• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

    आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

    दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

    दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

    खोक्सिकवासीलाई निःशुल्क विद्युत्

    खोक्सिकवासीलाई निःशुल्क विद्युत्

    कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

    सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

    मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

    आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

    दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

    दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

    खोक्सिकवासीलाई निःशुल्क विद्युत्

    खोक्सिकवासीलाई निःशुल्क विद्युत्

    कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

    सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

    मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सुख्खा असार, डुबानको साउन? मधेसमा ३२ वर्षअघिको विपत्तिको पुनरावृत्तिको डर

metakhabar by metakhabar
९ साउन २०८२,
0
सुख्खा असार, डुबानको साउन? मधेसमा ३२ वर्षअघिको विपत्तिको पुनरावृत्तिको डर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बरहथवा।मौसम पूर्वानुमान महाशाखाले यस वर्ष विगतकोभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । देशका अन्य भूभागमा पानी परिरहेको भए पनि मधेसमा मौसम राम्रोसँग बदली हुन सकेको छैन ।

असार खडेरीमा बितेको मधेसमा धान रोपाइँ प्रभावित त भयो नै, खानेपानीको समेत संकट गहिरिन थालेपछी चौतर्फी चिन्ता बढेको छ । आकाशको पानी पर्न नसकेपछि भूमिगत जलसतह गहिरिँदै गएको तथ्यांकले देखाएको छ । तराई मधेसको अहिलेको टड्कारो चिन्तासँगै अर्को विपत्तिको आँकलन स्थानीयले गर्न थालेका छन् । साउनको पहिलो हप्ता बित्नैलाग्दा झरी नदेखेका स्थानीय अब हुने वर्षाको रूप कस्तो होला भनेर चिन्तित बनेका हुन् ।

यस वर्ष विगतकोभन्दा धेरै वर्षा हुने मौसम विज्ञहरूको यस पहिलाकै चेतावनी हो । यस अर्थमा यस वर्ष मधेसमा हुने वर्षा सामान्य हुनेछैन । असारभरि पानी पर्न नसकेको तराईमा साउनको पहिलो हप्ता पनि उस्तै गरी टर्ने हो की भन्ने चिन्ताले स्थानीयवासी चिन्तित छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३, सेती भिरका सन्तबहादुर रखाल मगरले यस वर्षको मौसमी अवस्थालाई ३२ वर्ष पहिलाको विपत्तिको पूर्वसंकेतसँग तुलना गर्छन्। यसरी ढिलोगरी भएको वर्षाले वितण्डा ल्याउने उनको अनुमान छ ।

‘विसं २०५० मा पनि यस्तै भएको थियो”, उनले स्मरण गरे, ‘असार पूरै सुक्खामै टरेको थियो । किसान खेती गर्न नपाएपछि अनिकालको चिन्ता गर्दै थिए । एक्कासि साउन ५ गते रातिबाट मुसलधारे वर्षा सुरु भयो । तीन दिन तीन रात आकाशले आँखै उघारेन । त्यसपछि देशको चारैतिर तहसनहसबाहेक केही थिएन ।’

यस वर्ष पानी नपरेपछि धान रोप्न नपाएको उनमा चामल किनेर खानुपर्ने चिन्तासँगै प्रतिकूल मौसमको डर देखिन्थ्यो ।‘आफूले गरेको खेतीबाट चामल खान कहिले खाँचो भएको थिएन’, उनले भने, ‘यसपाला किनेर खानुपर्ने भयो ।’

अन्नको जोहोभन्दा पनि मौसमको अबको वितण्डा के हुने रु भन्ने चिन्ताले उनलाई थप सताइरहेको छ । भौगोलिक अवस्थिति नबुझी बसेका वा बसाइएका मानव बस्ती र गरिएको विकासले प्राकृतिक विपत्तिको ठूलो जोखिम निम्त्याइरहेको जिल्लास्थित मानव अधिकार आयोगका प्रतिनिधि तथा पूर्वप्रधानाध्यापक रजनीकान्त झा बताउँछन्।

‘यस्ता प्राकृतिक विपत्तिको मूल्यांकन मानिसले घर बनाउने, बसोबास गर्ने बेलामा गर्दैनन्’, उनले भने, ‘जहाँ खाँबो गाड्न मिल्छ त्यही घर बनाइहाल्ने प्रचलनले हामी आफैँले विपत्ति निम्त्याइरहेका छौँ ।’

