हिन्दू धर्मका अनुसार तुलसीको बोटले दिन्छ सङ्कटबारे जानकारी !
हिन्दूधर्म दर्शनले तुलसीलाई निकै महत्वपूर्ण वनस्पतीको रुपमा लिएको छ । तुलसीले सबैभन्दा धेरै अक्सिजन फाल्ने हुनाले वैज्ञानिकहरुले समेत तुलसीको प्रयोगले मानिसलाई फाइदा पु¥याउने बताएका छन् ।
हिन्दू धर्मका अनुसार घरमा तुलसी हुनु एकदमै राम्रो मानेको छ । तुलसी धार्मिक तथा औषधीय गुणले फाइदा पु¥याउनुको साथै यसले घरको अवस्था बारेसमेत जानकारी दिने गर्छ । तुलसी रोपेको घर, परिवार या कुनै व्यक्तिमाथि कुनै पनि सङ्कट आउन लागेको छ भने त्यसको सबैभन्दा पहिलो असर घरमा रोपिएको तुलसीको बोटमा पर्न जान्छ । तुलसीको बोटमा आएको परिवर्तनले पारिवारिक वा व्यक्तिगत जीवनमा केही समस्या आउने नआउने विषयबारे जानकारी हुनसक्छ ।
पुराण तथा शास्त्रका अनुसार
– जुन घरमा समस्या उत्पन्न हुनेवाला छ त्यस घरमा सबैभन्दा पहिला लक्ष्मी अर्थात् तुलसी ओइलाउने छ, वा उग्लनेछ ।
– तुलसीमा कालो दागहरु देखा पर्दासमेत पारिवारिक सङ्कट आउने सङ्केत हुने जनाइन्छ ।
– बुधको प्रभाव हरियो रङमा हुन्छ र बुधलाई रुख विरुवाको कारक ग्रह मानिएको छ । यदी कुनै ग्रहले अशुभ फल दिन्छ भने त्यसको अशुभ प्रभाव बुधको कारक वस्तुहरुमा पर्ने छ ।
– यदी कुनै ग्रहले शुभ फल दिन्छ भने त्यसको शुभ प्रभाव तुलसी तथा हरिया रुख विरुवा पर्ने हुँदा तिनीहरु बढ्दै जान्छन् भने बुधको प्रभावमा फल फूलमा पात तथा फल लाग्न जान्छ ।













