• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अन्नपूर्ण नर्थः धेरै नपुगेको एउटा गन्तब्य

by
२८ मंसिर २०८०,
0
अन्नपूर्ण नर्थः धेरै नपुगेको एउटा गन्तब्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आरोहण गरेका थिए। अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेको थियो । हर्जोगले अन्नपूर्ण नर्थ ९उत्तरी० आधार शिविरबाट आरोहण शुरु गरेका थिए ।

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्ला समेटेको अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको भूगोलमा पर्छ । हर्जोगले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो पटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । हर्गोजको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भएको हो । विश्वमा हिमाल आरोहणको इतिहाससँग जोडिएको म्याग्दीको अन्नपूर्ण आधार शिविर पूर्वाधारको पर्खाइमा छन् ।

कास्कीको एबिसी क्याम्पलाई अन्नपूर्ण आधार शिविर बुझ्ने र त्यही अनुसारको प्रचार गरिनु पनि नर्थ अन्नपूर्ण आधार शिविर गुमनाम हुनुको कारण रहेको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुुमार पुनले बताए । उनका अनुुसार खोज अनुसन्धान, पुर्वाधार र प्रचारप्रसारको कमीले ऐतिहासिक अन्नपूर्ण आधार शिविर ओझेलमा परेको हो । ‘सत्तरी वर्षअघि हर्जोगले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उनले प्रयोग गरेको पदमार्गको अहिले पहिचान भएको छ,’ अध्यक्ष पुनले भने ‘प्रकृतिको वरदान मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरलाई व्यवस्थित गरेर पर्यटक भित्र्याउन पहल थालेका छौ ।’

पर्यटनविद् रामहरि लामिछाने अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्य, ऐतिहासिक, धार्मिक र पर्यटकीय विशेषताको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणको काम एकैसाथ गर्नुपर्ने बताउछन् । नारच्याङदेखि हुमखोलासम्म सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको पदमार्ग तयार भएको छ । पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापन आवश्यकता देखिएको लामिछानेले बताए ।

नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । पदमार्गको प्रचारप्रसार गर्न प्रवेशबिन्दुमा पर्ने नारच्याङमा २०७७ सालमा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्वस आयोजना गरेको थियो ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तब्य भएको मौरिस हर्गोज पदमार्गका अभियन्ता गुरुङले बताए।

‘हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै पदमार्ग तयार गरेका छौँ, उनले भने, ‘अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को सहयोगमा छोटेपा, हुमखोला, सम्धिखर्क, गुफाँफाँट, भुसकेत र आधार शिविरमा बीसरबीस जना क्षमताको आश्रयस्थल बनाइएको छ । पर्यटकको चाप बढेकाले आश्रयस्थल साँघुरो र असहज बनेको छ ।

वस्तीदेखि टाढा, होटल तथा लजको सुविधा नभएकाले आश्रय स्थलमा बस्ने गरेका छन् । खानेकुरा तयारी गरेर लैजानुपर्छ । चिसोका कारण पर्यटक बिरामी पर्ने जोखिम हुन्छ । केही दिनअघि अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका नेपाल सरकारका पूर्वमुख्य सचिव डा सोमलाल सुवेदीले आश्रयस्थलको क्षमता विस्तारसँगै खाने, बस्ने सुविधाका लागि होटल तथा लज बनाउनुपर्ने सुझाव दिए ।

‘छिनछिनमा हुने मौसम परिवर्तन, विविधतायुक्त भूगोल र हावापानीसँगै आधार शिविरमा रहेको पञ्चकुण्ड तालले यात्राको दुःख भुलायो,’ उनले यात्राको अनुभव सुनाए ‘छोटो यात्रा गरेर पुगिने नजिकको आधार शिविर हुनुले पनि यसको महत्व र सम्भावना धेरै छ । एकिकृत योजना बनाएर पूर्वाधार विस्तार गर्नुपर्छ ।’

पछिल्लो पाँच वर्षयता मौरिस हर्गोज पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले दुई करोड ८० लाख रुपैयाँ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले ४० लाख रुपैयाँभन्दा बढी लगानी गरेका छन् । पदमार्ग निर्माण हुनुअघि मुस्ताङको ताक्लुङ हुँदै जङ्गल, भिर, पहराको जोखिमयुक्त बाटोमा करिब एक हप्ता पैदल हिँडेर अन्नपूर्ण आधार शिविर पुग्नुपर्दथ्यो ।

गत वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँच वटा समूहका ५४ जनाले एक करोड चार लाख २६ हजार ४१० रुपैयाँ शुल्क तिरेको पर्यटन विभागको अभिलेखमा उल्लेख छ । शरद यामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका थिएनन् ।

गत कात्तिक महिनामा आन्तरिक पर्यटकहरु दैनिकजसो अन्नपूर्ण आधार शिविर पुगेका थिए । मंसिर महिनामा पनि दैनिकजसो पाँचदेखि १० जनाको अनुपातमा पर्यटक त्यहाँ गइरहेका वडा सदस्य भीम शेरपुुञ्जाले बताए । आधार शिविर जाने पर्यटकहरुको अभिलेख राख्ने गरिएको छैन् ।

