• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ११ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

    सुनको मूल्य घट्यो

    छापावाल सुन प्रतितोला रु तीन हजार ३०० र असली चाँदी रु १२० ले

    चार देशमा एनभिडियाका सर्भर निर्यातमा रोक

    चार देशमा एनभिडियाका सर्भर निर्यातमा रोक

    शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

    शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

    नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

    नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

    सुनको मूल्य घट्यो

    छापावाल सुन प्रतितोला रु तीन हजार ३०० र असली चाँदी रु १२० ले

    चार देशमा एनभिडियाका सर्भर निर्यातमा रोक

    चार देशमा एनभिडियाका सर्भर निर्यातमा रोक

    शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

    शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

    नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

    नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
११ मंसिर २०८३,
0
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, ११ मङ्सिर: नेपालको अन्तरराष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा दुई देशबीच सहमति जुटेको छ । यससँगै विशेषगरी भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय उडानको प्रभावकारी केन्द्रका रूपमा विकास गर्ने नेपालको प्रयासले नयाँ गति लिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ र ७ गते सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरराष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको हो । दुई देशका प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने उल्लेख गरिएको छ ।

संयुक्त वक्तव्यको बुँदा नं ८ मा भनिएको छ, “हाल एकतर्फी रहेको बी३४५ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् । यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।”

यो सहमतिलाई नेपालको हवाई उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । किनभने अन्तरराष्ट्रिय उडानका लागि सीमित प्रवेशमार्गमा निर्भर रहँदै आएको नेपालले अब पश्चिमी क्षेत्रबाट पनि जहाज प्रवेश तथा बहिर्गमनका लागि थप विकल्प प्राप्त गर्ने सम्भावना बनेको छ ।

प्राविधिक टोलीले थाल्यो काम

भारतसँग सहमति जुटेपछि नेपालले नयाँ हवाई रुट कार्यान्वयनका लागि आवश्यक प्राविधिक तयारी अघि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार संयुक्त प्राविधिक टोलीले रुट सञ्चालनसम्बन्धी काम सुरु गरिसकेको छ ।

नयाँ हवाई मार्ग कुन भौगोलिक बिन्दुबाट नेपाल प्रवेश गर्ने, जहाजको उचाइ कति हुने र भारतबाट नेपालतर्फ जहाज स्थानान्तरण हुने प्रक्रिया कसरी व्यवस्थापन गर्ने भन्ने विषय प्राविधिक छलफलबाट टुङ्गो लगाइनेछ ।

क्यानका एक उच्च अधिकारीका अनुसार नेपाली पक्षले आवश्यक गृहकार्य सुरु गरिसकेको छ भने भारतीय पक्षलाई संयुक्त बैठकका लागि प्रस्ताव पठाउने तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “ज्वाइन्ट टेक्निकल टिमले वर्कआउट सुरु गरिसकेको छ । कुन बिन्दुबाट हवाई प्रवेशमार्ग प्राप्त हुने तथा कति उचाइमा भारतबाट नेपालमा जहाज ट्रान्सफर हुने भन्नेबारे दुवै देशका प्राविधिक टोलीले टुङ्ग्याउनेछन् ।”

प्राविधिक छलफलबाट रुटको अन्तिम स्वरूप, उडान सञ्चालन प्रक्रिया, उचाइ निर्धारण तथा हवाई ट्राफिक व्यवस्थापनसम्बन्धी विषय टुङ्ग्याइनेछ । त्यसपछि दुवै देशको एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)मा आवश्यक सूचना प्रकाशित गरिनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्ट अथोरिटी अफ इन्डियाले आ–आफ्नो एआइपीमा सूचना सार्वजनिक गरेपछि नयाँ हवाई मार्ग औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ । यसर्थ, दुई देशबीच राजनीतिक तहमा सहमति भए पनि यात्रुवाहक तथा अन्य अन्तरराष्ट्रिय जहाजले नयाँ रुट प्रयोग गर्न प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा हुनुपर्नेछ ।

काठमाडौँ विमानस्थलको चाप घट्ने अपेक्षा

नयाँ हवाई प्रवेशमार्ग सञ्चालनमा आएपछि नेपालको प्रमुख अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ ।

हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तरराष्ट्रिय जहाजले बाराको सिमरा प्रवेशबिन्दु प्रयोग गर्नुपर्ने अवस्था छ । सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जहाजले आवश्यकताअनुसार छोटो र सहज मार्ग प्रयोग गर्न पाएका छैनन् ।

