• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान

by
२० जेष्ठ २०८०,
0
प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जाको पुतलीबजार-१४ सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्नेक्रममा सतौँ कोटबाट बिहीबार परीक्षण उडान गरिएको हो । सतौँ कोटमा ‘टेकअप प्वाइन्ट’ बनाइएको छ भने आँधीखोलाको किनारमा ‘ल्याण्डिङ प्वाइन्ट’ सम्याउने काम गरिएको छ । सतौँ कोटबाट उडेर पुतलीबजार-१० को राङखोला–११ को गैरीजाँगर र राङखोला–१३ को चारखुट्टे पुलको मुखमध्ये कुनै एक ठाउँमा अवतरण गर्न सकिन्छ । बाबु अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ स्कुल, बाबु एडभेञ्चर क्लब, रोडसाइड प्याराग्लाइडिङको प्राविधिक व्यवस्थापन, पुतलीबजार नगरपालिका र स्थानीय चण्डीकालिका सुव्यवस्था समितिको व्यवस्थापन तथा सहयोगमा पूर्वाधार निर्माण गरी परीक्षण उडान गरिएको बाबु एडभेञ्चर क्लबका अध्यक्ष जङ्ग केसीले बताउनुभयो ।

“सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ”, उहाँले भन्नुभयो, “यसको प्रचारप्रसार र व्यवस्थापनमा जोड दिई क्रमशः व्यावसायिक उडानको तयारी गर्ने छौँ ।” सतौँ कोटमा प्याराग्लाइडिङको सम्भावना देखेर परीक्षण उडान गरिएको र सफल भएसँगै व्यावसायिक उडानतर्फको तयारी थालिएको उहाँले बताउनुभयो । जिल्लामै सञ्चालनमा रहेका कम्पनी तथा बाहिरी कम्पनीले पनि यहाँबाट व्यावसायिक उडान गर्न सक्नेछन् । ‘टेकअप’ र ‘ल्याण्डिङ’ प्वाइन्ट सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, राम्रो हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यले मनमोहक भएकाले पनि यहाँ प्याराग्लाइडिङ गर्नेको सङ्ख्या बढ्ने उहाँको विश्वास छ । पर्यटकीय नगरी पोखराबाट एक घण्टाको दूरीमा रहेको यस स्थानबाट ‘स्लो र टेण्डम’ दुवै किसिमको उडान गर्न सकिन्छ ।

जिल्लाका अन्य भागमा पनि प्याराग्लाइडिङ गर्न सकिने प्रशस्तै सम्भावनाका ठाउँ भएर पनि सञ्चालनमा आउन सकेका छैनन् । प्याराग्लाइडिङको प्रचुर सम्भावना बोकेका ठाउँको पहिचान गरी पोखराको विकल्पका रुपमा अगाडि बढाउन सकिने सम्भावना देखिन्छ । “प्याराग्लाइडिङ सञ्चालनका दृष्टिले प्रचुर सम्भावना भएका स्थान जिल्लाका विभिन्न ठाउँमा छन्”, उहाँले भन्नुभयो, “प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पहिचान गराउन सकेको खण्डमा राम्रो आम्दानी गर्न सकिने आधार छन् ।” सरोकारवालाको समयमै ध्यान पुग्न नसक्दा प्रचुर सम्भावना भएका स्थान ओझेलमा पर्दै गएका छन् । स्याङ्जामा यसअघि अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ प्रतियोगितासमेत सञ्चालन भएको थियो ।

Previous Post

जातजातिको सङ्ख्या बढ्यो

Next Post

कान्ति राजमार्गको समस्या रहेको खण्ड बाहेकको निर्माण यस आवमा सकिने

सम्बन्धित खबर

माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
Uncategorized

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१७ बैशाख २०८३,
भारत–कोरिया रणनीतिक वार्ता
Uncategorized

भारत–कोरिया रणनीतिक वार्ता

८ बैशाख २०८३,
ग्लोबल वार्मिङ : पग्लियो लाङटाङ, सर्‍यो हिमरेखा, घटे पर्यटक!
Uncategorized

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार

५ बैशाख २०८३,
इरान–अमेरिका आणविक वार्ता अन्तिम समयमा रद्द, इजरायली हमलापछि तनाव चुलियो
Uncategorized

४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी

२२ चैत्र २०८२,
मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु
Uncategorized

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

२१ चैत्र २०८२,
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
Uncategorized

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

४ फाल्गुन २०८२,
Load More
Next Post
कान्ति राजमार्गको समस्या रहेको खण्ड बाहेकको निर्माण यस आवमा सकिने

कान्ति राजमार्गको समस्या रहेको खण्ड बाहेकको निर्माण यस आवमा सकिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In