भारतका पहिलो राष्ट्रपति डाक्टर राजेन्द्रप्रसाद त्यो बेला ११ कक्षामा पढ्थे । उनी बडो तीक्ष्ण बुद्धि भएका मानिस थिए । त्यो वेलामा देशमा अँग्रेजको शासन थियो । राजेन्द्रप्रसाद जुन स्कुलमा पढिरहेका थिए त्यहाँ एक अँग्रेजी शिक्षक थिए, जसको जिम्मामा ११ कक्षाको प्रश्नपत्र जाँच्ने काम थियो ।
जब परीक्षाफल घोषित भयो तब ती शिक्षकले पहिलो स्थानमा कुनै अँग्रेज विद्यार्थीको नाम घोषित गरे । परीक्षाफल अनुसार राजेन्द्रप्रसादको स्थान साधारण थियो । आफ्नो परीक्षाफल हेरिसकेपछि राजेन्द्रप्रसाद शिक्षक भएको ठाउँमा गएर भने, सर मेरो नाम पहिलो स्थानमा आएन । मलाई विश्वास छ मैले गलत स्थान पाएको छु ।
प्रधानाध्यापकले के सोचेर हो कुन्नी ती आत्मविश्वासी किशोरको उत्तरपस्तिका जाँच गरे र त्यो बालकले वास्तवमा नै पहिलो स्थान प्राप्त गरेको कुरा पत्ता लगाए ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













