• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

metakhabar by metakhabar
४ साउन २०८२,
0
मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको प्रसिद्ध हबका रूपमा लिने गरिन्छ ।

यहाँका पालिकामा १९ गाउँमध्ये सबैभन्दा धेरै स्याउ र पर्याप्त मात्रामा अन्नबाली उत्पादन हुने ठाउँ हो । यहाँका उर्वरभूमिमा किसानले स्याउ, उवा, फापर, आलु, बोडी, मकै, जौँलगायत हरियो ताजा सागसब्जी उत्पादन गरेर गतिलो आम्दानी गर्दथे ।

तर, यतिबेला यी दुई गाउँका किसानलाई सिँचाइको समस्या भएको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि र अनुकूल समयमा हिउँ नपर्दा सिँचाइको मुहान विस्तारै सुक्दै जान थालेपछि वारागुङ मुक्तिक्षत्र–५ अन्तर्गत धार्काजुङ र फल्याकका किसान चिन्तित देखिएका छन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले पछिल्लो दुई वर्ष मुस्ताङमा हिउँ नपर्दा सिँचाइ मुहान सुक्दै गएकाले यहाँ समस्या भएको बताए । बर्सेनि अनुकूल समयमा हिउँ नपरेसम्म यहाँको सिँचाइ समस्या झन्झन् बढ्दै जाने भएकाले किसानका लागि यो चिन्ताको विषय बनेको छ ।

‘अकासे वर्षाले सिँचाइको समस्या टर्दैन, पर्याप्त सिँचाइका लागि अनुकूल समय पर्याप्त हिउँ पर्नुपर्ने हुन्छ’, अध्यक्ष गुरुङले भने, ‘विस्तारै मुहान सुक्दै गएकाले खेतीयोग्य जमिनमा सिँचाइ अभाव देखियो ।’

अध्यक्ष गुरुङले जलवायु परिवर्तनको असरले यहाँको कृषि प्रणालीमा देखिएका चुनौती समाधान गर्न नयाँ सिँचाइका मुहान पहिचान गर्नुपर्ने अवस्था आएको बताए । जलवायु परिवर्तनका कारण यहाँको पानीको स्रोत घट्दै गइरहेकाले विगतमा शतप्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेकामा अहिले १० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ गर्न धौधौ भइसकेको उनको भनाइ छ ।

वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बर्सेनि असार, साउन र भदौमा उच्च हुने यहाँको लुम्बुक खोलाको पानी सुक्दै जान थालेको बताए । फल्याक र धार्काजुङ गाउँमा एक सय घरपरिवारले कृषि पेसा अगालेका छन् ।

फल्याक र धार्काजुङका किसान, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूको टोलीले शनिबार त्यहाँका लुम्बुक खोलाको मुहानको अवलोकन गरेको छ ।

लुम्बुक झरना नजिक तीनवटा मुहानको पानीको स्रोत घट्दै गइरहेको वारागुङ मुक्तिक्षेत्रका उपाध्यक्ष डिकी गुरुङले जानकारी दिइन् । उनले मुस्ताङमा लगातार तीन वर्षसम्म हिउँ पर्न नसकेकाले यहाँको लुम्बुक खोलाको पानीको स्रोत विगतको भन्दा दुईतिहाइले सुक्दै गइरहेको उल्लेख गरिन् ।

लुम्बुक खोलामा आंशिक पानीको स्रोत देखिए पनि त्यहाँको पानी जमिनमुनिबाट बग्न थालेपछि फल्याक र धार्काजुङमा सिँचाइ समस्या देखिएको छ । सिँचाइको स्रोत सुक्दै गए केही वर्षभित्र यहाँको बस्ती विस्थापित हुने जोखिम छ ।

फल्याक र धार्काजुङ गाउँमा एक किसानले २५–३० वटा खेतमा सिँचाइ गर्ने गरेकामा पछिल्लो समय चार–पाँचवटा खेतमा पनि सिँचाइ उपलब्ध गराउन धौधौ भइरहेको छ ।

हिउँदयाममा पर्याप्त हिउँ परेमा त्यही हिउँ पग्लिएर लम्बुक खोलाको पानीको सतह पनि ठूलो हुने स्थानीय बताउँछन् । मुहान स्रोतको अग्ला विशाल पहाड हिउँविहीन भएपछि यहाँ सिँचाइको समस्या र चुनौती थपिएको हो । (रासस)

Previous Post

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

Next Post

एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

९ बैशाख २०८३,
१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट
फिचर-ब्यानर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

९ बैशाख २०८३,
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
फिचर-ब्यानर

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

९ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

९ बैशाख २०८३,
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
समाचार

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

९ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ बैशाख २०८३,
Load More
Next Post
एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In