• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

    वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

    वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुनावको तयारीमा म्यान्माको जुन्ताद्वारा आपत्कालीन अवस्थाको अन्त्य

metakhabar by metakhabar
१६ साउन २०८२,
0
चुनावको तयारीमा म्यान्माको जुन्ताद्वारा आपत्कालीन अवस्थाको अन्त्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डिसेम्बरमा हुने चुनावको तयारीलाई तीव्र पार्दै म्यान्माको जुन्ताले बिहीबार देशको आपत्कालीन अवस्थाको अन्त्य गरेको छ । डिसेम्बरमा हुने चुनावलाई विपक्षी समूहहरूले बहिष्कार गरिरहेका छन् र अन्तर्राष्ट्रिय निरीक्षकहरूले आलोचना गरिरहेका छन् ।

सेनाले सन् २०२१ फेब्रुअरीमा प्रजातन्त्रका प्रतीक आङ सान सू कीको नागरिक सरकारलाई अपदस्थ गर्दै आपत्कालीन अवस्था घोषणा गरेको थियो । सेनाले नागरिक सरकारलाई अपदस्थ गरेपछि बहुपक्षीय गृहयुद्ध भयो र यसमा हजारौँको मृत्यु भएको छ ।

आपत्कालीन अवस्थाको आदेशले जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि सर्वोच्च शक्ति दियो –– तर उहाँले हालै चुनावलाई सङ्घर्षबाट बाहिर निस्कने बाटोका रूपमा प्रचार गर्नुभएको छ ।

कूमा अपदस्थ भएका पूर्व सांसदहरू सहितका विपक्षी समूहहरूले यो चुनाव बहिष्कार गर्ने प्रतिज्ञा गरेका छन् । चुनावलाई संयुक्त राष्ट्रसङ्घका एक विशेषज्ञले गत महिना सेनाको निरन्तर शासनलाई वैधानिकता दिन डिजाइन गरिएको ‘धोखाधडी’ भनेर खारेज गरेका थिए ।

“बहुदलीय प्रजातन्त्रको बाटोमा देशले चुनाव गराउनका लागि आज आपत्कालीन अवस्था खारेज गरिएको छ”, जुन्ता प्रवक्ता जाव मिन तुनले पत्रकारहरूसँग साझा गरेको भ्वाइस सन्देशमा भन्नुभयो, “छ महिनाभित्र चुनाव गरिनेछ ।”

विश्लेषकहरूले चुनावपछि मिन आङ ह्लाइङले राष्ट्रपति वा सशस्त्र सेना प्रमुखको भूमिका निर्वाह गर्ने र त्यस कार्यालयमा शक्ति सुदृढ पार्ने अनुमान गरेका छन्, जसले गर्दा वास्तविक शासकका रूपमा उहाँको कार्यकाल विस्तार हुनेछ ।

“हामीले पहिलो अध्याय पार गरिसकेका छौँ”, मिन आङ ह्लाइङले बिहीबार द ग्लोबल न्यु लाइट अफ म्यान्मा राज्य पत्रिकामा रिपोर्ट गरिएको नेपिडोमा जुन्ताको प्रशासन परिषद्का सदस्यहरूलाई दिएको भाषणमा भन्नुभयो, “अब, हामी दोस्रो अध्याय सुरु गर्दैछौँ ।”

“आगामी चुनाव यस डिसेम्बरमा हुनेछ र सबै योग्य मतदाताहरूलाई आफ्नो मतपत्र दिन सक्षम बनाउने प्रयास गरिनेछ”, उहाँको भाषणको अर्को भागको व्याख्या गर्दै अखबारले रिपोर्ट गरेको छ ।

– कुनै मिति तोकिएको छैन –

जुन्ताले अहिलेसम्म मतदानको सही मिति घोषणा गरेको छैन, तर इलेक्ट्रोनिक मतदान मेसिनमा प्रशिक्षण सत्रहरू अघि नै भइसकेको छ भने राजनीतिक दलहरू दर्ता भइरहेका छन् ।

बुधबार सैन्य सरकारले ‘चुनावी प्रक्रियाको एक भागलाई नष्ट गर्ने’ उद्देश्यले भाषण वा विरोध प्रदर्शनका लागि १० वर्षसम्म जेल सजाय दिने नयाँ कानून लागु गरेको बताएको छ ।

तर चुनावको तयारीका रूपमा गत वर्ष गरिएको जनगणनाले देशको पाँच करोड १० लाख जनता मध्ये एक करोड ९० लाखबाट तथ्याङ्क सङ्कलन गर्न असफल भएको अनुमान गरेको अस्थायी नतिजाले जनाएको छ ।

परिणामहरूले अभावको एउटा कारणका रूपमा ‘महत्त्वपूर्ण सुरक्षा अवरोधहरू’ उद्धृत गरेको छ जसले गृहयुद्धको बीचमा चुनावको पहुँच कति सीमित हुन सक्छ भन्ने सङ्केत दिन्छ ।

विश्लेषकहरूले विद्रोहीहरूले आफ्नो विरोधको सङ्केतका रूपमा चुनावको वरिपरि आक्रमण गर्ने भविष्यवाणी गरेका छन् ।

तर यस महिना जुन्ताले आफ्नो हतियार राख्न र मतदानअघि ‘कानूनी दायरा फर्कन’ इच्छुकहरूलाई नगद पुरस्कार दिन सुरु गरेको छ ।

Previous Post

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

Next Post

नेपाल-चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा प्रवेश

metakhabar

metakhabar

सम्बन्धित खबर

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
समाचार

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

१८ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ बैशाख २०८३,
विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा
समाचार

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

१८ बैशाख २०८३,
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो
समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

१८ बैशाख २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
समाचार

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

१८ बैशाख २०८३,
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
फिचर-ब्यानर

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

१८ बैशाख २०८३,
Load More
Next Post
नेपाल-चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा प्रवेश

नेपाल-चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा प्रवेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In