• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले सरकारको नेतृत्व नगर्ने, हुन मानेटलाई उत्तराधिकारी बनाइने

by
११ साउन २०८०,
0
कम्बोडियाका प्रधानमन्त्री हुन सेनले सरकारको नेतृत्व नगर्ने, हुन मानेटलाई उत्तराधिकारी बनाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कम्बोडिया । कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले दक्षिणपूर्वी एसियाली राष्ट्रमा ३८ वर्षभन्दा बढी समय सेवा गरेपछि अगस्ट २२ देखि कार्यकारी प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् ।

बुधबार उनले आफ्नो जेठो छोरा हुन मानेटलाई सत्ताको बागडोर सुम्पिने पनि बताएका छन् ।

कम्बोडियाको राज्य नियन्त्रित टेलिभिजन ९टिभीके० मा सम्बोधन गर्दै उनले भने, “हुन मानेट तीन साताभन्दा बढी समयभित्रै प्रधानमन्त्री बन्नुहुनेछ ।” नेता हुन सेनले प्रसङ्गलाई जोड्दै भने, “कम्बोडियाका राजा नोरोडोम सिहामोनीको नेतृत्वमा पहिलो पटक अगस्ट २१ मा राष्ट्रिय सभाको बैठक बस्ने र हुन मानेटको नेतृत्वमा पाँच वर्षे कार्यकालको नयाँ सरकारले अगस्ट २२ मा शपथ लिनेछ ।”

मुलुकको शान्ति र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्न आगामी शक्ति सङ्क्रमणलाई निरन्तरता दिने बताउँदै उनले नयाँ मन्त्रिमण्डलमा युवा र गतिशील नेताहरू रहने बताए ।

प्रधानमन्त्री हुन सेनले आफू सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी ९सीपीपी० को अध्यक्ष रहेकाले राजनीतिक शक्ति आफ्नो हातमा रहने बताएका छन् । यद्यपि, उनले नयाँ सरकारको नेतृत्वमा हस्तक्षेप नगर्ने बताएका छन् ।
आगामी फेब्रुअरी २५ मा हुने सिनेट निर्वाचनपछि ७० वर्षीय हुन सेनले सिनेटको अध्यक्षको पद सम्हाल्ने बताएका छन् । सन् २०२३÷०२८ को नयाँ कार्यकालका लागि १२५ सदस्यीय राष्ट्रिय सभाका लागि आइतबार भएको सातौँ आमनिर्वाचनमा सीपीपीले शानदार जित हासिल गरेपछि उनले कम्बोडियाको सरकार र आगामी राजनीतिक यात्राबारे सार्वजनिकरूपमा आफ्नो भनाइ राखेका छन् ।

राष्ट्रिय निर्वाचन समिति ९एनईसी० ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार सीपीपीले ७७ लाख ७० हजार मतको ८२।३ प्रतिशत अर्थात् करिब ६४ लाख मत प्राप्त गरेको छ भने प्रिन्स नोरोडोम चक्रवुथको नेतृत्वमा रहेको फनसिनपेक पार्टीले सात लाख १६ हजार ४४३ मत अर्थात् कुल वैध मतको नौ दशमलव २२ प्रतिशत मत प्राप्त गरेको छ ।

निर्वाचनमा पाएको मतका आधारमा सीपीपीले १२० संसदीय सिट जितेको छ भने फनसिन्पेकले बाँकी पाँच सिट जितेको छ ।

Previous Post

खुल्ला चिडियाखाना ‘हाइकिङ’सँग जोडिँदै

Next Post

रत्नमन्दिरको भित्री संरचना हेर्न कहिले पाइन्छ ?

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
रत्नमन्दिरको भित्री संरचना हेर्न कहिले पाइन्छ ?

रत्नमन्दिरको भित्री संरचना हेर्न कहिले पाइन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In