• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकार आयो, युवा गए

    सरकार आयो, युवा गए

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्यालय शिक्षा विधेयकमाथि सहमति नजुट्दा प्रक्रिया रोकियो, शिक्षक महासङ्घको चेतावनीपछि सरकार दबाबमा

metakhabar by metakhabar
१६ साउन २०८२,
0
विद्यालय शिक्षा विधेयकमाथि सहमति नजुट्दा प्रक्रिया रोकियो, शिक्षक महासङ्घको चेतावनीपछि सरकार दबाबमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विद्यालय शिक्षा विधेयक करिब अन्तिम चरणमा पुग्दा पनि केही विवादित बुँदामा सहमति नजुट्दा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल रोकिएको छ। सरकारले पटक–पटक समय माग्दै विधेयकलाई लम्ब्याइरहँदा शिक्षक महासङ्घले आन्दोलनको चेतावनी दिँदै सरकारलाई थप दबाबमा पारेको छ।

पछिल्लो पटक असार २२ गते विधेयकमाथि छलफल भएको थियो। सोही दिन टुंग्याउने तयारी भए पनि शिक्षामन्त्री रघुजी पन्तले सरोकारवालासँग अझ छलफल गर्नुपर्ने भन्दै बैठक टारेपछि प्रक्रिया रोकिएको हो। समितिका सभापति अम्मरबहादुर थापाले चर्को विरोधबीच मन्त्रीलाई ५ दिन समय दिए पनि त्यसयता बैठक बस्नै सकेको छैन।

विधेयक अघि बढ्न नसकेपछि समितिले विकल्पका रूपमा मिडिया काउन्सिलसम्बन्धी विधेयकमा ध्यान मोडेको छ।

शिक्षक महासङ्घसँग मन्त्रालयबीच बारम्बार छलफल भए पनि सहमति उल्टिँदै जाने भन्दै महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी असन्तुष्ट छन्। उनले भने, “आज एउटा सहमति हुन्छ, भोलिपल्ट अर्कै कुरा आउँछ। सरकारसँग भर नपर्ने अवस्था भयो।”

बढुवा, अस्थायी शिक्षकको स्थायित्व, शिक्षकको स्थानीय तहमा रहने/नरहने विवाद, र विद्यालय तहका कर्मचारी व्यवस्थापनजस्ता विषयमा सहमति नहुँदा विधेयक लथालिङ्ग भएको हो।

बढुवामा आवश्यक पर्ने अङ्क नहटाइएसम्म अघि नबढ्ने अडान महासङ्घले लिएको छ। यद्यपि ६०–४० प्रतिशतको आन्तरिक–खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको प्रस्तावमा सहमति भएको मन्त्रालयले दाबी गरे पनि समितिका सदस्यहरू शिक्षकले हरेक बुँदामा अड्को थापेको भन्दै आक्रोशित छन्।

शिक्षामन्त्री पन्तले भने “अझै केही विषयमा छलफल बाँकी छ” भन्दै समय मागिरहनु भएको छ। तर मन्त्रालयले सहमति गर्न नसक्दा विधेयक अधरमै अड्किएको छ।

Previous Post

झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

Next Post

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकार आयो, युवा गए
फिचर-ब्यानर

सरकार आयो, युवा गए

२३ अशोज २०८३,
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती
फिचर-ब्यानर

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

२३ अशोज २०८३,
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
समाचार

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

२३ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२३ अशोज २०८३,
व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै
समाचार

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

२३ अशोज २०८३,
‘लमजुङ दरबार’सँगै बाँचेको माया
समाचार

‘लमजुङ दरबार’सँगै बाँचेको माया

२३ अशोज २०८३,
Load More
Next Post
इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In