• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागलुङबाट बर्सेनि आठ लाख २२ हजार टन माटो बग्दै

metakhabar by metakhabar
७ साउन २०८२,
0
बागलुङबाट बर्सेनि आठ लाख २२ हजार टन माटो बग्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), ७ साउनः मनसुन सक्रिय नहुँदै बागलुङको जैमिनी नगरपालिका–९ पैयूथन्थापमा ठूलो बाढी आयो । गत असार २४ गते रातिको बाढीका कारण २५० रोपनी खेत, एक दर्जन खानेपानीका मुहान, सिँचाइ कुलो र केही घर गोठमा क्षति पु-यायो ।

उक्त बाढीको मुख्य कारण अव्यवस्थित ग्रामीण सडक थियो । सडक खन्दा फालिएको माटोसहितको लेदोले खोला थुनिएका कारण बाढी आएर केही समयअघि कालुङखोला आसपासको क्षेत्रमा ठूलो क्षति पु-याएको थियो । यस्ता अव्यवस्थित सडकका कारण बागलुङका अधिकांश खोलानालामा बाढीको जोखिम छ ।

हचुवाको भरमा खनिएका ग्रामीण सडकका कारण भू–क्षयका घटना बढिरहेका छन् । एक अध्ययनले जिल्लाबाट बर्सेनि ८ लाख २२ हजार ६२१ टन टन माटो भू–क्षयका कारण बगेर गएको तथ्याङ्क प्रस्तुत गरेको छ । भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जिल्लामा खेतीयोग्य जमिन, वन, खोलानाला जमिनको नक्सा तयार गरेर माटो बगेको अवस्था पत्ता लगाएको हो ।

संशोधित विश्वव्यापी माटो क्षति समीकरण (रिभाइज्ड युनिभर्सल सोइल लस इक्वेशन) विधिमार्फत माटो बग्ने मात्रा पत्ता लगाइन्छ । सोही विधि प्रयोग गरी सो तथ्याङ्क पत्ता लागेपछि भू–तथा जलाधार व्यवस्थापन कार्यालयले चिन्ता व्यक्त गरेको छ ।

कार्यालयले स्थानीय तहले नीतिगत रुपमै भू–क्षय नियन्त्रणको योजना बनाएर कार्यान्वयन गर्न नसके ठूलो दुर्घटना निम्तिन सक्ने जनाएको छ । धौलागिरिको चार र कास्कीका गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले भू–क्षय नियन्त्रणका लागि स्थानीय तहले नीतिगत रुपमै सुधार नगरे ठूलो विनाश ल्याउने जनाएको हो ।

कार्यालयका प्रमुख तथा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रका अनुसार भू–क्षय नियन्त्रणका लागि हाल भइरहेको विकास निर्माण मुख्य बाधक हो । उहाँले बायोइञ्जिनियरिङमा ध्यान दिन स्थानीय तहसँग सहकार्य गर्दै अघि बढेको बताउनुभयो । स्थानीय तहले विकास निर्माणका लागि पूर्वाधारको लागत तयार गर्दा बायोइञ्जिनियरिङ अर्थात हरित व्यवस्थापनमासमेत रकम छुट्याउन सकेमा भू–क्षय नियन्त्रण हुने मिश्रको भनाइ छ ।

“भू–क्षय नियन्त्रणका लागि बायोइञ्जिनियरिङको प्रयोगले दिगो विकासमा सहयोग पुग्छ, स्थानीय तहले विकास गर्दा कम्तीमा १० प्रतिशत रकम यसमा खर्च गर्नु आवश्यक छ, हालको विकासका पूर्वाधार अर्को वर्ष नरहला तर भू–क्षय नियन्त्रणका लागि गरिने हरित व्यवस्थापनले ठूलो सहयोग पु-याउछ”, उहाँले भन्नुभयो “केही स्थानीय तहका जनप्रतिनिधिले यस विषयमा चासो देखाउन थाल्नुभएको छ, तर नीतिगत रुपमै लागत स्टिमेटमा १० प्रतिशत हरित व्यवस्थापनमा खर्चने हो भने ९० प्रतिशत विकास त्यही १० प्रतिशत लागतले जोगाउँछ ।”

पाँच लाखको ग्याबिन जालीको काम गर्दा ग्याबिन जाली वरपर ५० हजार खर्चेर वृक्षरोपण गर्न सकेमा ग्याबिन जाली बग्न नसक्ने उहाँले बताउनुभयो । जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पुनले बायोइञ्जिनियरिङ अन्तर्गत विकास गर्ने नीति ल्याउने बताउनुभयो ।

Previous Post

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल

Next Post

पोखरामा कौसीखेतीप्रति आकर्षण बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

६ कार्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

६ कार्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
Load More
Next Post
पोखरामा कौसीखेतीप्रति आकर्षण बढ्दै

पोखरामा कौसीखेतीप्रति आकर्षण बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In