पानीको निकासा छेक्ने, सिमसार क्षेत्र पुर्ने, भिर काटेर घर बनाउनेजस्ता व्यवहारले पहिरो, डुबान, बाढीजस्तो चपेटामा पर्ने र जोखिम बढ्ने गरेको उनको भनाइ छ । यसतर्फ राज्यका कुनै निकायले ध्यान नदिएको झा बताउँछन् ।

‘सङ्घीयता कार्यान्वयनपछि गठित स्थानीय तहले गरेका विकासमा झन् कुनै निकास छैन’, नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले भने, ‘जनप्रतिनिधि, ठेकेदार, अप्रेटर सबै इञ्जिनियर उहाँहरु आफैँले आफ्नो हिसाबले विकास गरेका छन् । प्रकृतिले आफ्नो हिसाबले विनाश गर्ने पक्का छ ।’

प्राकृतिक हिसाबले बगेका खोला र खहरेलाई मानिसले तीव्र गतिमा आफ्नो स्वार्थअनुसार घुमाउने, खुम्च्याउने, पुर्ने गर्दा जोखिम बढेको उनले बताए।

तराईको ठाउँमा पानीले निकास नपाउने हुँदा प्रत्येक वर्ष गाउँबस्ती डुबानमा पर्ने गरेको छ । धेरै खहरे खोला र सदाबहार नदीहरू उर्लिएर गाउँबस्तीमा पस्ने गरेका छन् । विपद् व्यवस्थापन समिति सर्लाहीले तयार गरेको प्रतिवेदनअनुसार सर्लाहीमा बागमती, लखन्देखी, झिमलगायतका नदी तथा त्यसका सहायक खोलाहरू एकादशी, मनुसमारा, सोतीलगायतले जिल्लामा ठूलो भू–भाग र त्यसमा बसोबास गर्दै आएका नागरिकलाई प्रभावित पार्दै आएको छ ।

जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, विष्णु गाउँपालिका, गोडैता नगरपालिका, कौडेना गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र मलंगवा नगरपालिकामा यी नदीले बालीनालीमासमेत ठूलो क्षति पुर्‍याउने गरेको विगतको तथ्यांक छ ।

वर्षौंदेखि स्थानीयलाई दुःख दिँदै आएका यस्ता खोला तथा खहरेको क्षति आँकलन गरेर गरिने पूर्वतयारीमा स्थानीय तह भने मौन बस्ने गरेका छन् ।

जनप्रतिनिधिसमेत हरेक वर्षा नागरिकको गाँस र बास गुमेपछि राहतको ललिपप बोकेर निर्लज्ज भएर गाउँ आउने गरेका बरहथवा नगरपालिका–५ का दिनेश महतोले गुनासो गरे । केही वर्ष पहिलासम्म खुला भएर बग्ने आफ्नो घर अगाडिको सोती खोलाले पानी परेपछि मच्चाउने वितण्डा सम्झेर उनी चिन्तित छन् ।

‘विगतका वर्षमा नै यो खोला घर उर्लिएर आउँथ्यो’, उनले भने, ‘यस वर्ष नगरले विकास गर्ने नाममा आधा खोला पुरेर बाटो बनाएको छ । अब के हुने हो थाहा छैन ?’

स्थानीय सरकार सञ्चालन ऐनले पालिका क्षेत्रमा विपद् व्यवस्थापनको सम्पूर्ण अधिकार र जिम्मेवारी पालिकालाई नै दिएका छ । तर, पालिकाहरू यसतर्फ गैरजिम्मेवार बन्ने गरेको स्थानीयको गुनासो छ । समय रहँदै गर्नुपर्ने सम्भावित जोखिम क्षेत्र पहिचान, नागरिकको जीउधनकै रक्षाका लागि गर्नुपर्ने पूर्वतयारीलाई बेवास्ता गर्ने गरेको जिल्लाको धन्कौल–५, निवासी जितेन्द्रसिं कुशवाहाले बताए।

विपद् पूर्वतयारीका नाममा केही पालिकाले गोदाममा त्रिपाल थुपारेर राख्नेबाहेक कुनै काम गरेका छैनन् । यसले विपद्मा परेका नागरिकको पुनःस्थापनाको लागि पर्याप्त नहुने नागरिक समाजका अगुवा चौधरीको भनाइ छ । विपद्को अवस्थामा पीडितहरू स्थानीय तहले गर्ने व्यवहारले थप पीडित बन्ने गरेका उनको अनुभव छ । गत वर्ष पानी कम परेको सर्लाहीको दक्षिणी क्षेत्रका बलरा, रामनगर, विष्णु, कौडेनालगायतका पालिकाका सयौँ नागरिक घरबारविहीन बनेका थिए । त्यतिबेला धेरैको बालीनाली बाढी र डुबानमा परेर नष्ट भएको थियो ।

