“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपालीजनताको घरदैलोमाविगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवाप्रदानगर्दै आएको यस महालक्ष्मीविकास बैंक लिमिटेडकाशाखाहरुद्वारा आर्थिक बर्ष २०७९÷८० मासंस्थागत सामाजिकउत्तरदायित्वअन्तरर्गत विद्यालयहरु, स्वास्थ्यप्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथाआश्रमहरुलाई निम्नलिखितकासहयोगकाकार्यक्रमहरु सम्पन्नभएकाछन् ।
१. हाकिमचोक शाखाद्वारा गैडाकोट नगरपालिकावडा नं ३ माअवस्थितभुजेल गाँउकाअतिविपन्न घरधुरीकालागिनिर्मित ३५ वटाशौचालयको रंङ्गरोगनएवं सन्देशमुलक स्वास्थ्यतथा सरसफाई सम्बन्धी सन्देश लेखाइकानिमित्त रोटरी क्लबअफ गैडाकोटलाई रु.दुई लाखपचास हजार बराबरको आर्थिक सहयोग प्रदानगरिएको छ ।
२. नेपालगंजशाखाद्वारा कोहलपुर नगरपालिकावडा नं ०९ माअवस्थितनिर्धन उत्थान सन्जिवनी स्वास्थ्यप्रतिष्ठानलाई स्वास्थ्य परिक्षणकालागिआवश्यक Ebra Mannheim, CHEM – 5v3 Semi Automated Biochemistry Analyzer मेसिन हस्तान्तरण गरिएको छ ।
३. साँफे शाखाद्वाराबान्नीगढीजयगढगाँउपालिकावडा नं ०१ गाँज्रामाअवस्थितश्री राष्ट्रभाषामाध्यमिकविद्यालयलाई पर्खाल तथा खेल मैदाननिर्माण र प्रभावकारी कक्षा सञ्चालनकालागि रु.एक लाखपचास हजार बराबरको आर्थिक सहयोग प्रदानगरिएको छ ।
४. विराटनगर शाखाद्वारा विराटनगर नगरपालिकावडा नं ८ माअवस्थितविराटेश्वर वृद्घाश्रम सेवा समितिलाई सभाहलनिर्माणकानिमित्त रु. पचास हजार बराबरको आर्थिक सहयोग प्रदानगरिएको छ ।
५. सुर्खेत शाखाद्वारा बिरेन्द«नगर नगरपालिकावडा नं १२ माअवस्थितमानवसेवाआश्रमलाई खाद्यान्न, फलफुल, तरकारी तथा दैनिकअत्यावश्यक सामाग्रीप्रदानगरिएको छ ।
६. बाँसगढीशाखाद्वारा बाँसगढीनगरपालिकावडा नं ०५ माअवस्थितश्री नेपाल राष्ट्रियमाध्यमिकविद्यालयमाअध्ययनरत दृष्टिविहिनविद्यार्थीहरुकालागिआवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
७. चैनपुर शाखाद्वारा जयपृथ्वीनगरपालिकावडा नं ११, दैकुमालामाअवस्थितश्री नीलकट्टीमाध्यमिकविद्यालयलाई तीस थानकुर्सी प्रदानगरिएको छ ।
८. भैरहवाशाखाद्वारा सिद्घार्थनगर नगरपलिकावडा नं ०२ मेउडिहवामाअवस्थितश्री मेउडिहवाआधारभूतविद्यालयमा साइकलपार्किङ्ग स्थलनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
९. लाहानशाखाद्वारा लाहाननगरपालिकावडा नं १४, बस्तीपुरमा अवस्थितश्री आधारभूतविद्यालय बस्तीपुरमाअध्ययनरत विद्यार्थीहरुकालागिविद्यालयपोसाक तथाआवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
१०. भाटभटेनी र तीनचुलीशाखाद्वारा काठमाडौं महानगरपालिकावडा नं ०४, बालुवाटारमाअवस्थित महेन्द« राष्ट्रियमाध्यमिकविद्यालयलमाप्रारम्भिकबालकक्षामाअध्ययनरत विद्यार्थीहरुको शैक्षिकगुणस्तर अभिवृद्घि गर्न र अध्यापनलाई प्रविधि मैत्रीबनाउनविद्यालयलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको छ ।
११. बैकको केन्दि«यकार्यालयले पुल्चोक क्याम्पस (इन्स्टीच्युटअफइन्जिनियरिङ्ग),पुल्चोक ललितपुरलाई कम्बोडियामाआयोजित ABU Asia – Pacific Robot Contest (ABU Robocon) कार्यक्रममा सहभागिताजनाउनकालागि रु.एक लाख बराबरको आर्थिक सहयोग प्रदानगरिएको छ ।
१२. कोटेश्वर शाखाद्वारा प्रहरी प्रभाग कोटेश्वरलाई काठमाडौं महानगरपालिकावडा नं ३२, कोटेश्वरको सार्वजनिक सुरक्षा, अमनचयनकायम राख्न, सम्भावितअपराधको रोकथाम, नियन्त्रणतथा अनुसन्धानगर्ने कार्यमाखटिने प्रहरीलाई शुद्घ पानीको व्यवस्थापनलागीवाटर फिल्टर र बाह्र थानकुर्सी हस्तान्त।ण गरेको छ ।
