• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माझी समुदायको पितृ सम्झिने पर्व- पितरा

by
१९ कार्तिक २०८१,
0
माझी समुदायको पितृ सम्झिने पर्व- पितरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे : अरु समुदायमा मानिसको मृत्युपछि प्रत्येक वर्ष तिथिमा श्राद्ध गर्ने चलन छ। तर काभ्रेपलाञ्चोकका माझी समुदायमा भने मरेका व्यक्तिका नाममा एकपटक ‘पितरा’ निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन।  प्रत्येक वर्ष दुईपटक पितरा मनाउने यो समुदायको परम्परा छ। मण्डनदेउपुर नगरपालिका-१० आँपचौरका रामकृष्ण माझीका अनुसार एक वर्षका बिचमा परिवारमा कसैको मृत्यु भएमा त्यो वर्षको दशैँ र तिहार पर्व सकिएको भोलिपल्ट मनाइन्छ। ‘यो परम्परालाई निरन्तरता दिन युवा अग्रसर छन्’, माझीले भने।

किंवदन्तीअनुसार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेउमा आइपुगे र नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक माझीलाई आफूहरूलाई नदी पार गराइदिन अनुरोध गरेपछि माझीले पनि नदी पार गराइदिएकाले महादेव खुशी भई ‘तिमीहरू मर्दा बाँच्नेले नाचगान गरेमा सिधा स्वर्ग पुग्नेछौँ’ भनी वरदान दिएका थिए। त्यसै वेलादेखि यो संस्कृति शुरु भएको सुनेको रामकृष्ण बताउँछन्।

यो माझी समुदायको परम्परा नै भए पनि सबैले मनाउनु भने पर्दैन। वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट पितरा निकालिन्छ। यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्न नपर्ने रामकृष्णले बताए। पर्वको परम्पराअनुसार तिहारको भाइटीकाको भोलिपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजयादशमीको भोलिपल्टसम्म ‘जुठो’ बार्नुपर्छ भने विजयादशमीको भोलिपल्टदेखि भाइटीकाको दिनसम्म मरेकाको त्यही वर्ष एक वर्षभरिको काम सकिन्छ।

आँपचौरकै ध्रुव माझीका अनुसार पितरा निकाल्ने अघिल्लो दिनदेखि नै केही विधि पुर् याई पितृहरूलाई निमन्त्रणा गर्न उनीहरूलाई विभिन्न वाहनहरूमा चढेर आउन भनी घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाजलगायत सवारीसाधनको चित्र कोरिन्छ। मृतात्मा तिनै सवारीसाधनमा चढेर आउँछन् भन्ने विश्वासअनुसार महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृतिसमेत कोरिएको हुन्छ। पर्व मनाउने क्रममा कुनै एक व्यक्तिले ‘मरेको अभिनय’ समेत गरिन्छ।

पितरा निकालेको दिन बेलुकाबाट भोलिपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरी उक्त आकृति मेटाइसक्नुपर्छ। पितरा निकाल्ने दिन ‘मूल भोटे’ले यसको सुरुआत गर्ने अरूले अन्य काममा सहयोग गर्ने गर्दछन्। यो कार्यका लागि माझीकै दुई बालिकालाई पुरोहितका रूपमा पुजिन्छ। यो विधिका क्रममा उनीहरूलाई अन्य समुदायका व्यक्तिले छुन नहुने मान्यता छ।

पर्वका क्रममा मूल भोटेले दुई ‘गुरुङ’को छनोट गरी उनीहरूकै साथमा अन्य मृतात्मालाई बोलाउँदै नदीसम्म जाने र यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दुःखसुखका गीतहरू गाउने प्रचलन छ। बाटो मर्मत र सफा गर्दै पुनः घरमा फर्केर मृतकको के इच्छा छ, त्यो बकाउन तन्त्रमन्त्र गरिन्छ। मृतकको परिवारले चाहेमा मात्र आत्मा बोलाउने गरेको ध्रुवले बताए।

पर्वका दिन र रातभर विभिन्न भजन गाउँदै नाच पनि देखाइन्छ। भोलिपल्ट सबेरै नदीमा लगेर सेलाएपछि विधिअनुसारको तीन दिनको पितरा पर्वको समापन हुन्छ।

यो पर्वमा मरेकाको आत्मा कहिल्यै फर्केर नआओस् र बाँचेकालाई कुनै किसिमको बिघ्नबाधा नपरोस् भन्ने कामना गरिने ध्रुव बताउँछन्। ‘कुनै वर्ष गाउँमा पितरा निकाल्नु परेन भने पनि हामी अझ खुशीसाथ दशैँ मनाउँछौँ। किनकि गाउँमा कसैको नाममा पनि शोकोत्सव मनाउनु परेन भनेर, उनले भने।

Previous Post

यसरी बनाउनुस् स्वादिलाे चिकेन बिरयानी

Next Post

‘पूर्ण बहादुरको सारङ्गी’लाई दर्शककाे अभूतपूर्व साथ, देशभर हाउसफूल

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
‘पूर्ण बहादुरको सारङ्गी’लाई दर्शककाे अभूतपूर्व साथ, देशभर हाउसफूल

‘पूर्ण बहादुरको सारङ्गी’लाई दर्शककाे अभूतपूर्व साथ, देशभर हाउसफूल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In