हेलिकप्टरमार्फत सिधै आधार शिविर जाने पर्वतारोहीहरुलाई पदमार्गबाट जाने वातावरण बनाउन पर्यटन व्यससायीहरुसँग पहल गरिएको वडा सदस्य शेरपुञ्जाले बताए । पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तीका सामान भरियाले लैजान सजिलो र सस्तो हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले पदमार्गको नक्सा तयार पारेको छ । नारच्याङको बेसी गाउँदेखि छोटेपा हुँदै हुुमखोलासम्म निलगिरि जलविद्युत् आयोजनाले बनाएको सडक प्रयोग हुन्छ । हुमखोलादेखि एक दिनमा भुसकेत र अर्को दिन तीन घण्टा हिडेर आधार शिविर पुग्न सकिन्छ ।

फराकिलो फाँट भएकाले दुर्घटनाको जोखिम कम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुुद्धबहादुुर गुुरुङले बताए । केही दिनअघि आधार शिविर पुगेर फर्किएका राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व सदस्यसचिव समेत रहेका गुरुङले हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण भएको बताए।

समुद्री सतहदेखि चार हजार ३०५ मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदीमा निलो रङ्ग र गोलो आकारको तलाउ छ । सुख्खा र उजाड पहाडको बीचमा रहेको तालमा हिमालको छायाँ हेर्न सकिन्छ । चिसो याममा तालको पानी जमेको छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ ।

यो ताल करिब एक किलोमिटर लम्बाई र पाँच सय मिटर चौडाइमा फैलिएको छ । अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको हो । रक्त, दुग्ध, ताम्र, शुद्ध, स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल छन् । तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाउने आन्तरिक पर्यटक सुकबहादुुर गर्बुजाले बताए। ताल र हिमाल हेरेपछि पदयात्राको दुःख कष्ट भुलाएको उनले सुनाए । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिव मन्दिर र वौद्ध गुम्बा समेत निर्माण गरिएको छ ।

ताल नजिकैको काग भुसुन्डे डाडाको बारेमा हिन्दुु धर्मग्रन्थ रामायणमा उल्लेख छ । रामायणमा कागभुसुन्डी नाम गरेका ऋषिले निलगिरि हिमालको फेदीको डाडामा ध्यान गरेको उल्लेख भएकाले यसको धार्मिक महत्व रहेको बताइएको छ ।

अन्नपूूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अन्नपूर्ण आधार शिविर र मौसिज हर्गोज पदमार्गको एकिकृत विकासका लागि गुुरुयोजना निर्माणको काम शुरु भएको जानकारी दिए। आधार शिविर र पदमार्गमा पुर्वाधार विस्तारसँगै प्रर्वद्धनका लागि गुुरुयोजना बनाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गुरुयोजना तयार पारेर गाउँपालिका, सङ्घीय र प्रदेश सरकारले साझेदारी गरेर पुर्वाधार विस्तारको काम गर्ने लक्ष्य राखिएको छ ।

आधार शिविरको पर्यटन प्रर्वद्धनका लागि १० लाख रुपैयाँ विनियोजन भएको छ । मौरिस हर्गोज पदमार्गलाई नै लक्षित गरेर पर्यटक गाइड तालिम सञ्चालन गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए । यसै आर्थिक वर्षमा भुुसकेत र आधार शिविरमा सामुुदायिक लज सञ्चालनका लागि भवन बनाउने तयारी गरेको गाउँपालिकाले जनाएको छ । बाँसबोटमा पर्यटकको अभिलेख राख्ने र पदयात्रीलाई सहयोग गर्न पर्यटक सूचना केन्द्र स्थापना गर्न लागिएको छ ।

यसैगरी अन्नपूूर्ण गाउँपालिकाले हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित अन्नपूूर्ण हिमालको रोयल्टी दाबी गरेको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अन्नपूर्ण हिमालको रोयल्टी पाउनुपर्ने दाबी पेश गरिएको जानकारी दिए । ‘म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने अन्नपूर्ण हिमालको रोयल्टी कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाले मात्र पाउने गरेको छ,’ उनले भने ‘म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्नै भूगोलमा भएको हिमालको रोयल्टीबाट बञ्चित भएकाले तथ्यसहित दाबी पेश गरिएको हो ।’

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिमाललगायत प्राकृतिक स्रोतबाट प्राप्त हुने सलामी दस्तुरलाई तीन तहको सरकारलाई बाँडफाट गर्दै आएको छ । १३ वर्षअघि अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको भूगोलमा पर्ने तथ्य पहिचान भएपछि तत्कालीन जिल्ला विकास समितिको सभाले पनि रोयल्टी माग गरे पनि सम्बोधन भएको थिएन् ।

पछिल्लोपटक अन्नपूर्ण गाउँपालिकाले रोयल्टीको दाबी गरेपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलसहितको टोलीले स्थलगत अध्ययन गरेको छ । ‘राज्य पुनःसंरचनाका क्रममा जिल्ला तहबाट भएको सिफारिस अनुसार यो गाउँपालिकाको नामकरण अन्नपूर्ण हिमालबाट भएको थियो,’ अध्यक्ष पौडेलले भने ‘राज्यका निकायहरुबाट प्राप्त तथ्याङ्क हरुको आधारमा रोयल्टीको बाँडफाँट हुने गर्छ । हामीले प्रयोग गरेका तथ्याङ्कमा समस्या रहेछ भने त्यसलाई सच्चाउन सकिन्छ ।’

Previous Post

सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्न आजदेखि काठमाडौंमा ५० नगर प्रहरी परिचालन हुने

Next Post

जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित

सम्बन्धित खबर

घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
Load More
Next Post
जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित

जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In