• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यावसायिक काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

metakhabar by metakhabar
३ साउन २०८२,
0
व्यावसायिक काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा। यहाँका दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्। स्याङ्जाको आँधीखोला गाउँपालिका-६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका-४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रोखेती सुरू गरेका छन्।

ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर आफूहरूले व्यवसाय थालेको व्यवसायी सन्तोष पौडेलले बताए। कृषिबाटै राम्रो आम्दानी गर्न सकिने देखेपछि संस्थागत विद्यालयमा माध्यमिक तहको शिक्षकको जागीरलाई चटक्कै छाडेर सन्तोष व्यावसायिक रूपमा कृषिखेतीमा होमिएका हुन्।

“यसपटक नौ रोपनी जमिन सबैमा काँक्रोमात्रै लगाएका छौं”, उनले भने, “काँक्रोको उत्पादन लिन सुरू गरेका छौं।” यहाँ उत्पादन भएको काँक्रो अहिले स्थानीय बजार तथा सिद्धार्थ राजमार्गको छेउछाउका पसलबाट सहजै बिक्री हुने गरेको छ। यहाँ उत्पादन भएको काक्रो खरिदका लागि स्थानीय व्यापारीहरू खेतमै आएर लैजाने गरेका छन्। स्थानीय बजारमा उत्पादित काक्रो बिक्री भइरहेकाले अन्यत्र लैजान नपरेको उनले बताए।

“जमिनमा जुनसुकै बाली-सागसब्जी लगाए पनि एक पटकमा एउटै मात्र लगाउँछौं”, उनले भने, “एउटामा बालीमा भएको रोग अर्कोमा नसर्ने र एकैपटक एउटै मात्र उत्पादन लिँदा परिमाण धेरै हुने र बजार मूल्य पनि राम्रो पाइने भएकाले एक पटक, एउटा बाली अभियानअनुसार अगाडि बढ्छौं।”

यहाँ अहिले कर्मा, किङसार र स्टारविजजस्ता तीन वटा हाइब्रिड जातका काक्रो लगाइएको छ। यसपटक लगाएको काक्रोको उत्पादन लिइसकेपछि दोस्रो चरणमा सबै जमिनमा अर्को बाली लगाउने र वर्षौंभरि जमिन खाली नराख्ने योजनामा रहेको उनले बताए। अरु बेला दुई दाजुभाइले सँगसँगै काम गर्ने र आवश्यक पर्दा कामदार लगाउने गरेका छन्।

काक्रो लगाउनका लागि हालसम्म मलखाद, मल्चिङ प्लास्टिक, तार, जाली, कामदार ज्याला, औषधि उपचार, उपकरणलगायतमा दुई लाख खर्च भएको उनले बताए। “ठूलो परिमाणमा व्यावसायिक काक्रोखेती गरिएकाले १०० दिनमा ३० टन काक्रो उत्पादन गरी बिक्री गर्ने लक्ष्य रहेको छ”, उनले भने, “बजार भाउ यकिन हुँदैन अहिले प्रतिकेजी ६०-७५ का दरले बिक्री भइरहेको छ, मूल्य स्थिर नभई घटबढ हुनसक्छ।” सोही ठाउँमा तीन हजार कुखुरापालनका लागि आधुनिक फर्म निर्माण कार्य भइरहेको छ। अब छिट्टै व्यावसायिक सागसब्जीसँगै व्यावसायिक कुखुरापालनलाई पनि अगाडि बढाउने तयारी भइरहेको उनले बताए।

“कृषिलाई प्रविधिसँग जोड्न सकिएन भने लागत बढ्न जाने भएकाले लागत कम गर्नका लागि एकदमै सचेत भएर प्रविधिको प्रयोगमा जोड दिएर अगाडि बढेका छौं”, उनले भने, “आफूहरूले थालेको कृषि कर्मप्रति निक्कै सन्तुष्टि मिलेको छ, कृषि पेसामा रमाइरहेका छौँ, भोलिका दिनमा पनि रमाएरै लाग्छौं।”

प्रेरणादायी युवा उद्यमशीलता देख्दा हर्ष लागेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए। “फेदीखोला गाउँपालिकाले न्यूनतम समर्थन मूल्यको व्यवस्थापन गर्दै उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँछ”, उनले भने, “आवश्यक प्राविधिक सहयोगमार्फत यस्ता व्यावसायिक प्रयासलाई साथ दिन पालिका कटिबद्ध छ, उत्पादनमूलक अर्थतन्त्रतर्फको यात्रामा हामीसँगै छौं।”

Previous Post

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

Next Post

एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै, विधान संशोधनमाथि छलफल हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै, विधान संशोधनमाथि छलफल हुने

एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै, विधान संशोधनमाथि छलफल हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In