• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘पूर्ण बहादुरको सारङ्गी’लाई दर्शककाे अभूतपूर्व साथ, देशभर हाउसफूल

by
१९ कार्तिक २०८१,
0
‘पूर्ण बहादुरको सारङ्गी’लाई दर्शककाे अभूतपूर्व साथ, देशभर हाउसफूल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अप्रत्याशित रूपमा दर्शकको मन जितिरहेको छ। बिहीबार लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले यतिबेला चौतर्फी चर्चा पाइरहेको छ।

पहिलो दिनमा उल्लेखनीय दर्शक नपाएको यो चलचित्रले दोस्रो दिनदेखि वर्ड अफ माउथको बलमा उत्कृष्ट प्रतिक्रियापाउन सफल भएको थियो। हाउसफूलको स्थितिमा पुगेपछि अहिले हलहरूले शो थपिरहेका छन्, जसले गर्दा मल्टिप्लेक्सहरूले सुरुका शोभन्दा दोब्बर शो प्रदान गरिरहेका छन्।

यो चलचित्रलाई सुरुमा देशकै ठूला मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं र बाहिर गरेर कूल ३८ शो दिएको थियो। तर, उच्च मागका कारण आज क्यूएफएक्सले काठमाडौंमा ३१ र बाहिर ३३ गरी कूल ६४ शो उपलब्ध गराएको छ। यसका साथै, अन्य हलहरूले पनि सुरुवातमा तीन-तीन शो मात्र दिएका थिए भने अहिले सात शोसम्म थपेका छन्।

‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको अभूतपूर्व साथ पाएसँगै केही हलहरुले मध्यरातसम्म शो राख्नुपरेको र धेरै शोहरू ‘फिलिङ फास्ट’ भएको समेत बताएका छन्। चलचित्रको प्राप्त शोमध्ये सबैको अकुपेन्सी ८० देखि १०० प्रतिशतसम्म देखिन्छ।

मोसन पोस्टर सार्वजनिक भएदेखि नै आमदर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको पहिलो प्रदर्शनमै दर्शकहरू भावविभोर भएर रुँदै हलबाट बाहिरिएको दृश्यले यसको प्रभाव गहिरो रहेको संकेत गर्छ। भने, यसले सफलताले नेपाली चलचित्र क्षेत्रमा सकारात्मक उत्साह ल्याएको दर्शकको ध्यान अझै तान्दै जाने अपेक्षा गरिएको छ।

प्रदर्शनको सुरुवातसँगै निर्माण टिम र चलचित्रका कलाकार दर्शकसँग साक्षात्कार गर्न राजधानीका विभिन्न सिनेमा घर पुगिरहेका छन्। त्यस क्रममा अधिकांश दर्शकहरूलाई चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनीहरूले भन्ने गरेका थिए,- चलचित्रले धरधरी रुवायो १ चलचित्र हेरेर हलबाट निस्कँदै गरेका दर्शकले आँखा भरी आँसु लिएर फिर्किएको देखिन्छ।

सिनेमाको कथावस्तु, कलाकारहरूको दमदार अभिनयले ‘पूर्ण बहादुरको सारङ्गी’लाई नेपाली फिल्म उद्योगमा एउटा प्रभावशाली सिनेमा बन्न सक्ने विश्वास दिलाएको छ।

बाबु-छोराको सम्बन्धलाई विशेष ध्यान दिएको सिनेमाले गन्धर्व समुदायको सांस्कृतिक महत्त्व र अस्तित्व जोगाउन खोज्दा समाजले हेर्ने फरक दृष्टिकोणलाई उजागर गरेको छ। निम्न वर्गका परिवारले माथि उठ्न खोज्दा हुनेखानेहरूले गर्ने व्यवहारलाई पनि सिनेमामा देखाइएको छ। यस विषयमा दर्शकहरूले सामाजिक सञ्जालमा विभिन्न सकारात्मक प्रतिक्रिया दिएका छन्। यस्तै, समीक्षकहरूले सिनेमा सराहना गरेका छन्।

सेभेन सिस सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ।

चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। सिनेमामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा रहेका छन्।

चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ। यो सिनेमालाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो।

Previous Post

माझी समुदायको पितृ सम्झिने पर्व- पितरा

Next Post

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In