २०८३,
नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

१२ कात्तिक २०८३,
इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

१२ कात्तिक २०८३,
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

१२ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन