• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा अबैध आप्रावासीको हातमा हत्कडी र खुट्टामा नेल ! नेपाली कति ?

by
२८ माघ २०८१,
0
अमेरिकामा अबैध आप्रावासीको हातमा हत्कडी र खुट्टामा नेल ! नेपाली कति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरुगरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाबाट सार्वजनिक भिडियो अनुसारमा अवैध आप्रवासीहरूलाई हातमा हत्कडी र खुट्टामा नेल बाँधेर देश निकाला गरिएको छ । ट्रम्पको यस्तो एक्सन सँगै अमेरिकामा रहेका नेपाली अबैध आप्रवासीहरुपनि मारमा परेका छन् ।

अमेरिकी राष्ट्रपतिको सपथ लिएसँगै डोनाल्ड ट्रम्पले मानव–तस्करलाई लाखौँ रकम बुझाएर अमेरिका पुगेका ‘अवैध आप्रवासी’हरूलाई धमाधम आ–आफ्नो देश फर्काउन थालेका छन् । केहि दिन अघि मात्र छिमेकी देश भारतका १ सय ५ जना आप्रवासीहरूलाई अमेरिकाले विमानमा राखेर फिर्ता ग¥यो । अमेरिकी सैन्य विमानमा सवार ‘अवैध आप्रवासी’हरूको हातमा हत्कडी र खुट्टामा नेल बाँधिएको थियो । विमानमा सवार गर्भवती महिला र बालबालिका बाहेक सबै आप्रवासीहरूलाई ‘अपराधीको जस्तै व्यवहार गरिएको थियो ।

यस्ता दृश्यबाटै प्रष्ट हुन्छ कि अमेरिकामा अवैध रुपमा बसिरहेका आप्रवासीको दिनगन्ति सुरु भइसकेको छ । राष्ट्रपति ट्रम्पको अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने नीतिअनुसार झण्डै १ हजार ३ सय ६५ अवैध नेपाली पनि ट्रम्प प्रशासनको निगरानीमा छन् । पहिलो लटमा ती नेपालीहरूलाई अमेरिकाबाट चाडै निष्कासन गरिने छ । उनीहरू कुनै पनि बेला समातिएर नेपाल पठाइन सक्छन् ।
दोस्रो लटमाचाहिँ आप्रवासन सम्बन्धी मुद्दा खेपिरहेका नेपालीहरू पर्छन् ।

यस्ता नेपालीको संख्या ४ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । तेस्रो लटमा भने आगामी जुन ३० मा टीपीएस सकिने नेपालीहरू पर्छन् । यस प्रकारका नेपालीहरूको संख्याचाहिँ अब करिव ५ हजार हाराहारीको छ । त्यसपछिको लटमा ग्रीन कार्डको म्याद सकिनेहरू, विद्यार्थी भिसा थप्न समस्यामा पर्नेहरू पर्छन् । कुरा त्यतिमा मात्र सीमित छैन, अंगिकृत नागरिक बनेकाको फाइल पनि हेर्न सकिने भनिएको छ । यदि त्यसो गरियो भने नक्कली कागजात भेटिनेलाई थप प्रक्रियामा लगेर फिर्ता पठाइने भनिएको छ । यसो गर्दा नक्कली कागजात जुटाएका धेरै एक्स्ट्रा अर्डिनरी र एसाइलीहरूको रुवाबासी नै हुन्छ ।

ट्रम्पको उदयले नेपालीहरूलाई थप त्रास थपिरहेको छ । नेपालमा अहिले एकदमै चासो छ– ट्रम्पले कति नेपालीलाई देश निकाला गर्लान् ? कुनकुन राज्यमा बस्नेहरू सबैभन्दा समातिएलान ? जानकारहरुका अनुसार १ हजार ३ सय ६५ अवैध नेपाली त पक्का देश फर्काइन्छन् नै । तर संख्या योभन्दा धेरै हुनेछ ।

अर्को कुरा अवैध रूपमा अमेरिका जान हिँडेका सयौँ नेपालीहरू दुबईदेखि ब्राजिल हुँदै मेक्सिकोसम्म अलपत्र छन् । यो संख्याले थप विचलित बनाइरहेको छ । भर्खंरै अमेरिका पुगेका नेपाली र उनको परिवार थप चिन्तामा छ । यस्ता धेरै दुःखदायी दिनहरू भोग्नै बाँकी छ अमेरिकी नेपालीहरूले । विगत एक दशकमा अमेरिका गएका ७ हजार १ सय ४३ नेपाली अमेरिकामै लुकेको एक आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार सन २०१४ देखि २०२३ सम्म ओभर स्टे भएका ९ हजार ३२ नेपालीमध्ये १ हजार ८ सय ८९ ओभर स्टे भएर फर्के पनि ७ हजार १ सय ४३ भने अमेरिकामै लुकेका छन् ।

नेपालीहरूको यो संख्या भिजिट भिसामा माथिल्लो बाटोबाट अमेरिका पुगेका र निर्धारित समयमा नेपाल नफर्केर लुक्नेहरूको हो । यो संख्यामा मानव तस्करहरूले तल्लो बाटोबाट अमेरिका पुर्याएका हजारौं नेपालीहरूको संख्या जोडिएको छैन । यसरी अमेरिकामा लुकेका धेरै नेपालीहरूले शरणका लागि आवेदन दिएको छन् । कतिपय नेपालीले शरणको प्रक्रियाबाट अमेरिकी कागजात पनि प्राप्त गरिसकेका छन् । केही त ग्रीन कार्ड हुँदै अमेरिकी नागरिक भएर नोभेम्बर ५ को चुनावमा मतदान पनि गरिसकेका छन् । अमेरिकामा लुकेर बस्नेहरूको संख्या हेर्दा– नेपाल अझै डेन्जर जोनमा भने पुगिसकेको छैन ।

Previous Post

हरेक दिन बिहान कालो कफी कस्ता व्यक्तिले पिउनु हुँदैन ?

Next Post

के गर्भावस्थामा माछा खाँदा सुन्दर बच्चा जन्मन्छ ? यसको सत्यता जान्नुहोस्

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
के गर्भावस्थामा माछा खाँदा सुन्दर बच्चा जन्मन्छ ? यसको सत्यता जान्नुहोस्

के गर्भावस्थामा माछा खाँदा सुन्दर बच्चा जन्मन्छ ? यसको सत्यता जान्नुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In