भैरहवा रुट दुईतर्फी भएपछि पश्चिमबाट नेपाल प्रवेश गर्ने जहाजले थप विकल्प प्राप्त गर्नेछन् । यसले जहाजको उडान दूरी र समय घटाउन सहयोग गर्नेछ । साथै अन्तरराष्ट्रिय हवाई मार्गमा हुने चाप व्यवस्थापन गर्न र जहाजलाई लामो समय आकाशमै होल्ड गर्नुपर्ने अवस्था कम गर्न पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले थप हवाई प्रवेशमार्ग प्राप्त हुनु नेपालको हवाई उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार यसले नेपालको हवाई क्षेत्रको उपयोग क्षमता तथा उडान सञ्चालन दक्षता बढाउनेछ । जहाजको आवतजावत सहज हुने, इन्धन खपत कम हुने, यात्रुको समय तथा लागत बचत हुने र विदेशी पर्यटकको आवागमनमा समेत सकारात्मक प्रभाव पर्नेछ ।

“थप हवाई रुट प्राप्त गर्नु नेपालका लागि ठूलो उपलब्धि हो । यसलाई परिपक्वता दिन केही प्राविधिक काम बाँकी छन् । दुवै देशका प्राविधिक टोलीले यसलाई टुङ्गोमा पुर्‍याएपछि कार्यान्वयनमा आउनेछ”, उहाँले भन्नुभयो ।

भैरहवा र पोखरा विमानस्थल सञ्चालनको मुख्य आधार

नेपालले थप हवाई प्रवेशमार्ग माग गर्नुको प्रमुख उद्देश्य भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नु हो ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा राज्यले ठूलो लगानी गरेको छ । तर निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि दुवै विमानस्थलबाट अपेक्षित रूपमा नियमित अन्तरराष्ट्रिय उडान विस्तार हुनसकेको छैन । यसको एउटा प्रमुख कारण भारतीय हवाई क्षेत्रसँग जोडिने सहज प्रवेश तथा बहिर्गमन मार्गको अभावलाई मानिदै आएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्दा भारतीय हवाई क्षेत्रको प्रयोग महत्वपूर्ण हुन्छ । भारततर्फको सहज प्रवेश र बहिर्गमन मार्ग नहुँदा विमानस्थलको व्यावसायिक सञ्चालनमा चुनौती देखिँदै आएको छ ।

भैरहवा रुट दुईतर्फी भएपछि पश्चिमबाट आउने अन्तरराष्ट्रिय जहाजलाई नेपाल प्रवेश गर्न र उडानपछि बाहिरिन थप सहज हुने अपेक्षा गरिएको छ । यसले विशेषगरी पश्चिमी मुलुकबाट आउने जहाजको उडान व्यवस्थापनमा सहयोग पुर्‍याउन सक्छ ।

त्यस्तै, पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न पनि सहज हवाई सम्पर्क आवश्यक छ । पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जहाजलाई छोटो रुट उपलब्ध हुँदा पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्न थप सहजता हुने अपेक्षा गरिएको छ ।

यद्यपि भैरहवा रुटसम्बन्धी पछिल्लो सहमतिले दुवै क्षेत्रका विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्ने सुनिश्चित गर्दैन । त्यसका लागि नियमित अन्तरराष्ट्रिय उडान, वायुसेवा कम्पनीको व्यावसायिक चासो, यात्रु माग र अन्य पूर्वाधारसम्बन्धी पक्ष पनि महत्वपूर्ण रहनेछन् ।

नेपालले भारतसँग भैरहवा रुट मात्र नभई पश्चिमी तथा अन्य क्षेत्रबाट अन्तरराष्ट्रिय जहाज प्रवेश गराउन थप हवाई मार्गको माग गर्दै आएको छ । विशेषगरी महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरबाट थप प्रवेशमार्ग उपलब्ध गराउन नेपालले भारतसँग आग्रह गरेको थियो ।

यसक्रममा भारत महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाज प्रवेश गराउन सहमत भएको जनाइएको छ । यसलाई नेपालको पश्चिमी हवाई प्रवेश व्यवस्थापनका लागि अर्को महत्वपूर्ण सम्भावनाका रूपमा हेरिएको छ । त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि भारत सकारात्मक देखिएको छ । तर यी विषयमा अन्तिम निर्णय हुन बाँकी छ ।

नेपालले तत्काल सम्भव हुने हवाई प्रवेशमार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमश: वार्ताबाट टुङ्ग्याउन प्रस्ताव गर्दै आएको थियो । भारतले भने विभिन्न हवाई रुट तथा नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई छुट्टाछुट्टै सम्बोधन गर्नुभन्दा समग्र प्याकेजमै समझदारी खोजिरहेको थियो ।

नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयसँगै भारतले बागडोग्रा विमानस्थलका लागि पनि नेपालसँग हवाई मार्गको प्रस्ताव गरेको थियो । दुई देशबीचको पछिल्लो सहमतिमा यी विषयलाई समेत प्राविधिक परामर्शमार्फत अघि बढाउने समझदारी भएको छ ।

जहाजको समय र सञ्चालन खर्च घट्ने

क्यानका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनले भैरहवा हवाई रुट दुईतर्फी हुनु नेपालको हवाई उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

