• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरपालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी

by
३० अशोज २०८१,
0
घरपालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। कुकुर पाल्दा कर तिर्नु पर्ने देशमध्ये जर्मनी पनि एक हो। गत वर्ष जर्मनीले घरपालुवा कुकुरमा लगाएको करबाट करिब ४२१ मिलियन युरो कमाएको थियो। यसअघि सन् २०२२ मा पनि यो करबाट ४१४ मिलियन युरो संकलन गरिएको थियो।

जर्मनीमा कुकुर पाल्ने चलन कत्तिको लोकप्रिय बन्दै गएको छ भन्ने कुरा पछिल्लो दशकको कर अभिलेखमा देखिन्छ। सन् २०१३ देखि २०२३ सम्म यस करबाट राज्यको आम्दानी ४१ प्रतिशतले बढेको छ।

जर्मन पेट ट्रेड एण्ड इन्डस्ट्री एसोसिएसनले जर्मन घरहरूमा बस्ने कुकुरहरूको कुल संख्या गत वर्षको तुलनामा १० मिलियन भन्दा बढी रहेको अनुमान गरेको छ। यो संख्या यस वर्ष अझै बढ्ने अनुमान गरिएको छ। समाचार एजेन्सी डीपीका अनुसार, जर्मनीको प्रत्येक दोस्रो घरमा औसतमा एउटा घरपालुवा जनावर छ। सबैभन्दा लोकप्रिय घरपालुवा जनावरहरूको सूचीमा कुकुर पहिलो स्थानमा छ।

जर्मनीमा, यदि तपाइँ कुकुर पाल्न चाहनुहुन्छ भने, तपाइँ या त ब्रीडरमा जानु पर्छ वा पशु आश्रयबाट कुकुर अपनाउन सक्नुहुन्छ। धेरैले विदेशबाट पनि कुकुर जर्मनीमा ल्याउँछन्। यसका लागि धेरै कागजी प्रक्रिया पूरा गर्नुपर्छ।

बसेको क्षेत्रको नगरपालिकाले कुकुर पाल्नेमा वार्षिक कर उठाउँछ। यो कर कुकुर पाल्नेमा लगाइन्छ तर बिरालोलाई करको दायरामा आउँदैन। करको रकम एउटै छैन, प्रत्येक नगरपालिकाको आफ्नै शुल्क छ। पेट ट्रेड एण्ड इन्डस्ट्री एसोसिएसनका अनुसार घरमा रहेका कुकुरको संख्या वा कुकुरको नस्लका आधारमा यो शुल्क फरक-फरक रहेको छ।

जर्मन पाल्तु सेवा वेबसाइटहरूमा उपलब्ध जानकारी अनुसार, यदि कुकुरको बच्चा घर ल्याएको तीन महिना भित्र दर्ता गर्नुपर्छ। यदि कुकुर वयस्क छ भने, यसलाई घरमा ल्याएको तीनदेखि चार हप्ताको बीचमा दर्ता गर्न आवश्यक छ। सामान्यतया, दर्ता स्थानीय नगरपालिका कार्यालय वा टाउन हलमा गएर गरिन्छ। केही सहर र नगरपालिकाहरूमा अनलाइन दर्ता सुविधा पनि उपलब्ध छ।

यदि तपाइँसँग कुकुर छ र यसलाई दर्ता गरिएन भने र कर तिरिएन भने यसलाई अपराध मानिन्छ। कुकुरलाई कर कार्यालयमा दर्ता गर्ने बित्तिकै ‘कुकुर ट्याग’ दिइन्छ। कुकुरको ट्याग त्यसको घर वा बाडिएको परिसर बाहिर हुँदा देखिने ठाउँमा राख्नुपर्ने व्यवस्था छ।

नयाँ ठाउँमा सर्ने वा कुनै कारणले दर्ता भएको कुकुर साथमा नभएमा सम्बन्धित विभागलाई जानकारी गराउनु पर्ने नियम छ। ‘वेलकम सेन्टर जर्मनी’ का अनुसार कुकुर बेपत्ता भएमा वा मरेको अवस्थामा पनि विभागलाई जानकारी दिनुपर्नेछ। करबाट प्राप्त रकम विशेष घरपालुवा जनावरहरूसँग सम्बन्धित सेवाहरूमा खर्च गर्नु आवश्यक छैन। नगरपालिका सामुदायिक सेवा जस्ता विभिन्न वस्तुहरूमा खर्च गर्न सक्छ।

कुकुरलाई किन लगाइन्छ कर?

बाहिर हिंड्नु कुकुरहरूको प्राकृतिक दिनचर्याको भाग हो। तिनीहरू बिरालाहरू जस्तै घरको फोहोर बक्समा दिसा गर्दैनन्। सामान्यतया मानिसहरूले कुकुरहरूलाई बिहान र साँझ घुम्न बाहिर लैजान्छन्, जहाँ तिनीहरूले दिसा गर्छन्। जर्मनीमा सडकको छेउमा, नदीहरू नजिक वा पार्कहरूमा विशेष डस्टबिनहरू राखिन्छन्। त्यसमा झोला राखिन्छ, जसको प्रयोग गरेर कुकुरको मललाई डस्टबिनमा हाल्न सकिन्छ।

यसो गरिएन भने पार्क र सडक सफा रहनेछैन। यो सरसफाई प्रणाली कायम गर्न नगरपालिका करबाट क्षतिपूर्ति दिन्छ। साथै, जर्मनीमा कुकुरहरू सामान्यतया घरपालुवा जनावर हुन्। तिनीहरू घर वा आश्रय गृहहरूमा बस्छन्, जहाँबाट मानिसहरूले तिनीहरूलाई अपनाउन सक्छन्। जसका कारण सडकमा आवारा कुकुरको चहलपहल छैन। प्राप्त करले प्रशासनलाई कुकुरको संख्या नियन्त्रण गर्न पनि मद्दत गर्छ।

यस करमा केही अपवाद र छुटको पनि व्यवस्था छ। विशेष आवश्यकता भएका व्यक्तिहरू जस्तै सेवा वा गाईड कुकुरहरूले दृष्टिविहीनहरूलाई मद्दत गर्न पाल्ने, प्रहरी र लागूऔषध विभागका कुकुरहरू र थेरापी कुकुरहरूमा कर रकम घटाउन वा छुट दिइएको छ। तर, यसका लागि उचित अभिलेख पेश गर्नुपर्ने हुन्छ। रिपोर्टहरू अनुसार, केही नगरपालिकाहरूले पशु आश्रयबाट कुकुर पाल्छन् भने कर छुट दिने गरेका छन्।

Previous Post

माल्दिभ्समा मन्त्रीसहित २२५ राजनीतिक नियुक्ति खारेज

Next Post

जान्नुहोस् २५ देखि ३० वर्षको उमेरमा तौल कति हुनुपर्छ ?

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
जान्नुहोस् २५ देखि ३० वर्षको उमेरमा तौल कति हुनुपर्छ ?

जान्नुहोस् २५ देखि ३० वर्षको उमेरमा तौल कति हुनुपर्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In