• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुरुङमा मृत भेटिएका केसीको हत्या आरोपमा चार जना पक्राउ

by
१९ पुस २०८०,
0
सुरुङमा मृत भेटिएका केसीको हत्या आरोपमा चार जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ– दाङको कोइलाखानीस्थित सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। बुधबार प्रहरीले ४ आरोपीलाई पक्राउ गरेको हो।

घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी शुक्रबार बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका थिए।

बंगलाचुली गाउँपालिका–४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कुँवर, दीपाका भाइ २९ वर्षीय तिलक पुन र भरुवा बन्दुक उपलव्ध गराउने मेघराज कुँवर रहेका छन्।

प्रारम्भिक अनुसन्धानबाट मृतक केसीको दीपासँग अनैतिक सम्बन्धका कारण हत्या भएको खुल्न आएको छ। पुस ८ गते शिवराज र दीपा बंगलाचुलीको गदारी भन्ने स्थानमा गएका थिए। तर बेलुका दीपा मात्रै घर फर्किइन्। शिवराज घर नफर्किएपछि उनका आफन्तले दीपासँग सोधपुछ गरेका थिए। दीपाले आफूलाई जानकारी नभएको जवाफ दिइन्।

त्यसपछि १० गते शिवराजका दाइ डम्बर केसीले खोजतलासका लागि प्रहरीमा निवेदन दिए। दीपाले १३ गते छोराछोरी लिएर भारत जाने तयारी गरिन्। त्यसलगत्तै डम्बरले दीपाले नै केसीलाई लुकाएर राखेको भन्दै पुनः प्रहरीमा निवेदन दिए। प्रहरीले खोजतलास गर्दै जाँदा पुस १२ गते भुमेबरा सामुदायिक वनको रुकधने कोइला खानीमा शिवराजको शव फेला पर्यो।

मृतक केसीका साला नाता पर्ने शिवराज वलीले किटानी जाहेरी दिएपछि दीपा, उनका श्रीमान शेरबहादुर र दीपाका भाइ तिलक पुन मगरलाई १५ गते दाङको अमिलिया जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भरुवा बन्दुकको प्रयोग गरी केसीको हत्या भएको प्रहरीको भनाई छ।

प्रहरीले १५ गते स्थानीय मेघराज कुँवरको घरबाट एक नाल बन्दुक, बन्दुकमा प्रयोग हुने १०८ थान छर्रा, दुई थान गोली, लाम्चो आकारका ३९ थान गोली, बारुद ७५ ग्राम, केप ५ थान र हरियो कपडाको लत्ता एक थान बरामद गरेको थियो। हातहतिरयारसहित मेघराजलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

प्रश्नपत्र आउट गर्ने एमयूका परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

Next Post

बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In