• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिलाले जोडेको सम्बन्ध ः हिन्दू धर्मप्रतिको आस्था र धार्मिक पर्यटन वढ्ने अपेक्षा

by
१३ माघ २०७९,
0
शिलाले जोडेको सम्बन्ध ः हिन्दू धर्मप्रतिको आस्था र धार्मिक पर्यटन वढ्ने अपेक्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १३ माघ । भारतको अयोध्यामा त्यहाँका हिन्दू समुदायले ठूलो धनराशि खर्च गरेर रामलला मन्दिर निर्माण गर्नका लागि बिहीबार गण्डकी प्रदेशको म्याग्दीस्थित गलेश्वर धाम छेउकै कालीगण्डकी नदीबाट शिला उपहार लिएर भारतीय गुरुहरु अयोध्या प्रस्तान गरेका छन् ।

भारतको सर्वोच्च अदालतले रामलला मन्दिर निर्माण गर्न अनुमतिको फैसला गरेपछि त्यहाँका हिन्दूहरु वृहत रुपमा राललला र सीताको मन्दिर बनाउन कम्मर कसेर लागेका छन् । शिला लिन म्याग्दीको गलेश्वर धाम पुग्नु भएका भारतीय हिन्दू धर्मका गुरु राजेन्द्रसिंह पंकजले भारतमा बस्ने हिन्दूले श्रद्धापूर्वक मान्ने मुक्तिनाथ र त्यहीँबाट उत्पन्न पबित्र कालीगण्डकीको शिलाबाट भारतको अयोध्याम बनाइने रामलला र सीताको प्रतिमाले दुई देशको धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

भारतीय हिन्दूबीच प्रसिद्ध मानिने भगवान् रामलला र सीताको मूर्ति बनाउनकै लागि नेपालको पबित्र तीर्थस्थल गलेश्वरको कालिण्डकीबाट शिला उपहार पाएका छौँ, नेपाल र भारतको सांस्कृतिक सम्वन्ध प्रगाढ बनाउन शिलाले धर्मदूतको रुपमा काम गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
विश्वमै दुर्लभ शालीग्राम पाइने कालीगण्डकी नदीको २ थान शिला गलेश्वरबाट पोखराको विन्ध्यवासिनी, चितवनको देवघाट, जनकपुरधामहुँदै हिन्दूहरुको पवित्र धार्मिक स्थल भारतको अयोध्या पु¥याइने जानकारी मूर्ति उपहारको संयोजन गर्दै आउनुभएका काँग्रेस नेता बिमलेन्द्र निधीले बताउनुभयो । अयोध्याम रहेका करोडौं हिन्दू समुदायले मूर्तिका लागि लगिएको स्थल नेपालको कालीगण्डकी र गलेश्वरधाम अनन्तकालसम्म सम्झिरहने र नेपालको गण्डकी प्रदेशमा त्यहाँका हिन्दूहरु दर्शनका लागि भीड लाग्ने विश्वास निधीको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले भारतीय हिन्दूधर्मालम्बीहरु नेपालका मुक्तिनाथ बाबाको दर्शन नगरेसम्म स्वर्ग पुगिँदैन भन्ने मान्यता कायमै रहेकाले मुक्तिनाथ क्षेत्रकाने पबित्र कालीगण्डकीको शिलाबाट भारतको अयोध्याम बन्न लागेको रामलला र सीताको मूर्तिलेले नेपालको गण्डकी प्रदेशमा विशेष सम्बन्ध राख्ने भएकाले यहाँ आउने धार्मिक पर्यटकको संख्या अब ह्वात्तै वढ्ने बताउनुभयो ।

अब नेपालका धार्मिक पर्यटक भारतको अयोध्या र भारतको अयोध्याका करोडौं धर्मालम्बीहरु नेपाल आउने विश्वास भण्डारीले छ । नेपालको कालीगण्डकीबाट अयोध्या लगिएको शिलाको बारेमा भारतीय मिडियाले पनि प्रचारप्रसार र कालीगण्डकी र मुक्तिनाथ बाबाको महत्वका बारेमा चर्चा गर्ने भएकाले गण्डकी प्रदेशको यो क्षेत्रमा धार्मिक पर्यटनले व्यापकता पाउनुको साथै यहाँको पर्यटन क्षेत्रलाई समेत सहयोग पुग्ने भनाई भण्डारीको छ ।

गण्डकी प्रदेशकी सांसद तथा म्याग्दीको बेनीमा होटल व्यवसाय संचालन गर्दै आउनुभएकी बिमला शेरचनले हिन्दूहरुको पबित्र स्थल मुक्तिनाथ र गलेश्वर धाममा भारतीय पर्यटक बढ्दा यहाँको आर्मिक तथा होटल व्यवसायमा समेत सहयोग पुग्नुको साथै यहाँका मानिसहरुको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
भूगर्भ तथा शिलाविद्, प्राविधिक र विज्ञसमेतको टोलीले बेनी नगरपालिका–६ ठूलो पहिरो स्थित कालीगण्डकीमा दुई थान शिला पहिचान गरेको थियो । धेरै वर्ष टिक्ने शिला पहिचान गरेर २६ टन र १४ टनका दुई थान शिलालाई बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारले विहीबार नै २ नम्वर प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गरेको छ भने जानकी मन्दिरले १६ गते अध्योध्यालाई हस्तान्तरण गर्ने छ ।

शिला विहीबार बिहान गलेश्वर शिवालय मन्दिर परिरसरबाट गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, बेनी नगरपालिका मेयर सुरत केसी र गलेश्वर मन्दिरका अध्यक्ष माधवप्रसाद रेग्मीले विधिवत् पूजाआजा गरेर बाजागाजा र भजनसहित हस्तान्तरण गर्दैे शोभायात्रा माफर्त बजार परिक्रक्रमा गराएर अयोध्यातर्फ प्रस्थान गराउनुभएको थियो ।

बुधबार क्रेनबाट दूई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाममा राखिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पबित्र शिला हिन्दूहरुको धार्मिक स्थल भारतको अयोध्यामा निर्माणाधीन रामललाको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्दा नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध अनन्त कालसम्म रहिरहने बताउनुभएको छ ।

Previous Post

कोहलपुर नगरपालिकाले गर्यो दुई विधेयकसहित एक दर्जन प्रस्ताव स्वीकृत

Next Post

उपचारका लागि आर्थिक सहयोग

सम्बन्धित खबर

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै
फिचर-ब्यानर

कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

१३ असार २०८३,
खाडीको जीवनभन्दा गाउँ प्यारो
आर्थिक

खाडीको जीवनभन्दा गाउँ प्यारो

१३ असार २०८३,
Load More
Next Post
उपचारका लागि आर्थिक सहयोग

उपचारका लागि आर्थिक सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In