• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शुक्लाफाँटामा हात्ती आतङ्क

metakhabar by metakhabar
२९ साउन २०८२,
0
शुक्लाफाँटामा हात्ती आतङ्क
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, २९ साउनः शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका बासिन्दा दुई सातादेखि जङ्गली हात्तीको त्रासमा बाच्न बाध्य छन् । रात पर्नुअघि नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने हात्तीले स्थानीयको धानबालीमा क्षति गर्दै आएका छन् ।

स्थानीयका अनुसार यस अवधिमा ३५ भन्दा बढी परिवारको झण्डै चार विघा खेतको धानबालीमा हात्तीले नोक्सानी पुर्याएका छ । “पहिले हात्ती धान पाक्ने बेला मात्र आउँथे, तर यस वर्ष बाला नलाग्दै पुगेका छन्”, स्थानीय केशवदत्त जोशीले भन्नुभयो, “यसरी निरन्तर आउँदा बाली पूर्णरूपमा सखाप हुने खतरा बढ्दै गएको छ ।”

जोशीले गए राती घरको आँगनमै हात्ती पुगेको घटना सुनाउनुभयो । “ढोकाबाट निस्कँदै गर्दा हात्ती आँगन नाघ्दै थियो”, उहाँले भन्नुभयो, “जम्का भेट भएको भए ज्यानै लिने थियो भगवानले बचाए ।” गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारततर्फ गएका हुँदा घरमा महिलामात्र हुने गरेका छन् । “दिउँसो मजदुरी गर्न जानुपर्छ, रातभर हात्ती धपाउन जाग्राम बस्नुपर्छ, यसरी मजदुरी गर्नै नसक्ने अवस्था छ”, प्रेम लुहारले दुखेसो पोख्नुभयो, “मजदुरी नगरे पेट पालिन्न, हात्ती नभगाए बाली नष्ट हुन्छ, कहिलेकाहीँ घरै भत्काउने खतरा हुन्छ ।”

स्याली नदी किनारमा लगाइएको मेसवायर भत्काएर हात्ती खेत र बस्तीमा प्रवेश गर्ने गरेका छन् । “हात्तीले ठाउँ–ठाउँमा मेसवायर भत्काएका छन्, विद्युतीय तारवार जडानको माग गर्दा सुनुवाइ भएको छैन”, स्थानीय दानसिंह कुवँरले भन्नुभयो ।

उहाँका अनुसार मेसवायरमा जनावरलाई नमार्ने तर झड्का दिने प्रणाली भए हात्तीको प्रवेश रोक्न सकिन्थ्यो । निकुञ्ज कार्यालयदेखि स्थानीय तह र प्रदेश सरकारसम्म माग गर्दा पनि सहयोग नपाएको गुनासो उहाँले सुनाउनुभयो । “अघिल्ला वर्ष हात्ती आगो देखेर तर्सन्थे, तर अहिले तर्सनै छाडेका छन्”, उहाँले भन्नुभयो, “ निकुञ्ज कार्यालयसँग पटाका माग्दा जनावर रिसाउने र ठुलो क्षति गर्ने भन्दै दिन नमिल्ने जवाफ दिएर फर्कायो, आगो देखेर तर्सिदैंन, हात्ती बस्ती प्रवेश गर्ने ठाउँमा बत्तीको व्यवस्था छैन, यसले मानविय क्षति हुने सम्भावना बढ्दै गएको छ ।”

सिमलफाँटा गाउँको गल्ली नं १ र २ सबैभन्दा बढी प्रभावित छन् । वडाध्यक्ष प्रतापसिंह धामीका अनुसार विद्युतीय करेन्ट प्रवाह गर्ने उपकरण महँगो भएकाले वडाको बजेटले धान्दैन । “नगर र प्रदेश सरकारसँग आवश्यक सहयोग मागेका छौं”, उहाँले भन्नुभयो, “अश्वासन पाइए पनि अहिलेसम्म बजेटको टुङ्गो लाग्न सकेको छैन ।” सुनदेवी मध्यवर्ती समितिले दातृ निकायको सहयोगमा मेसवायर लगाएको भए पनि हात्तीले भत्काएपछि अन्य जनावर पनि खेतमा पस्ने र बाली नष्ट गर्ने समस्या बढेको स्थानीयको भनाइ छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नगरपालिकाका १० वडा प्रभावित रहेका छन् । वर्षातको समयसँगै भारतीय दुधुवा नेशनल पार्कमा पानी भरिन सुरु भएपछि हात्तीको बथान लालझाडी संरक्षण क्षेत्र हुँदै निकुञ्ज प्रवेश गर्ने गर्दछन् । निकुञ्जको अग्लो क्षेत्रमा वर्षातको समयभर हात्तीका बथान ओहोर दोहोर गर्ने गर्दछन् । निकुञ्ज वरपरका गाउँका किसानले लगाएको धान लगायतका बालीमा क्षति पुर्याउने गर्दछन् । विगत तीन वर्षदेखि हात्तीले मानविय र भौतिक क्षति पनि निम्त्याउदै आएका छन् ।
–––

Previous Post

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै

Next Post

कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका सतप्रतिशत विद्यार्थी उत्तीर्ण

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका सतप्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका सतप्रतिशत विद्यार्थी उत्तीर्ण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In