• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा

    नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८२ साल गते बिहीबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

metakhabar by metakhabar
२२ असार २०८२,
0
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ ।पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा प्रसिद्ध धार्मिक पर्यटकीयस्थल तीनखोले मन्दिर अवस्थित छ । शक्तिपीठका रूपमा परिचित तीनखोले मन्दिरमा पूजाअर्चना र भाकल गर्नेहरूको पछिल्लो समय घुइँचो लाग्ने गरेको छ ।

तीनखोले देवी भक्तजनको विश्वास र आस्थाको केन्द्र बन्न थालेपछि विभिन्न जिल्लाबाट धार्मिक पर्यटकक आउने गरेका हुन् । तीन वर्षअघि मन्दिर जाने बाटो साँघुरो, जीर्ण र हिलाम्मे हुँदा यात्रीले कठिन र जोखिमपूर्ण यात्रा गर्दथे । अहिले यहाँ पुग्ने पूर्वाधारसहित सडक निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको शुक्लागण्डकी नगरपालिका–६ का जय पाण्डेले बताए ।

पर्यटकीय सम्भावना बोकेको यस मन्दिरको विकासका लागि स्थानीय तह र सङ्घीय सरकारले लगानी गरी पूर्वाधार विकासले तिव्रता पाएसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको उनको भनाइ छ ।

पक्की नालासहितका सडक स्तरोन्नति र कालोपत्र गरेपछि अहिले मन्दिर आवतजावतमा सहज हुनुका साथै धार्मिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको शुुक्लागण्डकी–६ मा तीन वर्षअघि झाँगाझोली भिलेज रिर्सोट सञ्चालन गर्दै आएका उज्वल पौडेलले बताए । यहाँ रिर्सोट सञ्चालनमा आएसँगै आगन्तुकलाई बस्न, खान समस्या नरहेको उनको भनाइ छ ।

सडक विस्तार, रिर्सोट सञ्चालनलगायत पूर्वाधार विकासले धार्मिकस्थल तीनखोले मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको पौडेलले बताए । उनका अनुसार रिर्सोट र मन्दिर पर्यटकका लागि एकापसमा पर्यायबाची जस्तै बनेका छन् ।

पृथ्वीराजमार्गको खैरेनीटारबाट साढे दुई किमी दूरीमा झाँगाझोली पुग्न सकिन्छ । झाँगाझोलीबाट तीनखोले मन्दिर पुग्न करीब पाँच किमी यात्रा गर्नुपर्छ । तीन जना व्यक्तिको लगानीमा सञ्चालित यो रिर्सोट करिब बीस रोपनी क्षेत्रफलमा रु दुई करोड बढी लगानीमा निर्माण गरिएको रिर्सोट सञ्चालन पौडेलले जानकारी दिए । उनका अनुसार यहाँ पर्यटकीय दृष्टिकोणले आकर्षण र मनमोहक भौतिक संरचना बनाइएको छ ।

रिर्सोट नजिकै भएर बग्ने कुम्लेखोलामा ड्याम बनाएर सुन्दर ताल निर्माण गरी ढुङ्गा सञ्चालनमा ल्याउने योजना रहेको पौडेलले बताए । उनले भने, “झाँगाझोलीमा शुक्लागण्डकी–सुनकोशी सूचना केन्द्र स्थापना गरिएको छ, जसले सिन्धुली र तनहुँको धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

उनका अनुसार सिन्धुली जिल्लामा रहेको झाँगाझोलीको झल्को दिनेगरी तनहुँको शुक्लागण्डकीमा झाँगाझोलीको अवधारणका साथ रिर्सोट सञ्चालनमा ल्याइएको हो ।

यहाँको प्रसिद्ध धार्मिकस्थल तीनखोले मन्दिर र झाँगाझोली रिर्सोटले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको शुक्लागण्डकी–६ का पाण्डेले बताए । उनले भने, “पर्यटन प्रवर्द्धनमा झाँगाझोली र तीनखोले मन्दिरबीच प्रगाढ सम्बन्ध बन्दै गएको छ । मन्दिरमा आएका पर्यटक झाँगाझोली जान्छन् भने झाँगाझोली आएका पर्यटक मन्दिर पुगेर पूजाअर्चना गरी फर्किने गर्दछन् ।”

झाँगाझोली रिर्सोट सञ्चालनमा आउनुअघि दरगाउँ क्षेत्रका बासिन्दा एक्लै हिड्न डराउँथे, जङ्गलको बाटो भएर हिड्नुपर्दा, वनमा घाँस, दाउँरा लिन जाँदा समूहमा जानुपर्ने बाध्यता थियो ।

पाण्डेले भने, “अहिले स्वर्ग जस्तै बनेको छ, मानिसको चहलपहल बढेको छ, स्थानीयबासीको जीवनशैलीमा परिवर्तन आएको छ ।” अहिले विकासले गति लिएसँगै आवतजावतमा सहज हुनुका साथै स्थानीयले विकासको अनुभूति गर्न पाएका उनको भनाइ छ । “छोटो अवधिमा छुट्टै पहिचान बनाएको यस धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण स्थानीयमा आर्थिकस्तरका साथै रोजगारीका अवसर वृद्धि भएका छन् ।”

सडक डिभिजन कार्यालयबाट रु एक करोड बजेट विनियोजन भएपछि तीनखोले मार्गको खैरेनीटार–झाँगाझोली खण्डमा सडक स्तरोन्नतिका साथै कालोपत्र गरेसँगै विकासले फड्को मार्नुका साथै पर्यटकलाई आवागमनमा सहज भएको छ ।

आर्थिक वर्ष २०८०र८१ मा सहरी विकास मन्त्रालयबाट झागाझोली–दरगाउँ सडक स्तरोन्नतिका रु ३५ लाख, आव २०८१र८२ मा रु ५० लाख बजेट विनियोजन पश्चात् निर्माण सम्पन्न गरिएको छ ।

आगामी आव २०८२र८३ का लागि रु ५० लाख बजेट विनियोजन भइसकेको झाँगाझोली भिलेज रिसोर्ट प्रालिका प्रबन्धक निर्देशक शङ्करप्रसाद अधिकारीले जानकारी दिए । तीनखोले मार्ग र झाँगाझोली–दरगाउँ सडक मार्गलाई सङ्घीय सरकारले उच्च प्राथमिकता दिँदै आएपछि स्थानीय हर्षित भएका छन् । उनले भने, “विकाससँगै परिवर्तन र पर्यटनको क्षेत्रमा चहलपहल हुँदै जाँदा अर्थतन्त्र चलायमान बनेको छ ।”

झाँगाझोली प्राकृतिक सुुन्दरताले भरिपूर्ण मानिन्छ । वरिपरि हरियो घनाजङ्गल, सङ्लो कुुम्ले खोलाको सुुसेली, दरगाउँस्थित कोट मन्दिर, नजिकै रहेको घुमाउने झरना, विभिन्न प्रजातिका चराचुुरुङ्गीको बासस्थान, प्रसिद्ध तीनखोलेदेवी मन्दिर, झाँगाझोली क्षेत्रमा स्थापित विभिन्न मठमन्दिरले यसलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित गराएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५० हजार बढी पर्यटकले झाँगाझोली अवलोकन गरिसकेका प्रबन्धक निर्देशक अधिकारीले जानकारी दिनुभयो । “सडक कालोपत्र सम्पन्न भएसँगै पर्यटकको आगमन बढेको छ”, उनले भने, “दैनिक पाँच(छ सयको हाराहारीमा पर्यटक तीनखोले मन्दिर र झाँगाझाली घुम्न आउने गरेका छन् ।”

मन्दिरमा आउने पर्यटकको आवागमन बढ्दै जान थालेपछि रात्रिकालीन बसाइँका लागि झाँगाझोली भिलेज रिसोर्टले आरामदायी बासको व्यवस्था गरेको अधिकारीको भनाइ छ । एक पटकमा ४०–५० जनासम्मलाई सेवा दिन सकिने रिसोर्टले जनाएको छ ।

विभिन्न जातका फलफूूलको बँगैचा, सयौँ प्रजातिका जडिबुटी उद्यान, विभिन्न जातजातिले प्रयोग गर्ने लोपोमुख सामाग्रीहरूसहितको सङ्ग्रहालय, प्रदर्शनी तथा बिक्री कक्ष, सातवटै प्रदेशका विशिष्टिकृत सामग्रीको प्रदर्शनी, प्रादेशिक कोसेली घर, विभिन्न प्रजातिका रुखविरुवा, धार्मिक महत्त्वका मठमन्दिर झाँगाझोलीका विशेषता हुन् ।

गोरखाबाट घुम्न आएका मङ्गलबहादुर नेपालीले भने, “पर्यटकीय गन्तव्यको सम्भावना बोकेको ठाउँ रहेछ, जहाँ अवलोकन गरेर भरपूर मनोरञ्जन लिन सकिन्छ । यसको थप प्रवर्द्धन गरी पर्यटकीय गतिविधिसँगै स्थानीयको आयस्तरमा वृद्धि गर्न सकिन्छ ।”

झाँगाझोलीस्थित सिन्धुली–सुनकोशी गाउँपालिका निवासी ९० वर्षीया गौरादेवी दाहालको नामबाट निर्मित गौरादेवी नेचुरल हर्वल पार्क पनि आकर्षक गन्तव्य बनेको छ । विभिन्न किसिमका जडिबुटीबारे अध्ययन, अनुसन्धान गर्नेहरूका लागि यो अध्ययन केन्द्र बनेको छ ।

पछिल्ला केही वर्षयता तीनखोले मन्दिर र झाँगाझोली पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा बनेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धि थापाले बताए । उनले भने, “खैरेनीटारबाट तीनखोले मार्ग हुँदै झाँगाझोली–दरगाउँ सडक मार्ग भएर पुनः खैरेनीटार निस्कने गरी रिङ्गरोड निर्माण गर्न लागिएको छ, जसले यो दसुरी अझ छोटो बनाउने छ ।”

खैरेनीटारबाट तीनखोले मन्दिरसम्मको सात किमी सडकमध्ये करिब पाँच सय मिटरबाहेक ढलान र कालोपत्र गरी यातायातमा सहज बनाइएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बताए । उनले भने, “नगरपालिकाभित्रका रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिकलगायत पर्यटकीय क्षेत्रको विकास र प्रवरद्धनका लागि नगरपालिकाले प्राथामिकतामा राखेर काम गर्दै आएको छ ।”

Previous Post

जोखिममा बेँसीसहर–चामे सडकयात्रा, बर्खायाममा समस्या झनै बढ्दो

Next Post

शहरीकरणले १० वर्षमा घट्यो १६.६ प्रतिशत खेतीयोग्य जमिन

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?
फिचर-ब्यानर

रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

२८ फाल्गुन २०८२,
काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

२८ फाल्गुन २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

२८ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८२ साल गते बिहीबारको राशिफल

२८ फाल्गुन २०८२,
Load More
Next Post
शहरीकरणले १० वर्षमा घट्यो १६.६ प्रतिशत खेतीयोग्य जमिन

शहरीकरणले १० वर्षमा घट्यो १६.६ प्रतिशत खेतीयोग्य जमिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In