काठमाडौं । निर्वाचन आयोगले चुनावको सबै तयारी सकिएको जानकारी दिएको छ ।
मौनअवधि शुरु हुनुपूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै आयोगले चुनावको सबै तयारी सकिएको जानकारी दिएको हो । आयोगका अनुसार यसपालिको चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएका छन् ।
चुनावका लागि १० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्र निर्धारण गरिएको छ । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।













