• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै

metakhabar by metakhabar
२९ साउन २०८२,
0
पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी (बेनी), २९ साउन : कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नति जारी रहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ सिरुवारी, अन्नपूर्ण गाउँपालिका– ३ दानाको खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, र सुकेबगर, अन्नपूर्ण– ७ को महभिर लगायतका ठाउँमा निरन्तर पहिरो खसेर सडक अबरुद्ध हुने गरेका छन् ।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत सिरुवारी, गुइँठेभिर, खामभिक्ता लगायतको ठाउँमा पहिरो रहेको र सामान्य रोकथामबाट पहिरोलाई नियन्त्रण गर्न नसकिने अवस्थामा रहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका योजना प्रमुख ध्रुव कुमार झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बर्षातमा यो क्षेत्रमा निरन्तर रुपमा पहिरो खस्ने गरेको छ, हामीले पहिरोग्रस्त क्षेत्रमा अबरुद्ध हुने सडकलाई डोजर लगाएर खुलाउने गरेका छौँ, तर पहिरोको स्थायी समाधान नभएसम्म बर्खायाममा सडक सुरक्षित बनाउन सम्भव देखिएको छैन ।’’

पहिरोग्रस्त क्षेत्रको भूगर्वविद्हरुको टोलीद्वारा विस्तृत अध्ययन गरी रोकथामको लागि प्रक्रिया अघि बढाइएको भएपनि पहिरो नियन्त्रण र रोकथाम योजनामा कुनैपनि निर्माण कम्पनीले ठेक्का प्रक्रियामा भाग नलिएपछि पहिरो रोकथामको योजना अलपत्र परेको छ । गत बर्ष आयोजनाले पहिरो नियन्त्रण र रोकथामका लागि रु २० करोड बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको भएपनि निर्माण कम्पनीले ठेक्कामा भाग नलिएपछि काम सुरु हुन नसकेको हो । चालु आर्थिक बर्षमा समेत पहिरो रोकथाम र नियनत्रण योजनाको लागि विनियोजन भएको बजेटलाई कार्यान्वयनका लागि ठेक्का प्रकृया अघि बढाइएको योजना प्रमुख झाले जानकारी दिनुभयो । बेनीदेखि घाँससम्म करिब ४० किलोमिटर सडक खण्डमा १० वटा पहिरो छन् । यस स्थानमा भएका पहिरोको विस्तृत अध्ययन गरेपनि रोकथाम र नियन्त्रणको काम सुरु नहुँदा हरेक बर्खायाममा म्याग्दीको रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङ जिल्लाका सर्वसाधारण तथा पर्यटक र तिर्थयात्रीहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

पानी पर्दासाथ पहिरो खस्ने समस्याले सडकयात्रा जोखिमपूर्ण भएको अन्नपूर्ण गाउँपालिका– ३ दानाका वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो । ‘‘ यो समयमा रातमा यात्रा गर्न उपयुक्त छैन, ठाउँ ठाउँमा पहिरोले सास्ती दिने गरेको छ, बर्षा नरोकिँदा सम्म बेनी–घाँसा खण्डको यात्रा निकै जोखिमपूर्ण छ’’– वडा अध्यक्ष पुर्जाले भन्नुभयो । बेनी–जोमसोम सडकमा पहिरोका कारण वर्षातको समयमा यातायात प्रभावित हुने गरेको छ भने यात्रुले सास्ती खेप्दै आएका छन् । सडक विस्तार गर्नुभन्दा अघिसम्म अहिले गएका ठूला पहिरो नभएकाले सडक कालोपत्रे सहितको योजनामा पहिरो नियन्त्रणको काम समावेश गरिएको थिएन । कालोपत्रे सहित स्तरोन्नती भैरहेको बेनी–जोमसोम सडकखण्डमा करिब ८५ प्रतिशत भौतिक प्रगति भैसकेको छ ।

आयोजनाले गत वर्ष नै ठूला पहिरोको जोखिम र रोकथामबारे विस्तृत अध्ययन गरेपनि रोकथामको काम भने अझै सुरु भएको छैन् । यस सडकखण्डमा हरेक बर्ष नयाँ ठाउँमा पहिरो खस्ने समस्या बढेको छ । कालीगण्डकी नदी किनार हुँदै विस्तार भएको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी खण्डमा सडक विस्तारको भूगोल साँघुरो रहेको छ भने कमजोर भू–बनोटका कारण नयाँ नयाँ ठाउँमा पहिरो खस्नेक्रम बढ्दो छ । यो बर्ष महभिरमा नयाँ पहिरो खस्न थालेको छ ।

पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा मंगलवारदेखि रातको समयमा सवारीसाधन चलाउन बन्द गरिएको छ। जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसारसाउन २७ गते बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिएको हो । बर्षासंगै ठाउँ ठाउँमा ठूला पहिरोको जोखिम बढेको र सडक अबरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवत जावत बन्द गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

Previous Post

कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना

Next Post

शुक्लाफाँटामा हात्ती आतङ्क

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
शुक्लाफाँटामा हात्ती आतङ्क

शुक्लाफाँटामा हात्ती आतङ्क

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In