• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

    बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

    अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

    खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२० भदौ २०८३,
0
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा। वालिङ नगरपालिका-१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन लामो समयदेखि अलपत्र छ।

स्थानीयलाई स्वास्थ्योपचारमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद औषधालय पाँच वर्षदेखि अलपत्र परेको हो।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत विसं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र भवन सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीको बेवास्ताका कारण पाँच वर्षदेखि अलपत्र परेको स्थानीय बताउँछन्।

भवनको हालसम्म आधामात्रै काम भएको संघीय सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालले जानकारी दिए।

तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि ठेक्का तोड्ने आशयको कार्यालयले सूचना निकालिएको जनाउँदै उनले भदौको अन्तिमसम्म पनि निर्माण कम्पनीले तदारुकता नदेखाएमा ठेक्का रद्द गर्ने बताए।

“सकेसम्म निर्माण गरिरहेको कम्पनीबाट भवन सम्पन्न होस् भन्ने कार्यालयको चाहना हो”, उनले भने, “निरन्तर रूपमा काम गरेको खण्डमा समय धेरै लाग्ने थिएन, अब आधाजसो काम बाँकी छ।” कार्यालयले भवन निर्माण समयमै सक्नका लागि पत्राचार गरे पनि निर्माण कम्पनीको ढिलासुस्तीले भवन पाँच वर्षदेखि अलपत्र हुँदै आएको छ।

यहाँका स्थानीय तथा जनप्रतिनिधिले पटकपटक निर्माणलाई तीव्रता दिन अनुरोध गरे पनि निर्माण कम्पनीले अटेरी गर्दै आएको वालिङ-१ का वडाध्यक्ष पदमराज गुरुङले बताए।

“हजारौँ नागरिकले स्वास्थ्यजस्तो संवेदनशील सेवा दिने उद्देश्यले स्थापना भएको औषधालय निर्माण व्यवसायीको लापरबाहीले अलपत्र बनेको छ”, उनले भने, “समयमै सक्न अनुरोध गर्दै आएका छौँ। केही समस्या भए समाधानमा हामी जनप्रतिनिधि तथा स्थानीयवासी पनि लाग्ने भनिरहेका छौँ तर काम भएन।”

समयमा भवन निर्माण सम्पन्न नहुँदा कार्यालय भाडामा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख हरिप्रसाद अर्यालले बताए। “ठाउँको अभाव हुँदा औषधालयले प्रदान गर्ने सेवा बन्द अवस्थामा छन्, सबै सेवा उपलब्ध गराउन सक्ने अवस्था छैन”, उनले भने, “औषधालयमा गराउनुपर्ने मेडिकल योगा, शिरोधारासहित औषधि निर्माणाधीन भवनका कारण अहिले ठप्प छ।” उनका अनुसार अहिले औषधालयले सामान्य सेवा, औषधोपचार तथा परामर्शका कामहरू मात्र सञ्चालन गर्दै आएको छ।

Previous Post

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

Next Post

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
फिचर-ब्यानर

बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

२० भदौ २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
फिचर-ब्यानर

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

२० भदौ २०८३,
नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा
समाचार

नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

२० भदौ २०८३,
पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित
खेलमैदान

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

२० भदौ २०८३,
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह
समाचार

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

२० भदौ २०८३,
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

Load More
Next Post
पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In