उहाँका अनुसार पश्चिमबाट नेपाल प्रवेश गर्ने जहाजले नयाँ रुट प्रयोग गर्न पाएमा उडान समय घट्नेछ । यसले जहाजको उडान अवधि, इन्धन खपत र सञ्चालन खर्चमा समेत सकारात्मक प्रभाव पार्नेछ । “भैरहवामा एकतर्फी हवाई रुट छ । दुईतर्फी भयो भने नेपालमा पश्चिमबाट प्रवेश गर्ने जहाजको समय कम हुन्छ । अन्तरराष्ट्रिय हवाई रुटको चाप पनि घट्छ । जहाजको आवर घट्छ र जहाजको साइकल पनि कम हुन्छ । काठमाडौँ विमानस्थलको उडान चाप व्यवस्थापनमा टेवा पुग्छ”, उहाँले भन्नुभयो ।

उहाँले सहमति कार्यान्वयन पक्षलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । हवाई उडानमा लाग्ने समय र इन्धन खर्च घट्नु वायुसेवा कम्पनीका लागि आर्थिक रूपमा महत्वपूर्ण हुन्छ । यसले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न प्रोत्साहित गर्न सक्ने अपेक्षा गरिएको छ ।

यसका अतिरिक्त जहाजले लामो समय आकाशमा होल्ड गर्नुपर्ने अवस्था कम हुँदा यात्रुको यात्रा समय घट्ने र उडानको नियमिततामा सुधार आउन सक्नेछ ।

एक दशकदेखिको कूटनीतिक प्रयासले पायो परिणाम

नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन निरन्तर कूटनीतिक पहल गर्दै आएको थियो । यसअघि पनि नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमण तथा उच्चस्तरीय द्विपक्षीय वार्तामा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरेको थियो । तर प्राविधिक विषय, सुरक्षा संवेदनशीलता र हवाई क्षेत्रको व्यवस्थापनसम्बन्धी मतभिन्नताका कारण ठोस सहमति हुन सकेको थिएन ।

नेपालले अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी गरे पनि ती विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय हवाई क्षेत्रसँग सहज सम्पर्क आवश्यक रहेको विषय निरन्तर उठाउँदै आएको थियो ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा यस विषयलाई प्राथमिकताका साथ उठाइएपछि लामो समयदेखि रोकिएको हवाई रुटसम्बन्धी छलफलले सकारात्मक परिणाम दिएको हो । नेपालका लागि यो सहमति केवल एउटा नयाँ हवाई मार्ग प्राप्त गर्ने विषयमात्र नभई अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तार, क्षेत्रीय विमानस्थलको व्यावसायिक उपयोग र पर्यटन प्रवद्र्धनसँग समेत जोडिएको छ ।

नेपाल र भारतबीच भएको पछिल्लो सहमतिले नेपालको हवाई उड्डयन क्षेत्रमा नयाँ सम्भावना सृजना गरेको छ । तर यसको वास्तविक लाभ प्राप्त गर्न प्राविधिक तथा प्रशासनिक प्रक्रिया शीघ्र पूरा गर्नु आवश्यक छ ।

रुटको प्रवेशबिन्दु, उडान उचाइ, हवाई ट्राफिक व्यवस्थापन, सुरक्षा मापदण्ड र सञ्चालन प्रक्रियासम्बन्धी विषय टुङ्ग्याएर दुवै देशको एआइपीमा प्रकाशित गर्नुपर्नेछ । त्यसपछि मात्र अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले नयाँ मार्ग प्रयोग गर्न सक्नेछन् ।

अघिल्लो समाचार

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

११ मंसिर २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

छापावाल सुन प्रतितोला रु तीन हजार ३०० र असली चाँदी रु १२० ले

११ मंसिर २०८३,
चार देशमा एनभिडियाका सर्भर निर्यातमा रोक
अन्तर्राष्ट्रिय

चार देशमा एनभिडियाका सर्भर निर्यातमा रोक

११ मंसिर २०८३,
शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति
फिचर-ब्यानर

शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

११ मंसिर २०८३,
नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन
समाचार

नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

११ मंसिर २०८३,
अमेरिकामा मुद्रास्फीति बढ्दा ब्याजदर थप बढ्ने सम्भावना
अन्तर्राष्ट्रिय

अमेरिकामा मुद्रास्फीति बढ्दा ब्याजदर थप बढ्ने सम्भावना

११ मंसिर २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

११ मंसिर २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

११ मंसिर २०८३,
सुनको मूल्य घट्यो

छापावाल सुन प्रतितोला रु तीन हजार ३०० र असली चाँदी रु १२० ले

११ मंसिर २०८३,
चार देशमा एनभिडियाका सर्भर निर्यातमा रोक

चार देशमा एनभिडियाका सर्भर निर्यातमा रोक

११ मंसिर २०८३,
शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

११ मंसिर २०८३,
नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

नागरिक लगानी कोषलाई १० दिनभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन

११ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन