काठमाडौँ – अर्बपति इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले दुरसञ्चार उपग्रह प्रक्षेपण गरेको छ ।
स्पेसएक्सले आइतबार साँझ (नोभेम्बर १७) फ्लोरिडाको स्पेस कोस्टबाट अस्ट्रेलियन टेलिकम कम्पनी अप्टसका लागि उपग्रह प्रक्षेपण गरेको हो ।
फाल्कन ९ रकेटले अप्टस-एक्स उपग्रहलाई बोकेर नासाको केनेडी स्पेस सेन्टरको प्याड ३९ए बाट प्रक्षेपण गरेको स्पेस डटकमले उल्लेख गरेको छ।
स्पेसएक्सको मिसन विवरण अनुसार यो विशेष बुस्टरको लागि यो १६औँ प्रक्षेपण र अवतरण थियो।