• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ

    कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ

    महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

    महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

    आइएसएसको अन्त्य, सहकार्यको युग

    चिनियाँ रकेट प्रक्षेपण असफल

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    ट्रम्पको गोप्य उडानको खुलासा

    मूल बीउका लागि कोदोखेती

    मूल बीउका लागि कोदोखेती

    नेपाल प्रहरीको महानिरीक्षकमा कार्की

    सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रविधिमैत्री बन्दै नेपाल प्रहरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ

    कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ

    महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

    महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

    आइएसएसको अन्त्य, सहकार्यको युग

    चिनियाँ रकेट प्रक्षेपण असफल

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    ट्रम्पको गोप्य उडानको खुलासा

    मूल बीउका लागि कोदोखेती

    मूल बीउका लागि कोदोखेती

    नेपाल प्रहरीको महानिरीक्षकमा कार्की

    सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रविधिमैत्री बन्दै नेपाल प्रहरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चिनियाँ रकेट प्रक्षेपण असफल

metakhabar by metakhabar
२७ साउन २०८३,
0
आइएसएसको अन्त्य, सहकार्यको युग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा असफल भएको छ । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा ‘विसङ्गति’ देखिएपछि प्रक्षेपण असफल भएको हो । प्रत्यक्षदर्शीले खिचेको भिडियोमा रकेट आकाशमै विस्फोट भएको देखिएको छ ।

चीनको दक्षिणी प्रान्त हाइनानस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट सोमबार स्थानीय समयअनुसार राति ८ः०२ बजे रकेट प्रक्षेपण गरिएको थियो । रकेटले झोङ्जिङ–४बी सञ्चार उपग्रहलाई अन्तरिक्षमा स्थापित गर्ने लक्ष्य राखेको थियो ।

सिन्ह्वाले रकेट उडानमा रहेकै बेला ‘विसङ्गति’ देखिएको जनाएको छ । असफलताको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

सिङ्गापुरस्थित च्यानल न्युजएशियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा रकेट विस्फोट भएको दृश्य सार्वजनिक गरेको छ । हाइनानबाट सञ्चालित एउटा सामाजिक सञ्जाल खातामा प्रक्षेपण भएको केही घण्टापछि सार्वजनिक गरिएको अर्को भिडियोमा रकेट उडेको करिब ८५ सेकेन्डपछि आकाशमा ठूलो आगोको गोला देखिएको छ । त्यसपछि भग्नावशेष जमिनतर्फ खस्दा आकाशमा बाक्लो धुवाँको बादल बनेको देखिन्छ ।तरण गराएको थियो । चिनियाँ अन्तरिक्ष निकायका अनुसार उक्त उपलब्धि अन्तरिक्ष कार्यक्रमको महत्वाकांक्षा पूरा गर्न र भविष्यमा प्रक्षेपण लागत घटाउन महत्त्वपूर्ण कदम हो ।

चीनले सन् २०३० अघि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ । यस अभियानमा चीनले संयुक्त राज्य अमेरिकाको आर्टेमिस कार्यक्रमसँग प्रतिस्पर्धा गरिरहेको छ ।

स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले पनि सोमबारको चिनियाँ रकेट प्रक्षेपण असफलताबारे सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्नुभएको छ । उहाँले रकेट निर्माण तथा प्रक्षेपण अत्यन्त कठिन काम भएको उल्लेख गर्दै चिनियाँ पक्ष चाँडै असफलताबाट उभिने आशा व्यक्त गर्नुभएको छ ।

यसअघि स्पेसएक्सको रकेटको करिब चार टन तौलको एउटा टुक्रा गत बुधबार अनियन्त्रित रूपमा चन्द्रमामा खसेको अनुमान गरिएको थियो । उक्त वस्तु चन्द्रमाको सतहमा ठोक्किँदा एउटा क्रेटर बन्न सक्ने अपेक्षा गरिएको थियो ।

चीनको लङ मार्च–७ए रकेटको प्रक्षेपण असफल भएको यो पहिलो घटना भने होइन । सन् २०२० मा वेन्चाङ केन्द्रबाट गरिएको यस रकेटको पहिलो प्रक्षेपण पनि उडानका क्रममा देखिएको प्राविधिक समस्यापछि असफल भएको सिन्ह्वाले त्यस वर्षको मार्चमा जनाएको थियो ।

चीनले अन्तरिक्ष अनुसन्धान, मानवसहितको अन्तरिक्ष अभियान र चन्द्र अन्वेषणलाई आफ्नो दीर्घकालीन रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउँदै आएको छ । पछिल्लो असफलताको कारण पहिचान भएपछि त्यसले आगामी प्रक्षेपणको सुरक्षा तथा विश्वसनीयता सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

पछिल्लो असफलताले चीनको तीव्र रूपमा अघि बढिरहेको अन्तरिक्ष कार्यक्रममाथि ध्यानाकर्षण भएको छ । चीनले राष्ट्रपति सी जिनपिङले अघि सार्नुभएको ‘अन्तरिक्ष सपना’ पूरा गर्ने उद्देश्यले पछिल्ला वर्षमा अन्तरिक्ष कार्यक्रमका लागि अर्बौं डलर लगानी गर्दै आएको छ ।

यसैबीच, चीनले गत जुलाईमा पहिलोपटक पुनःप्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अव

Previous Post

ट्रम्पको गोप्य उडानको खुलासा

Next Post

महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

metakhabar

metakhabar

सम्बन्धित खबर

कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ
आर्थिक

कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ

२७ साउन २०८३,
महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप
आर्थिक

महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

२७ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

ट्रम्पको गोप्य उडानको खुलासा

२७ साउन २०८३,
मूल बीउका लागि कोदोखेती
आर्थिक

मूल बीउका लागि कोदोखेती

२७ साउन २०८३,
नेपाल प्रहरीको महानिरीक्षकमा कार्की
आवाज

सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रविधिमैत्री बन्दै नेपाल प्रहरी

२७ साउन २०८३,
नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशत ब्याजमै अटो लोन
आर्थिक

नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशत ब्याजमै अटो लोन

२७ साउन २०८३,
Load More
Next Post
महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In