• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२०७९ सालमा बनिसक्नुपर्ने नारायणघाट–बुटवल सडकखण्डको काम मंसिरमा पुनः शुरु

by
२६ मंसिर २०८१,
0
२०७९ सालमा बनिसक्नुपर्ने नारायणघाट–बुटवल सडकखण्डको काम मंसिरमा पुनः शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाउन्ने : २०७९ साउन २२ भित्र बनिसक्नुपर्ने नारायणघाट–बुटवल सडक खण्डको काम मंसिर दोस्रो सातादेखि शुरु भएको छ। उक्त योजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा बुटवलमा शिलान्यास गरेका थिए। निर्धारित समयमा काम नभएपछि तेस्रोपटकका लागि म्याद थप गरिएको हो।

गत साउनमा म्याद थपिएपछि पनि त्यसको साढे चार महिनापछि मात्रै काम शुरु भएको छ। आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले म्याद थप गरेको आयोजनाले कामै नगरी करिब साढे चार महिना बिताएको छ।

करिब सात वर्षदेखि उक्त बाटो अलपत्र रहेको छ। गैंडाकोटदेखि बुटवलसम्मको बाटो धुलोले अलपत्र हुने गरेको छ। बसमा यात्रा गरिरहेका व्यक्ति धुलोले छपक्कै हुने गरेका छन्।

मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेका निर्माण व्यवसायीले मंसिरको दोस्रो साताबाट विस्तार काम शुरु गरेका हुन्।

नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ। ‘पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम शुरु भएको हामीलाई जानकारी आएको छ’, उनले भने, ‘अहिले सबबेस, बेस, नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम, कल्भर्ट निर्माण, ढुङ्गाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ।’

यो खण्डमा बनेका १६ पुलमा अप्रोज रोड बनाउनुपर्नेमा अहिले नौवटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम शुरु हुने उनले बताए।

त्यसैगरी २३२ कल्भर्टमध्ये १८१ वटा निर्माण सम्पन्न तथा १४ वटाको काम हुँदै गरेको भन्दै नौ ठाउँमा सडक किनारमा ढुङ्गाको पर्खाल लगाउने काम भइरहेको इन्जिनीयर खनालको भनाइ छ। गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताए

गैँडाकोट–दाउन्नेमा पर्ने ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर सडक कालोपत्रे भइसकेको खनालले बताए। हालसम्म पूर्वीखण्डको भौतिक प्रगति ५३.१५ प्रतिशत रहेको भन्दै डिसेम्बरमा थप ३.१८ प्रतिशत काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको खनालको भनाइ छ।

नारायणगढदेखि बुटवलसम्मको ११४ किलोमिटर सडक विसं २०७९ साउन २२ भित्र काम सक्ने गरी विसं २०७५ माघमा सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको थियो।

निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलोपटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ र तेस्रोपटक २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप गरिएको हो।

Previous Post

खोला नै जम्नथाले मुस्ताङमा‚ मार्फाको तापक्रम माइनस ७ डिग्रीमा झर्‍यो

Next Post

कष्टकर बन्दै विपद्पीडितको जीवनशैली

सम्बन्धित खबर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
Load More
Next Post
कष्टकर बन्दै विपद्पीडितको जीवनशैली

कष्टकर बन्दै विपद्पीडितको जीवनशैली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In