चरित्र राम्रो राख्नलाई गर्न नहुने कुराहरु—
१. धेरै बेरसम्म सुत्नु
२. व्यभिचार गर्नु
३. अरुसँग शत्रुभाव राख्नु
४. कर्तव्यबाट विमुख हुनु
५. कुसंगत गर्नु
६. लोभी हुनु
७. चोरी गर्नु
८. हिंसा गर्नु
९. रिस, डाह र आरिसे हुनु
१०. छुल्याई गर्नु ।
चरित्र सुधार सम्बन्धमा शान्तिका प्रवर्तक गौतम बुद्धका अनुसार शुभ कामहरुलाई दश पुण्य क्रिया पनि भनिन्छ, जसलाई यसरी पनि बुझिन्छ—
दान दिनु, राम्रो आचरण गर्नु, ध्यान भावना गर्नु, माननीयलाई मान्नु, माननीयको सेवा गर्नु, पुण्य दान दिनु, हर्षित भई अरुको पुण्य अनुमोदन गर्नु, उपदेश सुन्नु, उपदेश भन्नु, अन्धविश्वासबाट बच्नु । परोपकारमा लाग्नु ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट













