• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

    ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रासस तस्बिर प्रदर्शनी यो साताभरि

metakhabar by metakhabar
२ असार २०८२,
0
रासस तस्बिर प्रदर्शनी यो साताभरि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  गणतन्त्र दिवस–२०८२ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्र्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनीको समयावधि एक साता थप भएको छ ।

गत जेठ ११ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको प्रदर्शनीमा विभिन्न पक्षको अभिरुचि र मागका आधारमा आजदेखि सात दिनसम्म प्रदर्शनीको अवधि थपिएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिनुभयो ।

“अवलोकनकर्ताको रुचि र मागलाई दृष्टिगत गर्दै प्रदर्शनीको प्रदर्शनीको असार ७ गतेसम्म समयावधि बढाइएको छ”, उहाँले भन्नुभयो, “तस्बिर प्रदर्शनी पत्रकारिता र पर्यटन क्षेत्रका विद्यार्थीका बीच पनि निकै लोकप्रिय भएको पाइयो । नीति निर्माण तहमा बसेका, पर्यटन व्यवसायी, विदेशी कूटनीतिक क्षेत्रका व्यक्तिहरुले पनि गहिरो अभिरुचि राखेकाले समयावधि थपिएको छ ।”

कार्यकारी अध्यक्ष झाले प्रदर्शनीको उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धनका साथै नीतिनिर्माण तहका व्यक्तिको ध्यानाकर्षण र पर्वतीय सम्पदाहरु जोखिममा रहेकाबारे जनजागृति फैलाउने रहेको बताउनुभयो । यस बीचमा भएको प्रदर्शनी र अवलोकनकर्ताको प्रतिक्रिया र अभिरुचिबाट उद्देश्यमा सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

रासस तस्बिर प्रदर्शनीको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, प्रधानसेनापति, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, पर्यटन व्यवसायी, प्रतिष्ठित आरोही, विद्यार्थी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि एवं सर्वसाधरणले अवलोकन गरिसक्नुभएको छ ।

भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका ९६ वटा तस्बिर समेटिएका छन् ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले व्यहोर्नुपरेका समस्याप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपाल सरकारद्वारा हालै सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रमलाई जोडेर रासस समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमाल, पर्वत तथा पर्यटकीयस्थलसम्बन्धी तस्बिर प्रदर्शनीमा समावेश छन् ।

ग्राहकको मागलाई दृष्टिगत गरी राससले आफ्ना उत्पादनमा विविधता थपिरहेको सन्दर्भमा प्रदर्शनीले राससका समाचार र तस्बिरलाई अझ समृद्ध बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । राससले गत वर्ष भौतिक पूर्वाधार निर्माण र त्यसअघि मुलुकको सांस्कृतिक विविधतासम्बन्धी प्रदर्शनी गरेको थियो ।

जलवायु परिवर्तनबाट मानव सभ्यतामा आएको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ आवाज उठाइरहेका अवस्थामा हिमालको संरक्षणका लागि बहस र पैरवी गर्न प्रदर्शनीबाट योगदान पुग्नेमा रासस विश्वस्त रहेको जनाइएको छ ।

नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खलाको प्रवर्द्धनबाट आर्थिक आयआर्जनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमशिखरमध्ये सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरि हिमशृङ्खला नेपालमा छन् ।

Previous Post

पुँजीगत खर्च सोचजस्तो हुन सकेको छैनः स्वास्थ्यमन्त्री पौडेल

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

१४ चैत्र २०८२,
निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा
समाचार

निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

१४ चैत्र २०८२,
ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा
समाचार

ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

१४ चैत्र २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In