काठमाडौँ— अमेरिकी विदेश मन्त्रालयद्वारा ग्लोबल एन्टीरेसिज्म च्याम्पियन २०२४को रूपमा सम्मानित भएकी उर्मिला चौधरी र नेपालका लागि अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता भएको छ ।
अमेरिकी राजदूत थम्प्सनसँगको भेटमा उनले आफ्नो भ्रमणका प्रेरणदायक क्षणहरूका बारेमा कुराकानी गर्नुका साथै अमेरिकामा उनले आफूजस्तै जातीवादविरोधी नेतृत्वकर्ताहरूसँग भेटघाट र जातिवादविरुद्धको लडाइ, प्रतिष्ठा प्रवर्द्धन र सबैका लागि न्याय सुनिश्चित गर्ने प्रभावकारी तरिकाहरू बिषयका छलफलका अनुभब गरेको बताइन् ।
प्रणालीगत जातीय विभेद, भेदभाव र जातिवादको विरुद्ध उनले गरेको कामका साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा उनको अथक योगदानको राजदूत थम्प्सनले प्रशंसा गरे