• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

    आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

    दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

    दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

    खोक्सिकवासीलाई निःशुल्क विद्युत्

    खोक्सिकवासीलाई निःशुल्क विद्युत्

    कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

    सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

    मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गलेश्वरमा गतआवमा रु ७३ लाख भेटी सङ्कलन

metakhabar by metakhabar
१० साउन २०८२,
0
गलेश्वरमा गतआवमा रु ७३ लाख भेटी सङ्कलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, १० साउनः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८१/ ८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ७३ लाख १५ हजार ९२७ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०/ ८१ मा कुल रु ५८ लाख ४० हजार ५१० भेटी सङ्कलन भएको थियो । ०८१/८२ मा नियमित रु ४७ लाख १० हजार २९० र मेलापर्वमा रु २६ लाख पाँच हजार ६३७ भेटी सङ्कलन भएको कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिनुभयो ।

भेटीसहित विभिन्न शीर्षकमा बैङ्क ब्याजबाहेक गत वर्षमा रु ९४ लाख १५ हजार १७ आम्दानी भएको उहाँले बताउनुभयो । यज्ञ दर्ताबाट रु चार लाख ७३ हजार ५२७, यात्री निवास भाडा रु सात लाख १९ हजार ७१४, सहयोग रु तीन लाख ५९ हजार ७९ र स्टल भाडाबापत रु पाँच लाख ४६ हजार ७७० आम्दानी भएको छ ।

गलेश्वर मन्दिर परिसरमा कोषले सञ्चालन गरेको धर्मशालामा एक वर्षको अवधिमा १० हजार जना तीर्थयात्रीहरूले सहुलियतमा आवास सुविधा पाएका छन् । मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । मन्दिरको आम्दानीबाट गत वर्ष ज्येष्ठ नागरिक आश्रममा रु १५ लाख खर्चेर सभाहल निर्माण, गलेश्वर बजार सौन्दर्यकरण योजनामा बेनी नगरपालिकासँग साझेदारीमा रु छ लाख, घतान स्वास्थ्य चौकीमा स्तनपान कक्ष बनाउन रु एक लाख सहयोग गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दू धर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ । दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा हुुने धार्मिक विश्वास छ ।

Previous Post

चार किलोमिटर पदमार्ग निर्माण

Next Post

उपसभापति खड्काको आह्वान: ‘गल्ती स्वीकारौं, तर निराशा नबाँडौं’

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ
आर्थिक

आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

६ जेष्ठ २०८३,
दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह
आर्थिक

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

६ जेष्ठ २०८३,
खोक्सिकवासीलाई निःशुल्क विद्युत्
आर्थिक

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

६ जेष्ठ २०८३,
कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
आर्थिक

कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

६ जेष्ठ २०८३,
सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान
आर्थिक

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

६ जेष्ठ २०८३,
मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
फिचर-ब्यानर

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

६ जेष्ठ २०८३,
Load More
Next Post
उपसभापति खड्काको आह्वान: ‘गल्ती स्वीकारौं, तर निराशा नबाँडौं’

उपसभापति खड्काको आह्वान: ‘गल्ती स्वीकारौं, तर निराशा नबाँडौं’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In