१३. धनगढीशाखाद्वारा जिल्लाप्रहरी कार्यालय, कैलालीलाई धनगढीको सार्वजनिक सुरक्षा, अमनचयनकायम राख्न, सम्भावितअपराधको रोकथामतथानियन्त्रणगर्न जडानगरिएका सि.सि.क्यामराहरु बिग्रिएकाले उक्तक्यामराहरुको मर्मत कार्य लागिआर्थिक सहयोग प्रदानगरिएको छ ।
१४. मैतिदेवीशाखाद्वारा सृजनशीलअपाङ्गआवाज नेपालमा बस्ने बाह्र जनाअपाङ्गताभएकामहिलाहरुको दैनिकआवश्यकताहरु पुरा गर्नका लागिउक्त संस्थालाई रु.पच्चिस हजार बराबरको आर्थिक सहयोग प्रदानगरिएको छ ।
१५. चिप्लेढुङ्गाशाखाद्वारा पोखरा महानगरपालिकावडा नं ०४ माअवस्थितश्री नविनमाध्यमिकविद्यालयलाई पाँचथानवाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ ।
१६. लेकसाइडशाखाद्वारा पोखरा महानगरपालिकावडा नं ०८ को फोहोर व्यवस्थापनगर्नका लागिप्रतिभामार्ग टोल विकास संस्थालाई चालिस थानडष्टविन हस्तान्तरण गरिएको छ ।
१७. कालिमाटीशाखाद्वारा चन्द«ागिरी नगरपालिका, कीर्तिपुरमाअवस्थितश्री बालकल्याणविद्यालयमाअध्ययनरत विद्यार्थीहरुकालागिविद्यालयपोसाक तथाआवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
१८. भक्तपुर शाखाद्वारा चाँगुनारायणनगरपालिकावडा नं २, झाँखेल भक्तपुरमाअवस्थितश्री आजादमाध्यमिकविद्यालयमाअध्ययनरत विद्यार्थीहरुकालागिविद्यालयझोलातथाआवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
१९. खुरखुरेशाखाद्वारा राप्तीनगरपालिकावडा नं ०७माअवस्थितवीरेन्द« आदर्श माध्यमिकविद्यालयलाई विद्यालयको पुस्तकालयप्रायोजनार्थ एक थानकम्पुटर तथाप्रिन्टर प्रदानगरिएको छ ।
२०. दमकशाखाद्वारा कलमगाँउपालिकावडा नं ७, झर्काहाझापामाअवस्थितश्री अरनिको प्राथामिकविद्यालयमाअध्ययनरत विद्यार्थीहरुकालागिविद्यालयझोलातथाआवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
२१. महाराजगंजशाखाद्वारा टोखानगरपालिकावडा नं ७काठमाडौंमाअवस्थितश्री शुभश्री बैकल्पिकमहिलाविद्यालयलाई वाटर डिस्पेन्सर तथाविद्यालयमाअध्ययनरत विद्यार्थीहरुकालागिआवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
२२. सानोभ¥याङ्गशाखाद्वारा काठमाडौं महानगरपालिकावडा नं १५, स्वयम्भुमाअवस्थितश्री ईश्वर आधारभुतविद्यालयकालागि दराज, तथाविद्यालयमाअध्ययनरत विद्यार्थीहरुकालागिविद्यालयपोसाक र शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
२३. बेलौरी शाखाद्वारा बेलौरी नगर खेलकुद समितिलाई खेलकुद सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
२४. अमरपथशाखाद्वारा मुक्तिनाथधाममन्दिरलाईडष्टविनतथाभ्याक्युमक्लिनर प्रदानगरिएको छ ।
२५. चरिकोट शाखाद्वारा कालिञ्चोक माध्यमिकविद्यालय, चरिकोटलाई विद्यालयमाअध्ययनरत विद्यार्थीहरुको अध्ययन साथसाथै चौतर्फी विकासमामद्दत पु¥याउने उद्देश्यले खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।
२६. बिर्तामोड शाखाद्वारा शिवसताक्षीनगरपालिकावडा नं १०, साईधार झापामाअवस्थितदित्यपथमहिला सरोकार समाजलाई संस्थाले सञ्चालनमाल्याएको श्री सरस्वतीकन्या गुरुकुलमाअध्ययनरत २५ जनाविद्यार्थीहरुको आवासकालागिनिर्माणाधिनभवनकालागि रु. एकाउन्नहजार बराबरको आर्थिक सहयोग प्रदानगरिएको छ ।
२७. पाटनशाखाद्वारा पाटननगरपालिकावडा नं ०१, डंसिली, बैतडीमाअवस्थितश्री कैलास आधारभुतविद्यालयकालागिआवश्यक स्टिल दारज, ह्रवाइटबोर्ड, कुर्सी लागायतका सामाग्री हस्तान्तरण गरिएको छ ।
आगामीदिनहरुमापनि सामाजिकउत्तरदायित्वकार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणकाविभिन्नकार्यक्रमहरु निरन्तर रुपमा सञ्चालनगर्ने कुरा बैैकले जनाएको छ ।













