काठमाडौं । उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार दश दिने चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली बुधबार नेपाल फर्किने भएको छ । सहकारी प्रकरणमा रास्वपा सभापति लामिछाने पक्राउ पर्ने संकेतपछि सोमबार नै नेपाल फर्किने तयारी गरेका रास्वापाको चीन भ्रमणमा गएको टिम टिकट नपाएपछि त्तत्काल नेपाल फर्कन नसकेक रास्वपा सह प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा ७ जना सांसद र ७ जना गैरसांसदसहित १४ जनाको टोली शनिबार राति चिन प्रस्थान गरेको थियो । उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए ।
सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै जीबी राई, रास्वपा सभापति रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सोही प्रतिवेदन अनुसार कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आग्रह गरेकै दिन आइतबार छविलाल पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत कास्कीले सोमबार ५ दिन थुनामै राखेर अनुसन्धान जारी राखेको छ ।













