• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

metakhabar by metakhabar
२० बैशाख २०८३,
0
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा प्रभावित पार्दै आएको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागीजस्ता विपद्का कारण यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ । मनसुन सुरु भएसँगै नदी–खोलाहरू उर्लिने, पहाड चिरिने र बस्तीहरू जोखिममा पर्ने क्रम दोहोरिँदै आएको छ । हरेक वर्ष विपद्का घटनाले केही समय चर्चा पाए पनि दीर्घकालीन समाधान भने अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कअनुसार कर्णालीमा विपद्का कारण २७७ जनाले ज्यान गुमाएका छन् भने ८३३ जना घाइते भएका छन् । चार जना अझै बेपत्ता छन् । सबैभन्दा बढी क्षति भूकम्पबाट भएको देखिन्छ, जसमा १५४ जनाको मृत्यु भएको छ । विशेषगरी २०८० सालको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति पु¥याएको थियो ।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै जाजरकोटमा ११८ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ७० जना, दैलेखमा १५, डोल्पामा १४, कालीकोट र मुगुमा १३–१३, सल्यानमा ११ र सुर्खेतमा ११ जनाको ज्यान गएको छ । हुम्लामा सबैभन्दा कम ४ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

तीन वर्षमा झण्डै तीन अर्बको क्षति

विपद्का कारण कर्णालीले ठूलो आर्थिक नोक्सानी पनि बेहोर्दै आएको छ । पछिल्लो तीन वर्षमा मात्रै झण्डै तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा मात्र दुई अर्ब ७८ करोड रुपैयाँभन्दा बढी क्षति भएको थियो, जुन भूकम्पका कारण भएको हो । त्यसपछि आर्थिक वर्ष २०८१/०८२ मा सात करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने चालु आर्थिक वर्षको नौ महिनामा दुई करोड १० लाख रुपैयाँ बराबरको नोक्सानी भइसकेको छ ।

यस अवधिमा ६४ हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ भने ६८ हजार ४६८ जना विस्थापित भएका छन् । साथै १,३६६ पशुचौपाया पनि विपद्मा परी मरेका छन् । बाढी, पहिरो, नदी कटान, डुबान, चट्याङ र आगलागीजस्ता घटनाले कर्णालीका बासिन्दालाई निरन्तर त्रासमा राख्दै आएको छ ।

१२ वर्षदेखि त्रिपालमुनी जीवन

२०७१ सालमा आएको भीषण बाढीले सुर्खेतका ९ सयभन्दा बढी परिवार विस्थापित भएका थिए । तत्काल राहत वितरण गरिए पनि दीर्घकालीन पुनस्र्थापना अझै हुन सकेको छैन । मसिना, गिरीघाट र तिखाकुनालगायतका स्थानमा ती परिवारहरू अझै अस्थायी शिविरमै बसिरहेका छन् ।

स्थानीय रगुबिर नेपालीका अनुसार १२ वर्ष बितिसक्दा पनि स्थायी बसोबासको टुंगो लागेको छैन । ‘१२ वर्षमा त खोला पनि फर्किन्छ भन्थे, तर हाम्रो जीवन अझै उस्तै छ,’ उनले गुनासो गरे । चुनावका बेला मात्र नेताहरू आउने र पछि बेवास्ता गर्ने प्रवृत्तिले समस्या झन् जटिल बनेको उनीहरूको भनाइ छ ।

बस्तीमा खानेपानी, शिक्षा र रोजगारीको अभाव छ । अधिकांश युवा रोजगारीका लागि भारत गएका छन् भने गाउँमा महिला, बालबालिका र वृद्ध मात्र बाँकी छन् । दैनिक जीविकोपार्जनका लागि मजदुरी, दाउरा बिक्री र गिट्टी कुट्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

यता, प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्य योजना बनाउने तयारी गरिरहेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत विपद् व्यवस्थापनका कामहरू अगाडि बढाइने र केन्द्रको पूर्वानुमानपछि विस्तृत योजना ल्याइने बताइएको छ । तर विगतका अनुभवले देखाउँछ-योजना बन्ने र कार्यान्वयनमा ढिलाइ हुने चक्र अझै तोडिएको छैन ।

Previous Post

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

Next Post

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

metakhabar

metakhabar

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In