• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वार्थ बाझिएको पदमा बस्ने प्रवृत्ति हटाउने कि ढाकछोप गर्ने? सरकारको ‘स्वार्थ द्वन्द्व विधेयक’प्रति शंका,नियतमाथि प्रश्न

metakhabar by metakhabar
१० साउन २०८२,
0
स्वार्थ बाझिएको पदमा बस्ने प्रवृत्ति हटाउने कि ढाकछोप गर्ने? सरकारको ‘स्वार्थ द्वन्द्व विधेयक’प्रति शंका,नियतमाथि प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारद्वारा सार्वजनिक पदाधिकारीको आचरण नियन्त्रण गर्ने भन्दै ल्याइएको ‘स्वार्थ द्वन्द्व व्यवस्थापन विधेयक’ले मुलुकको मौलाएको सत्ता–व्यवसायी साँठगाँठलाई सुधार्ने कि वैधता दिने भन्ने बहस तीव्र बनाएको छ।

विधेयकमा उपहार लिन निषेधदेखि विदेशी सहयोग र पत्राचारसम्बन्धी कडा प्रावधान राखिए पनि त्यसको कार्यान्वयन र नियतप्रति नै गम्भीर प्रश्न उठेका छन्।

सार्वजनिक पदमै बसेर निजी कम्पनी चलाउने, ठेक्का लिने, चन्दा उठाउने, वैदेशिक भ्रमणमा दलाली गर्ने अभ्यास सरकारकै नेतृत्वबाट संस्थागत हुँदै आएको अवस्थामा, यस्तो विधेयक ‘आँखा छोप्ने’ चाल मात्रै हो कि भन्ने आशंका विज्ञहरूले गरेका छन्।

पूर्वसचिव गोपीनाथ मैनाली भन्छन्, “कानुनले होइन, सदाचारले समाज बदलिन्छ। नियम बनाउनेहरू नै नियम तोड्ने थलोमा छन् भने कानुन कागजमै सड्छ।”

विधेयकमा राष्ट्रपतिदेखि गाउँपालिका अध्यक्षसम्मले सम्पत्ति विवरण दिनुपर्ने व्यवस्था छ, तर विगतमा यस्तो कानुन कार्यान्वयनको नातिजा कति कमजोर भयो भन्ने उदाहरण अनगिन्ती छन्। अझै पनि सत्ता चलाउनेहरू व्यक्तिगत व्यापार, बैंक, सहकारी, विद्यालय र कम्पनी चलाउँदै कानुनको बुँदामा ‘स्वार्थ बाझिएको छैन’ भन्दै टेकेका छन्।

ऊर्जा मन्त्री स्वयं जलविद्युत् व्यवसायी भएको तथ्यलाई नजरअन्दाज गर्दै सरकारले यस्तो विधेयक ल्याउनु नै विरोधाभास हो। सत्ताका दलहरू संसद्‌मा आफ्ना व्यवसायी कार्यकर्ता र शुभेच्छुकहरूलाई मनपरी समितिमा पठाउने अभ्यासले संसद्लाई ‘लाभको थलो’ बनाएको अवस्था कायम छ।

सचिव फणीन्द्र गौतमले विगतका कानुनहरू छरपस्ट भएको तर्क गरे पनि ती कानुन पालना नहुनुको कारण प्रष्ट छैन। ‘प्रलोभन र प्रायोजित भ्रमण’का रूपमा देखिने विकृति हटाउने सरकारको इच्छाशक्ति कति छ भन्ने प्रश्न अनुत्तरित छ।

ट्रान्स्परेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकांकमा नेपालले वर्षौंदेखि ३४ अंकमै रोकिएको अवस्था आफैंमा सरकारको सुशासनप्रतिको प्रतिबद्धताको मापन हो।

अबको प्रश्न स्पष्ट छ — के सरकारले साँच्चै सत्ता र स्वार्थबीचको गहिरो साँठगाँठ तोड्न चाहेको हो? कि यो पनि कानुन बनाएको नाटक मात्रै हो — जसले आलोचनालाई केही समयको लागि चुप पारोस्?

Previous Post

खडेरीले रोपेको धान सुक्न थाल्यो

Next Post

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

metakhabar

metakhabar

सम्बन्धित खबर

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
Load More
Next Post
गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In