• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, १२ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार

    बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

    हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

    हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

    किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

    किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

    हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

ट्रम्पको गोप्य उडानको खुलासा

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२७ साउन २०८३,
0
इरान वार्ताप्रति ट्रम्प आशावादी
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गर्नुभएको खुलासा भएको छ । उहाँले ठूलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्की छाड्नुभएको वासिङ्टन पोस्टले सोमबार जनाएको छ ।

पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प जुलाई ८ मा अङ्कारामा एयर फोर्स वन विमानमा चढ्नुभएको थियो । त्यसपछि उहाँ विमानमा जोडिएको खानपान सामग्री राख्ने कन्टेनरमा जानुभएको र उक्त कन्टेनरमार्फत सानो सी–३२ए विमानसम्म पुर्‍याइएको थियो । सो विमानले उहाँलाई बेलायत पुर्‍याएको थियो ।

यस क्रममा सञ्चारमाध्यमका प्रतिनिधि तथा केही अधिकारीलाई राष्ट्रपति ट्रम्प अझै ठूलो एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको थियो । ठूलो विमानमा रहेका पत्रकारहरूलाई समेत आफ्नो झ्यालको पर्दा बन्द गर्न भनिएको थियो । युद्ध क्षेत्रमा सुरक्षाका कारण प्रायः अपनाइने यस्तो कदमले राष्ट्रपति ट्रम्पको सुरक्षालाई लिएर थप शङ्का उत्पन्न गरेको थियो ।

यसअघि अमेरिकी सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट हुन सक्ने खतराका कारण राष्ट्रपति ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको बताउनुभएको थियो ।

नाटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारा पुग्नुभएका राष्ट्रपति ट्रम्पले बेलायतस्थित अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउन सकून् भन्ने उद्देश्यले आफूले पुरानो बोइङ ७४७ प्रयोग गर्ने बताउनुभएको थियो । तर न्युयोर्क टाइम्ससहित अन्य अमेरिकी सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट हुन सक्ने सुरक्षा खतराका कारण विमान परिवर्तन गरिएको जनाएका थिए ।

विमान परिवर्तनको घटनाले कतारले उपहार दिएको नयाँ एयर फोर्स वनको सुरक्षाबारे पनि प्रश्न उठाएको थियो । उक्त विमानमा पुरानो एयर फोर्स वनमा जस्तै सबै सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, नभएको बताइएको थियो ।

कतारको शाही परिवारले गत वर्ष राष्ट्रपति ट्रम्पको अनुरोधपछि अमेरिकालाई उक्त विलासी विमान उपहार दिएको थियो । सन् १९९० देखि एयर फोर्स वनका रूपमा प्रयोग हुँदै आएका दुई पुराना बोइङ ७४७ विमानको अवस्थाबारे राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।

उपहारस्वरूप प्राप्त विमानलाई अमेरिकी राष्ट्रपतिको प्रयोगका लागि तीव्र रूपमा पुनःसंरचना गरिएको थियो । जुलाई १ मा राष्ट्रपति ट्रम्पलाई पहिलोपटक उक्त विमानमा नर्थ डकोटा लगिएको थियो । त्यसको केही दिनपछि उहाँले सोही विमानबाट आफ्नो पहिलो विदेशी भ्रमणका क्रममा टर्कीको यात्रा गर्नुभएको थियो ।

वासिङ्टन पोस्टको रिपोर्टबारे एएफपीले सोधपुछ गरेपछि ह्वाइट हाउसले नयाँ एयर फोर्स वनको सुरक्षाको बचाउ गरेको छ । ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीभन चेउङले नयाँ विमान अत्याधुनिक रहेको र राष्ट्रपति तथा उहाँका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताउनुभयो ।

उहाँले राष्ट्रपति ट्रम्पले हालै अमेरिकाका धेरै शत्रु रहेको र तीमध्ये धेरैको निशाना आफू रहेको बताउनुभएको उल्लेख गर्दै त्यस्ता खतरासँग जुध्न सरकारले उपलब्ध सबै साधन प्रयोग गरिरहेको बताउनुभयो । ह्वाइट हाउसले गत महिना पनि विमानको सुरक्षा क्षमतामाथि प्रश्न उठेपछि यही धारणा सार्वजनिक गरेको थियो ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति ट्रम्प ठूलो एयर फोर्स वनमा सिँढी चढेर गएको केही मिनेटपछि पुरानो विमानबाट खानपान सामग्री बोक्ने ट्रक बाहिरिएको देखिन्छ । त्यसपछि उक्त वाहनलाई सानो सी–३२ए विमानतर्फ लगिएको देखाइएको छ ।

दुवै विमान बेलायतमा अवतरण गरेपछि राष्ट्रपति ट्रम्प ठूलो विमानबाट सिँढी हुँदै ओर्लिनुभएको भिडियोमा देखिन्छ । त्यसपछि उहाँ नयाँ रूपमा पुनःसंरचना गरिएको एयर फोर्स वनमा पुग्नुभएको थियो ।

तर राष्ट्रपति ट्रम्पलाई सानो विमानबाट ठूलो विमानमा कसरी स्थानान्तरण गरिएको थियो भन्ने विषय स्पष्ट नभएको वासिङ्टन पोस्टले जनाएको छ ।

अघिल्लो समाचार

मूल बीउका लागि कोदोखेती

अर्को समाचार

चिनियाँ रकेट प्रक्षेपण असफल

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

११ मंसिर २०८३,
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन
आवाज

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

११ मंसिर २०८३,
किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण
जीवन शैली

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

११ मंसिर २०८३,
आर्थिक

हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

११ मंसिर २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
अन्तर्राष्ट्रिय

भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

११ मंसिर २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

११ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
आइएसएसको अन्त्य, सहकार्यको युग

चिनियाँ रकेट प्रक्षेपण असफल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

११ मंसिर २०८३,
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

११ मंसिर २०८३,
किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

११ मंसिर २०८३,

हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

११ मंसिर २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

११ मंसिर २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

११ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • जर्मन दूतावासद्वारा सर्लाहीमा महिला सशक्तीकरणका लागि सञ्चालित कार्पेट बुनाई परियोजनाको अवलोकन

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन