• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा

    नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नगरपालिकाको निर्देशनमा वार्षिक शैक्षणिक योजना बनाउँदै

by
३१ बैशाख २०८०,
0
नगरपालिकाको निर्देशनमा वार्षिक शैक्षणिक योजना बनाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टीकापुर – कैलालीको टीकापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू आजभोलि व्यस्त छन् । उनीहरू दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका छन् । कतिपय विद्यालयका शिक्षकले योजना निर्माण गरिसकेका छन् भने कतिपय शिक्षक योजना निर्माणमा व्यस्त छन् ।

टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षकले आफूले शिक्षण गर्ने विषयको शैक्षणिक योजना अनिवार्य बनाउनैपर्ने नीति लागू गरेपछि शिक्षकहरू योजना निर्माणमा जुटेका हुन् । आफूले पढ्दा शैक्षणिक योजना निर्माणको अभ्यास गरिसकेकाले खासै गाह्रो महसुस नभएको खड्ग मावि टीकापुरका शिक्षक रामकुमार चौधरीले बताए। “मैले आफू विद्यार्थी हुँदा शैक्षणिक योजना बनाएको अनुभव थियो, त्यसैले मलाई खासै गाह्रो भएन”, उनले भने, “पढाउने विषयको शैक्षणिक योजना निर्माण गरिसकेको छु । अब योजनाअनुसार अध्यापन गर्न सहज हुनेछ ।”

टीकापुरले शिक्षकलाई यो खालको अभ्यास गर्न पहिलोपल्ट अनिवार्य गरेको छ । त्यसैले पनि धेरैलाई केही न केही कठिन महसुस भएको छ । आफूलाई केही विषयको शैक्षणिक योजना निर्माण गर्दा केही कठिन भएको नवदुर्गा आधारभूत विद्यालयका शिक्षक भगिरथ चौधरीले बताए । “पहिलोपटक निर्माण गर्न थालेकाले केही कठिन भएको छ । तर पालिकाको निर्देशन मान्नुपर्छ”, उनले भने, “मेहनत गरिरहेको छु, मेहनतले पछिका लागि सहज बनाउनेछ । योजना बनाएमा मलाई पूर्वतयारीका साथ शिक्षण गर्न सहज हुन्छ ।”

केदारेश्वर आधारभूत विद्यालयका शिक्षिका मङ्गला मिश्रले शैक्षणिक योजना निर्माणबारे आफूलाई जानकारी नभएको बताए । “मलाई जानकारी नभएकाले बनाएको छैन । अब योजना निर्माणमा लाग्छु”, उनले भने ।

कुनै पनि काम योजना निर्माण गरी अगाडि बढ्दा सहज, छिटो र उपलब्धिमूलक हुने भएकाले शिक्षकले वार्षिक शैक्षणिक योजना निर्माण गरी पठनपाठन गर्न अनिवार्य गर्नु सकारात्मक भएको शिक्षकहरू नै बताउँछन् । “शिक्षक शिक्षकमात्र नभई विद्यार्थी पनि हो । एउटा शिक्षकले कक्षा कोठामा प्रवेश गर्नुपूर्व विषयवस्तुको अध्ययन गरी पूर्वतयारी गर्नुपर्छ अनि मात्र कक्षा प्रवेश गर्दा राम्रो मानिन्छ”, शिक्षक रवीन्द्रबहादुर कठायत भने, “कुन विषयवस्तु कसरी शिक्षण गर्ने, कस्ता शैक्षिक सामग्री प्रयोग गर्ने भन्ने विषयमा शिक्षकले तयारी गर्न जरुरी छ । योजना निर्माणले शिक्षकलाई अध्ययनशील हुन सघाउँछ ।”

शैक्षिक प्रक्रियामा शैक्षणिक योजना निर्माण अनिवार्य हो । सुरु–सुरुमा निर्माण गर्दा केही कठिनजस्तो देखिए पनि पछि–पछि सजिलो हुने टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले बताए । “निर्माण गर्दा अलि कठिन हुन्छ, तर योजना पहिल्यै बनाएमा पछि शिक्षकलाई धेरै सहज हुन्छ”, उनले भने, “हरेक काम योजना बनाएर गर्दा सहज हुन्छ । अझ शिक्षाजस्तो क्षेत्रमा लापरवाही गर्नै मिल्दैन । योजनाअनुसार अध्यापन गरेमा विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा समेत सहयोग हुन्छ ।”

शैक्षणिक योजना निर्माणपश्चात एक प्रति शिक्षा शाखामा राखिने र योजना हेरी आवश्यक सुझाव दिने पालिकाको तयारी छ । यसरी शैक्षणिक योजना पालिकामा समेत बुझाउनुपर्ने भएकाले शिक्षकले शैक्षणिक योजना बनाएरनबनाएको विद्यालयमा गई अनुगमन पनि गरिने चौधरी बताए । “योजना निर्माणपश्चात सिकाइ उपलब्धिमा वृद्धि हुनेछ”, उनले भने, “पालिकालाई विद्यालयको अनुगमन गर्न, योजना बनाउनसमेत सहयोग पुग्छ ।”

Previous Post

आर्थिक संकट, मुद्रास्फीतिको कारण पाकिस्तानमा अपराधका घटनामा वृद्धि

Next Post

विदेशबाट फर्केर स्वदेशमै बाख्रा पालन

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?
फिचर-ब्यानर

रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

२८ फाल्गुन २०८२,
काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

२८ फाल्गुन २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

२८ फाल्गुन २०८२,
Load More
Next Post
विदेशबाट फर्केर स्वदेशमै बाख्रा पालन

विदेशबाट फर्केर स्वदेशमै बाख्रा पालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In