यस वर्ष बलरा नगरपालिकाले नागरिक सुरक्षाका लागि सम्पूर्ण तयारी गरेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले जानकारी दिए । नगरपालिकाअन्तरगतको १ देखि ५ नम्बरसम्मको वडा प्रभावित हुनसक्ने पूर्वानुमानअनुसार खाद्यान्नसँगै सुरक्षित आवासको पहिचान गरी तयारी गरिएको उनको भनाइ थियो ।

‘हामीले नगरअन्तर्गतको विपद् व्यवस्थापन समितिमार्फत तयारी पूरा गरेका छौँ’, उनले भने, ‘तत्काल उद्धार गर्नुपर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय र सहकार्य गर्नेगरी योजना बनाएका छौँ ।’

यस पहिला जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा नगरअन्तरगतको समस्या समाधानको पहल गरेको उनले बताए। भारततर्फ निर्माण भएको एसएसबी रोडका कारण बागमती नदीको पानी नेपालतर्फ फर्किएर क्षति गर्ने गरेको प्रमुख कुशवाहाले बताए। भारतीय पक्षले ड्यामका रुपमा सडक निर्माण गरिदिएपछि विगत तीन वर्षदेखि हरेक वर्ष बलरा नगरपालिकाको पाँच वडा डुबानमा पर्दै आएको उनको गुनासो छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बल्ल साउनेको पहिलो हप्ता बैठक बसेको छ । यस बैठकबाट जिल्लामा देखिएको खानेपानी संकट समाधानको पहिलो पहल सुरु गरेको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । मलङ्गवा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिकालगायतका स्थानमा खानेपानी नहुँदा स्थानीय नागरिक समस्यामा परेको भन्दै बैठकबाट समस्या समाधानको चौतर्फी पहल गर्ने निर्णय गरेको हो ।

यस्तै, खडेरीले धान रोप्न नपाएका किसानको राहतको लागि सिँचाइ आयोजनाको व्यवस्थापनको पहल गर्ने तथा कार्यक्षेत्र विस्तारका लागि आग्रह गर्न उनले बताए। अहिलेसम्म नपरेको पानी एक्कासी अनियन्त्रित रुपमा परे त्यसको व्यवस्थापन कसरी गर्ने योजनामा छन् भन्ने प्रश्नमा विपद् पूर्वतयारी गरिएको र आवश्यकताअनुसार स्रोत र जनशक्ति परिचालन गरिने उनले बताए।

तथापि जिल्लाका जोखिमयुक्त स्थान, नागरिक र जोखिमको अवस्था आँकलन र स्पष्ट योजना भने बनाउन बाँकी रहेको उनको दाबी छ ।

यस वर्ष मौसम थप सक्रिय भएर वर्षा अधिक हुने प्रक्षेपणले त्यसबाट सिर्जना हुने विपद् जोखिम बढ्ने सहजै अनुमान लगाउन सकिन्छ । तर, त्यसको पूर्वतयारी सोहीअनुसार हुन नसक्नुले विपद्पछिको ठूलो क्षतिको संकेत गरेको जानकारहरूको भनाइ छ ।

Previous Post

भारत र बेलायतबीच विस्तृत आर्थिक तथा व्यापार सम्झौता (सिइटीए) मा हस्ताक्षर

Next Post

प्रधानमन्त्रीले हेरे हेलिकोप्टरवाट मधेसको सुख्खाग्रस्त क्षेत्र

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ
आर्थिक

आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

६ जेष्ठ २०८३,
दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह
आर्थिक

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

६ जेष्ठ २०८३,
खोक्सिकवासीलाई निःशुल्क विद्युत्
आर्थिक

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

६ जेष्ठ २०८३,
कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
आर्थिक

कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

६ जेष्ठ २०८३,
सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान
आर्थिक

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

६ जेष्ठ २०८३,
मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
फिचर-ब्यानर

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

६ जेष्ठ २०८३,
Load More
Next Post
प्रधानमन्त्रीले हेरे हेलिकोप्टरवाट मधेसको सुख्खाग्रस्त क्षेत्र

प्रधानमन्त्रीले हेरे हेलिकोप्टरवाट मधेसको सुख्खाग्रस्त क्षेत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In