• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

    पिरोमा ‘गुलियो’ खुसी

    पिरोमा ‘गुलियो’ खुसी

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म

by
८ अशोज २०८१,
0
गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुल्मी । गुल्मीका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुन तेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ ।

वर्षाताका समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जङ्गल र पाखामा निहुरो टिपेर बित्ने गर्छ । जिल्लाको पश्चिमी भेगका जङ्गल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ । दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका विपन्न परिवार वर्षौँदेखि यो पेसा गर्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुरो दोस्रो दिन बिहानै बिक्रीका लागि सदरमुकाम तम्घाससम्म आउने गर्दछन् ।

गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङदीलगायत जङ्गलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर्जनमा राम्रै सहयोग पुर्याएको छ । जङ्गलबाट टिपेर ल्याएका चिजको गाउँमा खासै महत्त्व नहुने भएका कारण उनीहरूले टिपेको निहुरो डोकोमा बोकेर बिक्री गर्न सदरमुकाम तम्घाससम्म ल्याउने गर्छन् । उत्पादन गर्न कुनै लगानी नलाग्ने भएका कारण जङ्गलमा एक दिन गरेको मेहनतका कारण राम्रो आम्दानी गरिरहेका छन् ।

उनीहरूले जङ्गलबाट टिपेर ल्याएको निहुरोलाई स–साना मुठा बनाएर बिक्रीका लागि बजारसम्म पुर्याउँछन् । एउटा डोकामा एक सय ५० मुठासम्म अटाउँछन् । यसरी एउटा मुठाको मूल्य सदरमुकाम तम्घाससम्म ल्याइपुर्याउँदा साना मुठाको रु ३० देखि ठूला मुठाको रु ५० सम्ममा बिक्री गर्ने गरेको गुल्मी धुर्कोट गाउँपालिका–५ कीे चन्द्रकली कुमाल बताउँछिन् । “दिनभर जङ्गलमा जानुपर्यो, पानी परेका बेलामा पनि रुझ्दै टिप्नु पर्छ, जङ्गलमा जुका लागेर हैरान हुन्छ, जङ्गलमा सित्तै भेटिन्छ भनेर के गर्नु दुःख त कति छ कति”, उनले भनिन्।

चन्द्रकलीमात्र होइन, उनीजस्तै जङ्गलबाट टिपेर ल्याएको निहुरो बोकेर सदरमुकाम आइपुगेकी मीना राना आफूले ल्याएको निहुरो बिक्री गरेर घर फर्कँदा नुनतेल र साबुन किनेर लैजाने बताउँछिन् । उनले भने “घर खर्च चलाउन ठुलो राहत पुगेको छ ।” बर्खाको समयमा जङ्गलदेखि दुई दिनको समय खर्चेर सदरमुकामसम्म ल्याइपुर्याउन त्यति सहज भने छैन । तर पनि उनीहरूजस्तै अन्य व्यक्ति असारबाट भदौ अन्तिम सातासम्म यसरी जङ्गलबाट टिपेर ल्याएको तरकारीको डोको बोकेर सदरमुकामको बजारसम्म आइपुग्छन् ।

गुल्मीको निहुरो सदरमुकाम तम्घासमात्र होइन, अर्घाखाँचीदेखि बुटवलका बजारका तरकारी पसलसम्म पुग्ने गर्दछ । यहाँको निहुरोको बजारमा राम्रो माग छ । विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका उपभोक्ताका लागि पहाडको लेकबाट टिपेर ल्याएको अग्र्यानिक निहुरो खोजीखोजी लैजाने गर्दछन् । यसबाट अचार, तरकारी र चुकौनीलगायत परिकार बनाउन सकिने र निकै स्वादिलो हुने भएका कारण बजारमा यस्ता तरकारीको माग हुने गरेको छ ।

निहुरो बिक्री गरेर यस क्षेत्रका विपन्न परिवारले याममा एक जनाले रु २० देखि ३० हजारसम्म आम्दानी गर्छन । सधैँभरि उस्तै प्रकारको तरकारी खाएर हैरानी परेकालाई नयाँ स्वाद लिन चाख्न निहुरो निकै मन पराउँछन् । आजभोलि कोसेलीका रूपमा समेत निहुरो बढी मात्रमा बुटवलदेखि काठमाडौँसम्म पठाउने गरिन्छ ।

Previous Post

चीन भ्रमण नै नगरी रास्वपाको टोली भोली नेपाल फर्कदैँ

Next Post

जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

सम्बन्धित खबर

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आवाज

अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

१८ असार २०८३,
पिरोमा ‘गुलियो’ खुसी
आवाज

पिरोमा ‘गुलियो’ खुसी

१८ असार २०८३,
ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
आवाज

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

१८ असार २०८३,
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
आवाज

फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
आवाज

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

१८ असार २०८३,
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
समाचार

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

१८ असार २०८३,
Load More
Next Post
जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In