• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३० साउन २०८३,
0
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, ३० साउनः मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।

मिथिलाञ्चलमा मौनापञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गरेका यो पर्व आज १३ औँ दिन समापन गर्न लागेका हुन् । साउन कृष्ण पञ्चमीका दिन सुरु गरिने यो पर्व साउन शुक्ल त्रितीया तिथिका दिन समापन गर्ने मैथिल परम्परा छ ।

पतिपत्नीबीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ । पतिले पठाइदिने पूजा सरदाम (सामग्री)बाट यो पर्व मिथिलानीले माइतीघरमा मनाउँछन् । पतिले पठाइदिने सामग्रीमा पर्वअवधिको खाद्य सामग्री, नयाँ वस्त्र परिधान र आभूषण हुने गर्छ ।

मिथिलामा नवविवाहिता वधुले साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल द्वितीयासम्म व्रत विधानमा रही १२ औँ दिनको राति देब्रे घुँडामा ‘टेमी’ (कपासको कातेको बत्ती बालेर त्यसको लप्कोले घुँडा डाम्ने चलन) लिएर भोलिपल्ट तृतीयाका दिन पर्व सम्पन्न गर्ने परम्परा छ । यसअनुसार शुक्रबार राति बर्तालुले ‘टेमी’ लिएका छन् । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास रहेको भङ्गाहा–३ की यस वर्षकी बर्तालु रञ्जु कर्ण बताउनुहुन्छ ।

पछिल्ला केही वर्षयता भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ लिन बलेको बत्तीको लप्काले डाम्नुको सट्टा शीतल चन्दनको लेप लगाउन थालेका छन् । घुँडा डाम्नुसँग गाढा प्रणयसम्बन्धको कुनै सम्बन्ध नरहेको बताउँदै नयाँ पुस्ताका मिथिलानीले पर्वको महत्तालाई निरन्तरता दिँदै चन्दन लेप गर्न थालेका हुन् । ‘टेमी’लाई परिष्कृत गरिएको नयाँ चलन उपयुक्त रहेको शिक्षण पेसामा रहनुभएकी गौशाला–१२ की सुनिता महतोको भनाइ छ । ‘टेमी’ विधि घर परिवारका सबैभन्दा श्रेष्ठ महिलाका हातबाट गराइने चलन छ ।

पर्व अवधिभरि भगवान् शङ्कर, देवी गौरी (पार्वती) र विषहरा (नाग देवता)को आराधना गरिन्छ । पर्वमा बस्तीभरिकै नवविवाहित जम्मा भएर हासपरिहास र सामूहिक गायनमा रमाउँछन् । यो पर्वमा बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) विधिले सबैको ध्यान खिच्ने गरेको छ । शिव, पार्वती (गौरी) र विषहराको आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ । पर्व समापन भएपछि बर्तालुले पर्व अवधिभरि दिनहुँ पूजा गरिएका बेलपत्र र फूल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्छन् ।

यो पर्वको मुख्य अभीष्ट नै पतिपत्नीबीच सुमधुर प्रेमसम्बन्ध हुँदा यसले मैथिल संस्कृति र पारिवारिक सद्भाव वृद्धिमा सघाउ पु¥याएको मैथिल लोक संस्कृतिका जानकार मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ ।

वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनको पन्छी मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लीन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावनात्मक रूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको उपप्राध्यापक झाको भनाइ छ ।

पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । फरक भाषा , संस्कृति र परम्पराका समुदायको छ्यासमिस बसोबासले एकअर्काका चाडवाड अप्नाउने चलन बढ्दो छ । यसैले पछिल्ला वर्षहरुमा मधुश्रावणी मिथिलाको साझा पर्व बन्दै गएको जलेश्वर–५ चौरियाकी बासिन्दा माध्यमिक विद्यालयका सामाजिक शिक्षक नायडु तिवारी बताउनुहुन्छ ।

पर्वमा शिव, पार्वती (मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ) र विषहराको दैनिक पूजाआराधना गरेपछि बर्तालुलाई घरकी ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गर्छन् । पर्वमा आफ्नो स्खलित भएको वीर्य भगवान् शङ्करले पातमा राखेका र त्यही वीर्यबाट पाँच नाग कन्याको जन्म भएको कथा प्रचलित छ । कुनै तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेको र यो वृत्तान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शङ्का बढेपछि पिछा गरेकी कथा छ । एकदिन छोरीहरुसँग खेलिरहेका पतिलाई देखेपछि क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसङ्ग छ । पार्वतीलाई खुसी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुरु भएको लौकिक जनविश्वास छ । देवी गौरी दाम्पत्य जीवन सुखद बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएको हुँदा नवविवाहिताले यसै अभिष्टका लागि यो व्रत सुरु गरेका मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ ।

प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठिक गराउन मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएको प्रसङ्ग छ । शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठीक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास गरिन्छ ।

बर्तालुले साउन कृष्ण चौथी (चतुर्थी) का दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि व्रत सङ्कल्प गर्दछन् । व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नु पर्ने विधान छ । सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै, खिल्लिँदै र प्रणयभावका गीत गाउँदै ‘फूललोढी’मा निस्कनु र सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका फूल राति बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु बर्तालुको पर्वअवधिको दैनिकी हुन्छ ।

पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजाआराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ । माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप (अरिपन) मा बसेर त्यहीँ देवता स्थापित गरेर बर्तालुले यो पर्व मनाउँछन् । विवाहपछि माइत पुग्दा सखीसहेलीसँग हुने भेट र पर्व अवधिभरि सामूहिक गान र आपसी हासपरिहास हुने हुँदा नवविवाहिता मिथिलानीलाई यो पर्वको पर्खाइ हुने पाका मिथिलानी बताउँछन् ।

Previous Post

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

metakhabar

metakhabar

सम्बन्धित खबर

दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध
समाचार

भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

३० साउन २०८३,
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

३० साउन २०८३,
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
समाचार

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

३० साउन २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In