• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चलचित्र ‘रियाल रिङ्गेट’को प्रिमियर: दर्शक बने भावुक, देशको पीडा पर्दामा झल्कियो

metakhabar by metakhabar
१५ साउन २०८२,
0
चलचित्र ‘रियाल रिङ्गेट’को प्रिमियर: दर्शक बने भावुक, देशको पीडा पर्दामा झल्कियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- यही शुक्रवार देशभर रिलिज हुन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को प्रिमियर शो भव्य रूपमा सम्पन्न भएको छ।

काठमाडौंमा आयोजित उक्त प्रिमियर कार्यक्रममा चलचित्र युनिटका सदस्यहरू, राष्ट्रिय स्तरका कलाकारहरू, सञ्चारकर्मीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

चलचित्रले नेपाली समाजको एउटा गम्भीर यथार्थको रूपमा रहेको रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा र सङ्घर्षलाई पर्दामा प्रस्तुत गरेको छ। चलचित्रको नाममै कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको ‘रिङ्गेट’ समेटेर त्यसको साङ्केतिकता बलियो रूपमा दर्साइएको छ।

निर्देशक विभोर पोखरेलले आफ्नो निर्देशनमार्फत यो संवेदनशील विषयवस्तुलाई जीवन्त बनाएका छन् भने निर्माता गगनलाल प्रधानको निर्माणमा चलचित्रले प्रवासी श्रमिकहरूको कथालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरेको छ।

प्रिमियरमा उपस्थित धेरैले चलचित्र हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए। प्रवासी नेपालीहरूको जीवनका पीडादायी पानाहरूलाई पर्दामा ल्याउने ‘रियाल रिङ्गेट’ केवल एउटा चलचित्र नभई लाखौँ नेपालीहरूको अन्तर्मनको कथा रहेको दर्शकले बताए। “नेपालका लाखौँ श्रमिकहरूको प्रतिनिधित्व चलचित्रले गरेको छ।

सामाजिक, आर्थिक र राजनीतिक बाध्यताले बिदेसिनु परेको यथार्थलाई यो चलचित्रले शक्तिशाली रूपमा प्रस्तुत गरेको छ,” दर्शकले प्रतिक्रिया दिए। चलचित्रले इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको घटना सम्झाउने गरी यथार्थपरक र सशक्त दृश्यहरू पस्किएको दर्शकहरूले बताए।

“नेपाली चलचित्रले पनि रुवाउन सक्छ भन्ने अनुभूति भयो,” एक दर्शकको टिप्पणी थियो, “मरुभूमिमा सपनाको भारी बोकी पुगेका नेपालीहरू कसरी जीवन त्याग्न बाध्य हुन्छन् भन्ने कुराको भयावह चित्रण यो चलचित्रले गरेको छ।”

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ चलचित्र हेरेपछि अत्यन्त भावुक बने। उनले भने, “यो चलचित्र हेर्दा देश दुख्ने रहेछ। इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइन। ‘रियाल रिङ्गेट’ हेर्दा त्यो दिन सम्झिएँ। राज्यले जाने ढोका मात्र खोल्ने होइन, फर्कने ढोका पनि खोल्नुपर्छ, देशमै फर्किने वातावरण बनाउनुपर्छ, नत्र लाखौँ नेपाली अझै पनि विदेश जान बाध्य भइरहनेछन् र फर्किने छैनन्।”

वरिष्ठ गायक प्रेमराजा महत ले चलचित्रको प्रशंसा गर्दै भने, “धेरैपछि यसरी कुनै नेपाली चलचित्र हेरेँ। चलचित्रको कथा, अभिनय, सङ्गीत सबै उत्कृष्ट छन्। राजनीतिज्ञहरूले पनि यो चलचित्र हेर्नुपर्छ, यसले देशको वास्तविक अवस्था बुझ्न सहयोग पुर्‍याउँछ।”

विभोर पोखरेलको निर्देशन तथा गगनलाल प्रधानको निर्माण रहेको चलचित्रमा कलाकारहरू प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा देखिएका छन्। छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारहरूको पनि यसमा सशक्त अभिनय छ। चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन्।

चलचित्रको छायाङ्कन भारतको राजस्थान, चितवन, काठमाडौं र लेटाङमा गरिएको छ। द्वन्द्व निर्देशन रोशन श्रेष्ठले, छायाङ्कन हरि घलेले, सम्पादन विपिन मल्लले, पृष्ठभूमि सङ्गीत किरण तुलाधरले गरेका छन्। चलचित्रका गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने, स्वरमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले आवाज दिएका छन्।

गीतका शब्द अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका छन्। राजीव समरको कोरियोग्राफी रहेको छ।

यसैबिच, चलचित्रको अग्रिम टिकट बुकिङ पनि सुरु भइसकेको छ। देशभर चलचित्रले देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा, दोस्रो ठुलो हल चेन आइएनआइ सिनेमा सहितका हलहरूमा एक सय हाराहारीमा शो प्राप्त गरेको वितरकले बताएका छन्। रेबेल फिल्मसको ब्यानरमा बनेको ‘रियाल रिङ्गेट’ काफिया फिल्म्सले देशव्यापी रूपमा वितरण गर्दैछ।

Previous Post

प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

Next Post

गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहँुच पुर्याउने प्रतिबद्धता

metakhabar

metakhabar

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहँुच पुर्याउने प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In