• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सात राउण्ड गोली र कटुवा पेस्तोलसहित भारतीय पक्राउ

by
१८ पुस २०७९,
0
आठ तोला सुनका गरगहना चोरी गरेको आरोपमा गर्ने दुई पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी – हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर तहसील पलियाका युसुफ अलीलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूको साथबाट प्रहरीले सात राउण्ड गोली र एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरीले बताए।

उनका अनुसार प्रक्राउ पर्ने नेपालमा आएर दिनमा गाउँघरमा साइकलमा विभिन्न सामान बिक्री गर्ने र गाउँघरको अवस्था बुझी राति समूह बनाएर लुटपाट गर्न आउने गरेको खुलेको छ । “पक्राउ परेका एक जना साइकलमा चुडी, बट्टन बिक्री गर्ने र अर्का फरार रहेका भैँसीका व्यापारी रहेको खुलेको छ”, चौधरीले भने, “व्यापार गर्न आउदा गाउँघरको अवस्था बुझ्ने र राति समूह बनाएर लुट्न आउने गरेको अनुसन्धानबाट खुलेको छ ।”

सीमा नाकास्थित विभिन्न गाउँमा राति हतियार देखाएर लुटपाट गर्ने घटना बढेपछि प्रहरीले सीमा नाकामा गस्ती बढाएको थियो । सोही गस्तीको बेला गत शुक्रबार राति उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । “पुस १६ गते बैलौरीको बैसाखा नाकामा गस्तीमा रहेको प्रहरी टोलीले तीन भारतीय नागरिकलाई रोकेर खानतलासी गर्न खोज्दा तीनै जना भागेर नजिकैको उखुबारीमा पसे”, प्रहरी प्रमुख चौधरीले भने, “प्रहरीले तत्कालै राजु ईन्द्रसीलाई नियन्त्रण लिएर उनको साथबाट चार राउण्ड ठलो गोली, दुई राउण्ड सानो गोली र एक थान लोड गरिएको कटुवा पेस्तोल बरामद गरेको हो ।” पछि अन्य दुईजना उखुबारीबाट पक्राउ परेका हुन् ।

उनका अनुसार उखुबारीमा लुकेर बसेका अन्य दुईजनालाई स्थानीयवासीको सहयोगमा करिब सात घण्टापछि नियन्त्रणमा लिएमा लिइएको थियो । प्रहरीले पक्राउ गरेकामध्ये राजु ईन्द्रसी लखिमपुरमा मोटरसाइकल चोरीको आरोपमा लखनौ जेलबाट आठ महिना कैद भुक्तान गरेर २० हजार जरिवानामा गत साता मात्रै छुटेका थिए । “लुटपाटमा संलग्न अन्य दुई फरार छन् । उनीहरूको भारतीय प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको छ”, प्रहरी प्रमुख चौधरीले भने, “दिनमा व्यापार गर्न नेपाल आउने र यहाँका अवस्था बुझेर राति समूहमा लुट्न आउने गरेको भेटिएको हो ।” उनले व्यापार गर्न आउने भारतीय नागरिकबाट सावधान हुन सबैलाई अनुरोध गरे ।

गत साता मात्रै कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाका ललिता भट्ट र मनोच चौधरीको घरबाट नगद र गहना गरी आठ लाख बराबरको धनमाल चोरी भएको थियो । भट्टको घरमा महिला मात्र बस्ने थाहा पाएपछि भारतीय लुटेराको समूहले हँसिया, पेस्तोल र चक्कु देखाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।

Previous Post

कति छ सोमबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

स्टेफन किङ कसरी बने सफल ?

सम्बन्धित खबर

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?
आवाज

पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

२ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
Load More
Next Post
स्टेफन किङ कसरी बने सफल ?

स्टेफन किङ कसरी बने सफल ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In