• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुखुराको मासु पकाउनु अघि पखाल्दा के हुन्छ ? जान्नुहोस्

metakhabar by metakhabar
२० साउन २०८२,
0
कुखुराको मासु पकाउनु अघि पखाल्दा के हुन्छ ? जान्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – धेरैजसो मानिसले कुखुराको मासु पकाउनु अघि सफा गर्नका लागि धाराको पानीले पखाल्ने बानी गर्छन्। तर स्वास्थ्य विशेषज्ञहरू र खाद्य सुरक्षासम्बन्धी निकायहरूले यो बानीलाई खतरनाक ठहर गरेका छन्।

कुखुराको मासु पकाउनु अघि पानीले पखाल्ने चलन लामो समयदेखि प्रचलित छ। तर खाद्य सुरक्षा र स्वास्थ्य विज्ञहरूले यो अभ्यासलाई हानिकारक सावित गर्दै रोक लगाउन आग्रह गरेका छन्।

स्वास्थ्य तथा खाद्य सुरक्षा विशेषज्ञहरूका अनुसार काँचो कुखुराको मासु पानीले धोए पनि त्यसमा रहेका सल्मोनेला, क्याम्पिलोब्याक्टरजस्ता हानिकारक ब्याक्टेरिया हट्दैनन्। बरु, पानीले पखाल्दा यी ब्याक्टेरिया भान्सा भान्सा भित्रका सतहहरूमा फैलन सक्छन् र क्रस-कन्टामिनेसन (संक्रमण फैलिनु) को खतरा बढाउँने बताएका छन्।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) ले पनि मासु धोएपछि फैलिएको पानीले किचनको सिंक, थाल, चक्कु, कपडा र हातसम्म ब्याक्टेरिया सर्न सक्ने बताएको छ। संयुक्त राज्य कृषि विभाग (USDA) ले भनेको छ, “मासुको हानिकारक ब्याक्टेरिया मार्ने एक मात्र भरपर्दो उपाय भनेको मासुलाई उचित तापक्रममा पकाउनु हो।”

विशेषज्ञहरूका अनुसार, कुखुराको मासु कम्तीमा ७४ डिग्री सेल्सियस (१६५ डिग्री फरेनहाइट) तापक्रममा पकाउनुपर्छ ताकि सबै हानिकारक जीवाणु मर्न सकोस्। मासु पकाइएको छ कि छैन भनेर जाँच गर्न मिट थर्मोमिटर वा इन्स्ट्यान्ट-रीड थर्मोमिटर प्रयोग गर्न सकिन्छ।

खाद्य सुरक्षा अनुसन्धानकर्ता जेनिफर क्विनलानका अनुसार परम्परागत बानीका कारण मात्रै मानिसहरूले मासु धोए पनि स्वास्थ्यका दृष्टिले आवश्यक छैन। यदि मासुमा चिप्लोपन लागेको छ भने, कागजी टावलले पोको पुछेर सफा गर्ने सुझाव दिइन्छ।

धेरैले कुखुराको मासु धोएपछि पनि भान्सा भित्रका सबै सतहहरू र उपकरणहरू राम्ररी सफा नगर्ने र हात नधुने गरेको पाइन्छ, जसले रोग फैलिने जोखिम थप्छ। विशेषज्ञहरूले भनेका छन्, काँचो मासुको सही तयारी र सफाइले मात्र खाद्य विषाक्तताको जोखिमबाट बच्न सकिन्छ।

किन कुखुरा पकाउनु अघि पखाल्नु हुँदैन ?

१. ब्याक्टेरिया फैलने जोखिम (Cross-contamination)

काँचो कुखुरामा प्रायः सल्मोनेला (Salmonella) र क्याम्पिलोब्याक्टर (Campylobacter) जस्ता हानिकारक ब्याक्टेरिया हुन्छन्।

पानीले पखाल्दा यी ब्याक्टेरिया धाराबाट किचनको सिंक, थाली, चक्कु, कपडा, हात र अन्य सतहमा फैलिन सक्छन्, जसले अन्य खाद्य सामग्री पनि संक्रमित हुन सक्छ।

२. पानीले ब्याक्टेरिया मर्दैन

पानीले कुखुरा सफा गरेजस्तो लाग्न सक्छ, तर ब्याक्टेरिया पानीले नष्ट हुँदैनन्।

बरु, तिनीहरू फैलिन मात्र सक्छन्।

ब्याक्टेरिया मार्न चाहनुहुन्छ भने, उचित तापक्रममा पकाउनु नै एक मात्र सुरक्षित तरिका हो।

३. सही तापमा पकाउँदा ब्याक्टेरिया स्वतः मर्छन्

कुखुराको मासु ७४°C (१६५°F) भन्दा माथि तापक्रममा पकाइयो भने, त्यसमा भएका सबै हानिकारक ब्याक्टेरिया मर्छन्। त्यसैले पखालेर होइन, राम्ररी पकाएर मात्र सुरक्षित बनाउन सकिन्छ।

४. सफा गर्न चाहेमा विकल्प के ?

यदि तपाईं कुखुरा सफा गर्नै चाहनुहुन्छ भने:

भिजाएको सफा कपडाले मात्र सुक्खा गर्नुहोस्

मासु सम्हालेपछि हात, उपकरण, सतह आदि साबुनपानीले राम्ररी सफा गर्नुहोस्

कुखुरा पकाउने ठाउँ र सामाग्रीमा cross-contamination हुन नदिन विशेष ध्यान दिनुहोस्

कुखुरालाई पानीले पखाल्नु हैन, तापले पकाउनुहोस्।

स्वास्थ्य विशेषज्ञहरूको सल्लाह मान्दा, तपाईं र तपाईंको परिवारलाई फुड पोइजनिङको खतरा बाट बचाउन सकिन्छ।

Previous Post

एलडिसी मुलुकको तेस्रो सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन : भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प

Next Post

‘सरकारको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण’

metakhabar

metakhabar

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
‘सरकारको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण’

‘सरकारको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In