• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
९ साउन २०८२,
0
वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

कञ्चनपुर, ९ साउनः कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय ढाँचाका रूपमा रूपान्तरण भएको हो ।

सामुदायिक वन अहिले सुन्दर, हरियाली हुनुका साथै वन्यजन्तुको बासस्थानमा परिणत भएको सामुदायिक वनका सक्रिय उपभोक्ता कमलप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार केही वर्षअघिसम्म खुला मैदान, मिचाहा प्रजातिका बिरुवाले भरिएको र चरिचरनले क्षतिग्रस्त यो वन क्षेत्र अहिले साल, अस्ना, विजयसाल, हर्रो, बर्रो, अमलालगायत प्रजातिका बिरुवाले हराभरा देखिन्छ ।

“पहिले उजाड थियो, खुला चरिचरन नियन्त्रण गर्यौँं, मिचाहा प्रजातिका बिरुवा हटायौँ, मानव प्रवेश निषेध गर्यौैँ”, ६७ वर्षीय चौधरीले भन्नुभयो, “अहिले वन हेर्दै लोभलाग्दो भएको छ ।” उहाँका अनुसार वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थालेका छन् ।

“चितल, बँदेल, निलगाई, मयुर, वनकुखुरालगायत वन्यजन्तु वनमा फर्किएका छन्”, कोषाध्यक्ष कालुसिंह चौधरी भन्नुभयो, “चार दशक अघिसम्म वन क्षेत्रमा वन कुखुरा देखेका थिएनौँ, अहिले वनकुखुरा देखिनु उत्साहजनक परिवर्तनको सङ्केत हो ।” जङ्गली जनावरको चहलपहल बढेपछि पानीको व्यवस्थापनका लागि कृत्रिम पोखरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

सामुदायिक वनका उपभोक्ताले वन क्षेत्र संरक्षण गर्न गर्न पालैपालो डढेलो नियन्त्रण गर्नका लागि अग्नी रेखा निर्माण गर्ने, डढेलो लागेमा सबै मिलेर आगो निभाउने, वनमा नयाँ बिरुवा रोक्नेलगायत कार्य गरेकाले वन पुनः उत्पादनमा टेवा पुगेको कोषाध्यक्ष चौधरीले बताउनुभयो ।

वन संरक्षण भएसँगै उपभोक्ताले सहज रूपमा दाउँरा, घाँस, काठलगायत वनपैदावार उपभोग गर्न पाएका सामुदायिक वनका सचिव देवकी नेगीले बताउनुभयो ।

वन उपभोक्ता समूहका अध्यक्ष वीरबहादुर राजवंशीले सामुदायिक वन हराभरा हुनुमा उपभोक्ताको त्याग, समर्पण र वनप्रतिको गहिरो लगावका कारण सम्भव भएको बताउनुभयो । वन संरक्षणमा टेवा पुर्‍याउनका लागि उपभोक्ता समितिका पदाधिकारी, सल्लाहकार समिति, कर्मचारीलाई जिम्मेवारी तोकेर कार्य गरिँदै आइएको उहाँको भनाइ छ ।

झाँडी सरसफाइ, एक्ल्याउने, पतल्याउने, अग्नी रेखा निर्माण गर्ने, वनगस्तीलगायत कार्यको जिम्मेवारी बाँडफाँड गरेर प्रगति भए/नभएको बारेमा कार्यालयमा छलफल गरी विश्लेषण गरी सोही अनुरुप रणनीति बनाएर संरक्षणका थप गतिविधि गरिँदै आइएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार कार्यविभाजनले उपभोक्तामा अपनत्व र सहभागिता वृद्धि हुनुका साथै वनस्पतिको वृद्धिदर र जैविक विविधताको संवर्द्धनमा टेवा पुगेको छ ।

“वन पुनःउत्पादनले हावा, पानी, जमिन र तापक्रमको सन्तुलन कायम राख्न सहयोग पु¥याएको छ”, अध्यक्ष राजवंशीले भन्नुभयो, “रुखबिरुवाले जमिन सम्हालेका छन् । पहिलो जस्तो वन क्षेत्रमा भू–क्षयको समस्या छैन, जैविक विविधता सुरक्षित भएको छ, रुखहरूले वर्षा गराउन सहयोग गर्ने भएकाले पोखरी तथा खोलामा पानी सुक्ने समस्या समाधान भएको छ ।”

वन पुनःउत्पादन कार्यबाट स्थानीयलाई वृक्षरोपण, हेरचाह, काठजन्य उत्पादन, वनलगायत क्षेत्रबाट आम्दानीको अवसर मिलेको उल्लेख गर्दै उहाँले सुदृढ वनले सौन्दर्य बढाउनुका साथै पर्यटकीय सम्भावनालाई बढाउने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक वनले काठ, दाउँरा, घाँस, बिक्री गरेर आएको आम्दानीबाट समूहले दुई तले भवन, ‘मेशवायर’ जडान, प्रतिक्षालय निर्माण, बलुवा नदीमा पुल निर्माण, महादेव र वनदेवी मन्दिर निर्माण गरी स्थानीय पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याएको सामुदायिक वनका सल्लाहकार समितिका संयोजक मेघबहादुर कँडेलले बताउनुभयो ।

उहाँका अनुसार सामाजिक विकासअन्तर्गत घुम्ती कोष, साना व्यवसाय, बेमौसमी तरकारीखेती, पशुपालन र विदेशमा गएका सदस्यलाई पुनःस्थापित गर्न वार्षिक शून्य दशमलव पाँच प्रतिशत ब्याजदरमा सहुलियत ऋण प्रदान गर्दै आइएको छ ।

“यस कार्यले महिला सशक्तीकरण, युवाको स्वरोजगार र विपन्न समुदायको जीवनस्तर सुधारमा योगदान पुर्‍याएको छ”, सल्लाहकार कँडेलले भन्नुभयो, “समूहले स्थानीय टोल समिति सशक्तीकरण, सूचना प्रवाह र सचेतनामूलक गतिविधिमार्फत उपभोक्तासँगको सम्बन्ध मजबुत बनाएको छ ।”

सामुदायिक वनको रूपान्तरण केवल वनको हरियालीको मात्र नभइ समुदायको सामूहिक चेतना, सहकार्य र दीर्घकालीन सोचको उपज रहेको बताउँदै उहाँले एउटा उजाड भूभाग आज जीवन, आशा र समृद्धिको हरित थलो बनेको उल्लेख गर्नुभयो ।

विसं २०६६ माघ २० गतेदेखि विधिवत् रूपमा दर्ता भएको यो सामुदायिक वन एक सय ९७ दशमलव ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सामुदायिक वनमा दुई सय ४९ उपभोक्ता आश्रित छन् भने वार्षिक आय रु ३० लाखको हाराहारीमा हुने गरेको छ ।

अघिल्लो समाचार

दुधकाे शुद्धता पहिचान गर्न यी हुन घरेलु तरिका

अर्को समाचार

सौगात मल्ल नयाँ फिल्म ‘मितज्यू’मा अनुबन्धित

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सौगात मल्ल नयाँ फिल्म ‘मितज्यू’मा अनुबन्धित

सौगात मल्ल नयाँ फिल्म ‘मितज्यू’मा अनुबन्धित

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन